health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
नयाँ दिल्ली, ५ पुस । भारत सरकारले देशमा नक्कली सिम कार्डमार्फत हुने ठगीलगायतका अपराधमा कारबाही गर्न लागेको छ ।
दूरसञ्चार विधेयक २०२३ संसद्को दुवै सदनबाट पारित भएको छ । यो विधेयकमा नक्कली सिम किन्नेलाई ३ वर्ष कैद र ८० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । राष्ट्रपतिले उक्त विधेयकमा हस्ताक्षर गरेपछि ऐन बन्नेछ ।
नयाँ दूरसञ्चार विधेयक २०२३ गत बुधवार लोकसभामा पारित भएको थियो भने आज राज्यसभामा पनि यसलाई हरियो सङ्केत मिलेको छ । यस विधेयकले सरकारले राष्ट्रिय सुरक्षा कारणले कुनै पनि दूरसञ्चार सेवा वा नेटवर्कलाई नियन्त्रणमा लिन, व्यवस्थापन गर्न वा निलम्बन गर्न अनुमति दिनेछ ।
सार्वजनिक सुरक्षाको लागि आवश्यक परेमा सरकारले टेलिकम नेटवर्कमा सन्देशहरू रोक्न सक्षम हुनेछ। यससँगै नक्कली सिम किन्नेलाई ३ वर्ष जेल र ५० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
नयाँ दूरसञ्चार विधेयकले १३८ वर्ष पुरानो भारतीय टेलिग्राफ ऐनलाई प्रतिस्थापन गर्नेछ। भारतीय टेलिग्राफ ऐनले हाल टेलिकम क्षेत्रलाई नियन्त्रण गर्छ। यो बिलले भारतीय वायरलेस टेलिग्राफ एक्ट १९९३ र टेलिग्राफ वायर्स एक्ट १९५० लाई पनि प्रतिस्थापन गर्नेछ। साथै, यो विधेयकले ट्राई ऐन १९९७ लाई पनि परिमार्जन गर्नेछ।