health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, ९ पुस । धनगढी एफसी जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुगेको छ ।
यस सिजनको पहिलो क्वालिफायरमा धनगढी एफसीले पेनाल्टी सुट आउटमा पोखरा ठण्डर्सलाई ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १-१ गोल गरेपछि यस खेलमा अतिरिक्त ३० मिनेटमा थप १-१ गोल भएपछि २-२ गोलको बराबरीमा खेल सकिएको थियो । त्यसपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा गरिएको थियो ।
पोखरा ठण्डर्सले अतिरिक्त समयको पहिलो हाफको १०औँ मिनेटमा स्टेफेन कोजोको गोलमा अग्रता लिए पनि खेलको १२०औँ मिनेटमा धनगढीका अहमद हिजाजीले गोल गर्दै खेल २-२ को बराबरी गरेका थिए ।
यस अघि खेलको पाँचौँ मिनेटमा नै आयुष घलानको गोलमा पोखराले अग्रता बनाएको थियो भने खेलको ५३औँ मिनेटमा धनगढी एफसीले देवेन्द्र तामाङको गोलमा बराबरी गर्दै खेलमा फर्किएको थियो ।
यो जितपछि धनगढी फाइनलमा पुगेको छ । त्यस्तै हारका बाबजुद पोखरा ठण्डर्सले अब दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । अब पोखराले काठमाडौँ रेजर्स र ललितपुर सिटी एफसीबीचको इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने छ ।
इलिमिनेटरको खेल मङ्गलवार हुने छ भने दोस्रो क्वालिफायर बिहीबार हुँदै छ । त्यस्तै यस सिजनको फाइनल खेल भने शनिवार हुँदै छ ।