health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

मुकेशकुमार यादव
सिराहा, ८ पुस । सिराहाको मिर्चैया नगरपालिका–११ सोनी स्थित सदाय (मुसहर)बस्ती उठाउने षडयन्त्र भइरहेको स्थानीयले बताएका छन् । आफ्नै गाउँ ब्लकको जग्गा साटफेर गरेर तीन पुस्तादेखि बस्दै आएको मुसहर बस्ती अहिले हटाउने षडयन्त्र भएको गुनासो आएको छ ।
मुसहर बस्ती गाउँको बिचमा परेपछि तत्कालीन जमिनदारसमेत रहेका सुवेलाल अरगरियाले गाउँदेखि उत्तरको आफ्नो जमिनमा मुसरबस्ती सारेको वडा सदस्यसमेत रहेका स्थानीय ७५ वर्षीय झगडु माझीले जानकारी दिए।
साटफेर गरेको भए पनि जमिनदारको अगाडि कोही बोल्न नसक्दा उनीहरूको नाममा जमिन आउन नसकेको वडा सदस्य माझीले बताए । उनले त्यस बेल जमिनदारसँग कुरा गर्ने आँट कसैको हुँदैन थियो, त्यसैले पनि यो जमिन अहिलेसम्म साहुकै नाममा रह्यो । आज बाटो, बिजुली, बस्ती नजिकै विद्यालय भएसँगै जमिनको मूल्य बढेपछि उनीहरू नदिने पक्षमा पुगेका उनले बताए।
यहाँ बस्न दिएको सट्टामा जमिनदारले मुसहरहरू बस्दै आएको गाउँ ब्लकको जमिन लिएका थिए । त्यो जमिन अहिले उनीहरूले विभिन्न व्यक्तिलाई बेचिसकेका छन्। ‘त्यस बेला जमिनदारलाई जमिन पास गराउन बाख्रा, भैँसी बेचेर पनि थप पैसा बुझाए । तर, जमिन पास गराउन सकिएन,’ ७७ वर्षीय कुशवा सदायले बताए। उनले भने, ‘त्यस बेला जमिनदारको जमाना थियो । जमिनको मूल्य पनि थिएन । बुबाले जमिन पास गराउन भनेर भैँसी, बाख्रा बेचेर पैसा दिएको पनि हो। तर, जमिन पास हुन सकेन उनीहरूकै नाममा रह्यो ।’
जमिनको मूल्य बढेपछि अहिले आएर सुवेलालका नाति हेमशंकर अरगरियाले बस्तीका ११ घर परिवारविरुद्ध मुद्दा दायर गरेका छन् । उनले आफ्नो जमिनमा रातारात घर बनाएर कब्जा गरेकोले खाली गराउन मागसहित जिल्ला अदालत सिराहामा मुद्दा हालेका छन् ।
स्थानीय ६४ वर्षीय मंगनिया मुखियाले स्थानीय जग्गा दलालहरूको उक्साहटमा जमिनदारले दलितहरूलाई दुःख दिने नियतले मुद्दा हालेको बताए । उनले भने, ‘हामी स–सानै छँदा यहाँ सदायहरुको बस्ती थियो। यहाँका सबै सदाय जमिनदारकैमा काम गर्थे। सदायहरुको बस्दै आएको गाउँ ब्लकको जग्गा पनि जमिनदारले नै बेचेर खाए । अहिले गरिब दलितहरूलाई दुःख दिइरहेका छन् । अरगरिया परिवार अहिले जनकपुरमा बसोबास गरिरहेको छ ।’
७० वर्षीय कुवली सदायको जन्म यहीँ भएको हो । उनले आफ्नो बुबाले जङ्गल फडानी गरेर बसेका बताए । उनले भने, ‘हामी यहाँ आज आएर बसेको होइन । मेरो जन्म यहीँ भएको हो । बुबाहरूले यहाँको खोरिया फाँडेको सुनाउनुहुन्थ्यो। आज विभिन्न प्रपञ्च रचेर हामीलाई बेघर गर्ने प्रयास भइरहेको छ। हामीलाई सबैको सहयोग चाहिएको छ ।’
करिब ३० घर परिवार रहेको मुसहर बस्तीका रामदयाल सदा, कवली सदा, कुशवा सदा, पति रदा, भिडिया सदा, इन्दल सदा, शिवु सदासहित ११ जनाविरुद्ध मुद्दा परेको छ । उनीहरू ५÷१० धुर गरी ३ कट्ठा १५ धुर जमिनमा घर बनाएर बसेका छन् ।
बाँकी सदाय बस्ती अरगरीया परिवारकै मोहीबापत पाएको जमिनमा रहेको छ । रामदयाल सदायको नाममा रहेको १९ कट्ठा मोही जमिनमध्ये ९ कट्ठा १० धुर पाएका थिए । त्यस बेला पनि अरगरिया परिवारले बस्तीको जमिन राम दयाललाई दिएका थिए । उनै रामदयालले थोरै पैसा लिएर अर्कैको नाममा जमिन पास गराएको बताए ।
पुरै बस्ती अरगरिया परिवारसँगै आफ्नो जमिन साटेर बसेको भए पनि सदायरूले पुनः रकम तिरेर बस्नु परेको उनीहरूले बताए । अब उनीहरूकै नाममा रहेको जमिनमा भने मुद्दा हालेको छ । मुद्दा परेपछि गाउँलेहरू अहिले चिन्तित भएका छन् । सदायहरु उठीबासको चिन्ताले पिरोलिएका छन्।
जिल्ला हरुवा–चरुवा अधिकार मञ्चले सदाय बस्तीमै पुगेर आफ्नो सङ्गठनको साथ रहेको भन्दै नडराउन आश्वासन दिएको छ । मञ्चका अध्यक्ष श्यामसुन्दर सदायले बस्तीमा पुगेर भने, ‘तपाईँहरू आफ्नो जमिनको लागि आवाज उठाउनुहोस्, हामी तपार्इंहरुको साथमा छौँ। तपाईँहरू खुट्टा कमाउनु पर्दैन, हामी तपाईँहरूको साथमा छौँ।’
उठीबासविरुद्धको सङ्घर्ष समितिले मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवलाई ज्ञापन पत्र बुझाइसकेको छ। ज्ञापन पत्र बुझ्दै मेयर यादवले आफू पीडितहरूको साथमा रहने प्रतिबद्धता जनाएका छन् । उनले, ‘पीडितको तर्फबाट न्याय समितिमा उजुरी दिनुहोस्, हामी तत्काल उनलाई पत्र लेखेर बोलाउँछौँ, यहीँ बसेर टुङ्गो लगाउने प्रयास गर्छु।’