24
Dec
काठमाडौँ, ८ पुस । प्रमुख तीन दलका शीर्ष नेताहरूका बिचमा भेटवार्ता भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको बिचमा भेटवार्ता भएको हो । साथमा सो बैठकमा काँग्रेसका प्रमुख सचेतक रमेश लेखकको पनि उपस्थिति रहेको थियो। आसन्न राष्ट्रियसभा निर्वाचन र सामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।