Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
मानिस किन २०० वर्षसम्म बाँच्दैन, वैज्ञानिकहरू भन्छन्, - 'कारण हो डायनोसर' - Gyaan Ghar

Gyaan Ghar

Advertisement

मानिस किन २०० वर्षसम्म बाँच्दैन, वैज्ञानिकहरू भन्छन्, – ‘कारण हो डायनोसर’

काठमाडौँ, १० पुस । मान्छे सय वर्ष बाँच्यो भने ठुलो कुरा हो । गाउँ गाउँमा सय वर्ष सम्म मानिस बाँच्यो भने ती मानिसलाई बाजासहित घुमाइन्छ, अझ हाम्रो समाजमा ८४ वर्ष लागे पछि चौरासी गर्ने चलन पनि छ ।

 

तर के तपाईँले कहिल्यै सोच्नुभएको छ किन १०० वर्ष मात्र मान्छे बाँच्छ र किन २ सय वर्ष बाँच्न सक्दैन त ? हालै एउटा नयाँ अनुसन्धानले यसको सबन्ध डायनोसर सँग देखाइएको छ ।

 

बर्मिङ्घम विश्वविद्यालयका प्रोफेसर जो आओ पेड्रो डे म्यागाल्हेसले आफ्नो सिद्धान्तमा यो डायनासोर सँग सम्बन्धित हुनसक्ने बताएका छन् । यस सम्बन्धी जानकारी बायो– एस्से जर्नलमा प्रकाशित भएको छ । यसमा भनिएको छ कि १० करोड वर्ष पहिले डाइनोसरहरूले स्तनधारी प्राणीहरूलाई विकास गर्न लगाएको दबाबले उनीहरूको जीवनकालमा असर गरेको थियो।

 

सो अनुसन्धान रिपोर्टका अनुसार मेसोजोइक युगमा डायनासोरहरूको प्रभुत्व थियो। प्रारम्भिक स्तनधारीहरू निरन्तर खतरामा थिए। आफ्नो अस्तित्व कायम राख्न तिनीहरूले छिटो प्रजनन गर्न आवश्यक थियो। यस निरन्तर दबाबको कारण प्रारम्भिक स्तनपायीहरूमा दीर्घायुसँग सम्बन्धित जिनहरू हराए वा निष्क्रिय भए।

 

अनुसन्धान अनुसार सरीसृप र उभयचर प्राणी स्तनपायी प्राणीभन्दा लामो समयसम्म बाँच्न सक्ने बताएको छ । विशेष कुरा यो हो कि तिनीहरूले बुढ्यौलीको लक्षण पनि देखाउँदैनन् जबकि स्तनधारी जनावरहरूमा पनि बुढ्यौली देखिन थाल्छ।

 

प्रतिवेदनमा भनिएको छ कि मानिस सबैभन्दा लामो समयसम्म बाँच्ने स्तनधारी जनावर मध्ये एक हो। तर, यदि मानिसलाई सरीसृपसँग तुलना गर्ने हो भने तिनीहरू चाँडै बूढो देखिन थाल्छन्। मेसोजोइक युगमा भएको आनुवंशिक समस्याले हामी मानिसकाे आयु रोकेको वैज्ञानिकहरूको भनाइ छ।

 

आज प्रविधि र विकासका कारण मानिस शक्तिशाली बनेको भए पनि लाखौँ वर्ष अघि स्तनधारी प्राणी खाद्य शृङ्खलाको तल्लो तहमा थिए । डायनासोरको खतराको बिचमा स्तनधारी प्राणीहरू विकसित भए। रिपोर्टका अनुसार स्तनधारी प्राणीले लामो जीवन बाँच्नुभन्दा प्रजननलाई प्राथमिकता दिएका कारण मानिसहरू पनि त्यसैमा परे । त्यसैको नतिजा आज मानव, ह्वेल र हात्ती जस्ता धेरै स्तनपायी प्राणीहरूले देखिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...