health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

मुकेशकुमार यादव
सिराहा, ११ पुस । सिराहाको मिर्चैया स्थित एक होटेलमा गएको केही बेरमै एक पुरुषको मृत्यु भएको छ । मिर्चैयाको कटारिचौकमा रहेको ओखलढुङ्गे गिरी होटेलमा बुधवार मध्यान्ह १२ बजेतिर एक महिलासहित गएका कल्याणपुर नगरपालिका २ का करिब ४० वर्षीय मुकेशप्रसाद कर्णको मृत्यु भएको हो ।
महिलासहित उनी होटेलमा बास बस्ने गरी आएर कोठा लिएका थिए । तर, कोठामा गएको १० मिनट पनि नबित्दै महिला ‘मेरो राजालाई के भयो’ भन्दै तल झरेको होटेलका सञ्चालक विजय यादवले बताए । उनले भने, ‘महिला रोइकराई गर्दै आए लगतै हामी सबै जना गएर उनलाई हेर्दा बेहोस अवस्थामा थिए । तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुर्यायौँ । तर, स्वास्थ्यकर्मीले मृत घोषित गरे ।’
जानकारी पाउन साथ पुगेका प्रहरीले महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी जितेन्द्र बस्नेतले बताए । उनले मृतकको मुख बाङ्गो भएको छ । त्यो देख्दा उच्च रक्त चापले हानेको हो कि भन्ने प्रारम्भिक अनुमान गरिए पनि पोष्टमार्टमपछि मात्र मृत्युको कारण खुल्ने बताए ।
अहिले शव स्थानीय स्वास्थ्य संस्थामा राखिएको छ । घर परिवारलाई खबर गरिएको बताउँदै डिएसपी बस्नेतले भने, ‘अहिले शव स्वास्थ्य संस्थामै छ । घरपरिवारका व्यक्तिहरू आएपछि आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि पठाउँछौँ ।’