Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
2023 - Page 4 of 82 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2023

नापी कार्यालयका अमिन घुस रकमसहित पक्राउ

नापी कार्यालयका अमिन घुस रकमसहित पक्राउ

  काठमाडौँ, ११ पुस । नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले अमिन ढकाललाई चार हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। ढकालले जग्गा नाप जाँच गरी लालपुर्जा दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। त्यसपछि खटिएको टोलीले उनलाई बुधवार रकमसहित कार्यकक्ष नजिकबाट पक्राउ गरेको हो।
Read More
देशी विदेशी प्रतिक्रियावादीका षड्यन्त्रबारे मोर्चामा छलफल भयो : माधव नेपाल

देशी विदेशी प्रतिक्रियावादीका षड्यन्त्रबारे मोर्चामा छलफल भयो : माधव नेपाल

काठमाडौँ, ११ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले देशमा बुनिरहेको षड्यन्त्रको तानाबानाबारे छलफल भएको जानकारी दिएका छन् । बुधवार वाट ललितपुर सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले बुधवार बिहान बसेको समाजवादी मोर्चाको बैठकमा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले देशमा षड्यन्त्रको तानाबाना बुनिरहेको र यसबारे छलफल भएको बताएका हुन् ।   मोर्चा संयोजक रहेका उनले प्रतिगामी शक्तिहरूले संविधानमाथि आक्रमण हुने कार्य भएकाले पुनः दलहरू एक भएर गम्भीर रूपले अघि बढ्नुपर्ने बताए । संविधान रक्षाका लागि एमालेभित्र गरेको विद्रोहले विघटित गरिएको प्रतिनिधिसभा पुनः स्थापित गरेको स्मरण गराउँदै उनले अहिले फेरि संविधानमाथि आक्रमण भइरहेकाले गम्भीर…
Read More
जनताको पैसाबाट चल्ने सरकारी निवासमा दलको बैठक बसेपछि राप्रपाको आपत्ति

जनताको पैसाबाट चल्ने सरकारी निवासमा दलको बैठक बसेपछि राप्रपाको आपत्ति

काठमाडौँ, ११ पुस । राप्रपाले जनताको पैसाबाट चल्ने बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दलको बैठक बसेपछि आपत्ति जनाएको छ । राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले  प्रधानमन्त्रीको सरकारी निवासमा मोर्चा वा कुनै पनि दलीय बैठक बस्नु आपत्तिजनक रहेको बताएका छन् । देशको प्रधानमन्त्री बस्ने र जनताको पैसाबाट चल्ने सरकारी निवासलाई कुनै दल विशेष वा मोर्चाको सम्पर्क कार्यालयजस्तो बनाउन नहुने भन्दै उनले यो विषय नैतिक आचरणको रहेको बताए । यसबारे सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले लेखेका छन् :   समाजवादी मोर्चाको बैठक वा कुनै पनि दलीय बैठकहरू प्रधानमन्त्रीको सरकारी निवासमा गरिनु आपत्तिजनक छ। देशको प्रधानमन्त्री बस्ने, जनताको पैसाबाट चल्ने सरकारी…
Read More
महिला लिएर होटेल गएका पुरुषको मृत्यु

महिला लिएर होटेल गएका पुरुषको मृत्यु

मुकेशकुमार यादव सिराहा, ११ पुस । सिराहाको मिर्चैया स्थित एक होटेलमा गएको केही बेरमै एक पुरुषको मृत्यु भएको छ । मिर्चैयाको कटारिचौकमा रहेको ओखलढुङ्गे गिरी होटेलमा बुधवार मध्यान्ह १२  बजेतिर एक महिलासहित गएका कल्याणपुर नगरपालिका २ का करिब ४० वर्षीय मुकेशप्रसाद कर्णको मृत्यु भएको हो ।   महिलासहित उनी होटेलमा बास बस्ने गरी आएर कोठा लिएका थिए । तर, कोठामा गएको १० मिनट पनि नबित्दै महिला ‘मेरो राजालाई के भयो’ भन्दै तल झरेको होटेलका सञ्चालक विजय यादवले बताए । उनले भने, ‘महिला रोइकराई गर्दै आए लगतै हामी सबै जना गएर उनलाई हेर्दा बेहोस अवस्थामा थिए । तत्काल नजिकैको स्वास्थ्य संस्थामा…
Read More
सहकारी ठगी प्रकरणमा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुली पक्राउ

सहकारी ठगी प्रकरणमा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुली पक्राउ

पर्वत, ११ पुस । पर्वतको कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा उनलाई बुधवार दिउँसो कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो ।   सहकारी रजिस्ट्रारको कार्यालय पोखराको रजिस्ट्रार हुँदा उनले मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा घुस लिएको आरोपमा पक्राउ गरिएको हो । पक्राउ पुर्जी जारी भएपछि केही समय फरार रहेका उनी अन्ततः बुधवार दिउँसो पक्राउ परेका हुन् । उनलाई १ करोड ५० लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ । रकम लिएर पनि काम नभएपछि सञ्चालकले नै प्रहरीलाई भिडियो प्रमाण उपलब्ध गराएपछि सोही आधारमा उनलाई पक्राउ गरिएको हो । साथै…
Read More
प्रधानमन्त्री महिला टी- २० मा एपीएफको लगातार पाँचौँ जित

प्रधानमन्त्री महिला टी- २० मा एपीएफको लगातार पाँचौँ जित

काठमाडौँ, ११ पुस । जारी प्रधानमन्त्री महिला टी- २० क्रिकेट प्रतियोगितामा एपीएफले लगातार पाँचौँ जित हासिल गरेको छ । बुधवार सम्पन्न खेलमा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै लगातार पाँचौँ जित हासिल गरेको हो । एपीएफले दिएको १६१ रनको लक्ष्य पछाएको कर्णालीले २० ओभरमा ८ विकेट गुमाउँदै ६८ रन मात्र बनाएको थियो । यस अघि एपीएफले पहिला ब्याटिङ गर्दै २० ओभरमा २ विकेट गुमाएर १६० रन बनाएको थियो । यो जितपछि एपीएफ ५ खेलमा अपराजित हुँदै १० अङ्क हासिल गरेर अङ्कतालिकामा शीर्ष स्थानमा रहेको छ । त्यसै गरी कर्णाली प्रदेशले लगातार पाँचौँ हार बेहोरेको छ । अब एपीएफले अर्को…
Read More
रोनाल्डो बने २०२३ मा धेरै गोल गर्ने खेलाडी

रोनाल्डो बने २०२३ मा धेरै गोल गर्ने खेलाडी

काठमाडौँ, ११ पुस । क्रिस्टियानो रोनाल्डो साउदी लिगमा गएसँगै उनको क्यारियर सकियो भन्नेहरूका लागि यो आँकडाले फेरी सोच्न बाध्य बनाएको छ ।   ३८ वर्षीय रोनाल्डो २०२३ वर्ष सकिन लाग्दा वर्षमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।   रोनाल्डोले आफ्नो क्लब अल नासरका लागि ४३ र राष्ट्रिय टिम पोर्चुगलका लागि १० गोल सहित कुल ५३ गोलसहित २०२३ मा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका हुन् ।   रोनाल्डोले एक वर्षमा ५० भन्दा बढी गोल गरेको यो आठौँ पटक हो ।   यस सूचीमा दोस्रो स्थानमा इङल्याण्डका ह्यारी केन र फ्रान्सका किलियन एम्बाप्पे रहेका छन् । दुवैले ५२-५२ गोल…
Read More
अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा हुनेछैन: प्रधानमन्त्री

अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा हुनेछैन: प्रधानमन्त्री

काठमाडौँ, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा नहुने घोषणा गरेका छन्। सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म दलहरू, नागरिक समाज र राज्यका सबै निकायलाई समेत क्रमभंगताको अपिल गर्दछु। अब शीर्ष बैठकहरू सत्ताको वितरण गर्न होइन,  विश्वविद्यालयहरू सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्नेछन्। मैले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा घोषणा गरिसकेको छु, अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा हुनेछैन।’ संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रस्ट र इमानदार खाकासहित उपकुलपतिमा दाबी गर्न सक्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले…
Read More
चीनका विरुद्ध लड्न अमेरिकालाई नेपाली भूमि चाहिएको छ ः के.सी.

चीनका विरुद्ध लड्न अमेरिकालाई नेपाली भूमि चाहिएको छ ः के.सी.

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले महान् सर्वहारा सांस्कृतिक क्रान्ति असफल भएकाले चीन साम्राज्यवादी मुलुक बनेको धारणा राख्नुभएको छ । नेकपा (मसाल) केन्द्रीय कार्यालयको आयोजनामा २०८० पुस १० गते मङ्गलवार तदनुसार डिसेम्बर २६, २०२३ का दिन सम्पन्न एक सय एकतिसौँ जन्म जयन्ती समारोहमा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । अध्यक्ष केसीले भन्नुभयो– ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति सफल भएको भए चीन वैज्ञानिक समाजवादी देश हुने थियो । त्यो क्रान्ति असफल भएकाले अर्थात् चीनमा पुँजीवादको पुरस्थापना भएकाले त्यहाँ साम्राज्यवादी व्यवस्थाको स्थापना भएको हो ।’ उहाँले चीन समाजवादी देश नभएको ठोकुवा गर्दै उक्त देश साम्राज्यवादी…
Read More
मार्क्सवादको विकास नै आजको प्रमुख चुनौती हो: प्रधानमन्त्री प्रचण्ड

मार्क्सवादको विकास नै आजको प्रमुख चुनौती हो: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १० पुस । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मार्क्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताउँदै आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौती रहेको बताएका छन् । मङ्गलवार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित १३१ औँ ‘माओ दिवस’का सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले विकसित परिस्थितिको जगमा विचारको विकास गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।   ‘आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति माओको जीवनकालको जस्तो छैन। माओपछि विश्व परिस्थितिमा निकै ठुलो फेरबदल आएको छ। सबैभन्दा ठुलो परिवर्तन आइटी क्षेत्रमा आएको छ। साम्राज्यवादले नयाँ नयाँ रणनीति र कार्यनीतिसहित आफूलाई टिकाइरहेको छ। हामी मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई जसरी रूपान्तरण…
Read More