health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

मेक्सिको सिटी, १३ पुस । मेक्सिकन र अमेरिकी अधिकारी सीमा खुला राख्न सहमत भएका छन् ।
मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बिहीबार भने साझा सीमामा धेरै सङ्ख्यामा आप्रवासीहरू आइपुगेका कारण सीमा खुल्ला राख्न सहमत भएका हुन ।
हाल धेरै प्रमुख रेल क्रसिङहरू अस्थायी रूपमा बन्द भएका छन् ।
‘यो सम्झौता भइसकेको छ, स्थिति सामान्य बनाउन रेल क्रसिङ र सीमा पुलहरू पहिले नै खोलिएको छ,’ लोपेज ओब्राडोरले पत्रकार सम्मेलनमा मिडियालाई भने, ‘हरेक दिन सीमा पुलहरूमा बढी आवतजावत हुनेछ ।’
लोपेज ओब्राडोरले बुधवारको अमेरिकी प्रतिनिधिमण्डलसँगको बैठक, जसमा राज्य सचिव एन्टोनी ब्लिन्केन र होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्काससमेत थिए ।
आप्रवासीहरूको ठुलो समूह बिस्तारै संयुक्त राज्य अमेरिकामा प्रवेश पाउने आशा लिएर सीमातर्फ अघि बढिरहेको बेला यो वार्ता भएको हो। लोपेज ओब्राडोरले भने, ‘अन्तिम गणनामा कारवाँमा करिब १५ सय आप्रावासीहरु रहेका थिए ।’