29
Dec
मेक्सिको सिटी, १३ पुस । मेक्सिकन र अमेरिकी अधिकारी सीमा खुला राख्न सहमत भएका छन् । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बिहीबार भने साझा सीमामा धेरै सङ्ख्यामा आप्रवासीहरू आइपुगेका कारण सीमा खुल्ला राख्न सहमत भएका हुन । हाल धेरै प्रमुख रेल क्रसिङहरू अस्थायी रूपमा बन्द भएका छन् । ‘यो सम्झौता भइसकेको छ, स्थिति सामान्य बनाउन रेल क्रसिङ र सीमा पुलहरू पहिले नै खोलिएको छ,’ लोपेज ओब्राडोरले पत्रकार सम्मेलनमा मिडियालाई भने, ‘हरेक दिन सीमा पुलहरूमा बढी आवतजावत हुनेछ ।’ लोपेज ओब्राडोरले बुधवारको अमेरिकी प्रतिनिधिमण्डलसँगको बैठक, जसमा राज्य सचिव एन्टोनी ब्लिन्केन र होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्काससमेत थिए…