26
Dec
बुटवल, १० पुस । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए । शनिवार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र)बाट सहरी विकास मन्त्री बनेकी कृष्ण केसी र नेपाली काङ्ग्रेसबाट उद्योग तथा यातायात व्यवस्था मन्त्री बनेका सरोज थापा( रोज राणा) लाई आइतबार बुटवलमा शपथ खुवाएका हुन् । बाँकेकी केसी र प्युठानका थापालाई नयाँ सरकार गठन भएको ८ महिनापछि मन्त्री बनाए पनि मुख्यमन्त्री चौधरीले अझैँ मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । केसी र राणा दुवै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । लुम्बिनीमा माओवादी केन्द्रबाट धनबहादुर मास्की अर्थमन्त्री, काङ्ग्रेसबाट राजु खनाल…