health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

भैरहवा, ९ पुस । लघु वित्तीय संस्थाले ज्यादती गरेको भन्दै रुपन्देहीको भैरहवामा लघुवित्त पीडितहरूले प्रदर्शन गरेका छन् । लघु वित्तीय संस्थाविरुद्धको सङ्घर्ष समिति नेपालले प्रदर्शन गरेको हो । उनीहरूले लघु वित्तीय संस्था खारेज गर, लघु वित्तीय संस्थाहरू द्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर, गरिब किसानहरूलाई नि शुल्क ऋण प्रदान गर, ऋणी मार्न पाइँदैन लगायतका नारा सहित प्रदर्शन गर्दै नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगर अगाडि सभा गरेका छन् ।
भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको लुम्बिनी प्रदेश सम्मेलन तथा विरोध प्रदर्शन राष्ट्र बैङ्क गाडी कोणसभामा परिणत भएको थियो । सो अवसरमा बोल्दै सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मनीराम ज्ञवाली, लुम्बिनी प्रदेश अध्यक्ष बद्री देवान, गगन विश्वकर्मा, शिखा रेग्मी, अब्दुल शाह, कोसी इन्चार्ज,रमेश सुनार, प्रदेश इन्चार्ज रोमन थापा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अध्यक्ष लगायतले लघुवित्तको कारणले परिवार उजाडिन पुगेको, शोषणमा परि आत्महत्या तथा ज्यान गुमाएको, ऋण तिर्दा समेत बैङ्कहरूले कालोसूचीमा राखेको बताए ।
लघु वित्तीय संस्थाहरूले राष्ट्र बैङ्कको नियम नमानेर ऋण प्रवाह गरेर सास्ती दिएको, ऋणीको क्षमता नबुझी कर्जा प्रवाह गरेर अहिले दुःख दिइरहेको र ऋणीलाई बिचल्ली समेत बनाएको पीडितहरूले गुनासो गरे ।