Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
रौतहटबाट अपहरणमा परेका दुई नेपाली बिहारको सितामाडीबाट अपहरण मुक्त - Gyaan Ghar

Gyaan Ghar

Advertisement

रौतहटबाट अपहरणमा परेका दुई नेपाली बिहारको सितामाडीबाट अपहरण मुक्त

  • अशोक कुमार पहाडी

रौतहट, ११ पुस । भारतीय अपराधीबाट अपहरणमा परेका दुई जनालाई रौतहट प्रहरीले अपहरण मुक्त गरेको छ ।

 

उनीहरूलाई रौतहट प्रहरीले भारत विहारको सीतामढीबाट सकुशल अपहरण मुक्त गराएर आफन्तको जिम्मा लगाएको छ ।

 

चितवन भरत महानगरपालिका १९ हुलाक चोकका ४० वर्षीय कृष्ण थापा र रत्ननगर नगरपालिका १२ जिरौनाका ३५ वर्षीय दीपेन्द्र महतलाई भारत विहारको सीतामढीबाट भारतीय प्रहरीको सहयोगमा रौतहट प्रहरीले अपहरणमुक्त गराएको हो । बुधवार नै उनीहरूको अभिभावकलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

पुस ५ गते बिहान साँढे १० बजेको समयमा दुवै जना रौतहटको चन्द्रपुर जान्छु भन्दै मोटरसाइकलमा हिँडेका थिए । पुस ७ गते बेलका सात ५१ बजेको समयमा थापाले अपहरणमा परेको र ६ लाख रुपैयाँ  फिरौती माग गरेको भन्दै श्रीमतीको म्यासेन्जरमा कल गरेका थिए ।

 

जिल्ला प्रहरी कार्यालय चितवनबाट जिल्ला प्रहरी कार्यालय रौतहटमा पत्र प्राप्त भएपछि सीमावर्ती सीतामढी प्रहरी सँग समन्वय गरेर सम्भावित स्थानहरूमा खोजी कार्य गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

 

रौतहट प्रहरी प्रमुख एसपी श्रेष्ठले सीतामढी प्रहरी र रौतहट प्रहरीको खोजतलास पछि मङ्गलवार सीतामढीबाट थापा र महतलाई सकुशल अपहरणमुक्त गराई गौर ल्याइएको बताए  । अपहरणमा संलग्न ६ जना लाई बिहारको सीतामढी प्रहरीले पक्राउ गरेर अपहरण तथा शरीर बन्धक शीर्षकमा जाहेरी लिई थप अनुसन्धान कार्य अगाडी बढाइएको उनले जानकारी दिए  । भारतमा अपराधीहरू पक्राउ पर्दा त्यहीको कानुन अनुसार पीडितको जाहेरी लिएर आवश्यक कारबाही अघि बढाइएको एसपी श्रेष्ठले बताए ।

 

अपहरणमुक्त भएका दुबैजनालाई प्रादेशिक अस्पताल गौरमा स्वास्थ्य परीक्षण गरी  आफन्तलाई जिम्मा लगाई चितवन तर्फ पठाइएको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन ।

 

अपहरणमा संलग्न सीतामढी जिल्ला डुम्रा मेहसोल २७ का मोहम्मद लियाकत राइनको छोरा मोहम्मद अकबर, मोहम्मद नईम, वर्ष ३० का कौशर अलि, वर्ष २० का मोहम्मद सदाब, वर्ष २७ का मोहम्मद इर्साद र वर्ष ३३ का रामनरेश कुमारलाई सीतामढी प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा कारबाही अघि बढाएको जानकारी दिँदै प्रवक्ता गिरीले खुला सीमा भएको हुँदा नेपालमा अपराध गरेर भारतमा लुक्ने र भारतमा अपराध गरी नेपालमा लुक्नेहरू माथि दुवै देशका प्रहरीहरूले गम्भीर भई सीमा क्षेत्रको अपराधलाई न्यूनीकरण गर्ने क्षेत्रमा लागि परेको बताइन ।


प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...