Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
माओ जयन्तीमा चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता- 'ताइवानलाई अलग हुन दिन्नौँ’ - Gyaan Ghar

Gyaan Ghar

Advertisement

माओ जयन्तीमा चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता- ‘ताइवानलाई अलग हुन दिन्नौँ’

बेइजिङ, १२ पुस । चीन र ताइवानबिच लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । यस विषयमा दुवै देशका प्रमुखले बयानबाजी जारी राखिरहेका छन् ।

 

हालै जनवादी गणतन्त्र चीनका संस्थापक माओत्सेतुङको १३०औँ जन्म जयन्तीको अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई चीनसँग एकता गर्न आवश्यक रहेको र आफूले यसलाई कुनै पनि हालतमा अलग हुन नदिने दाबी गरेका छन् ।

 

सीएनएनका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको भनाइ यस्तो समयमा आएको हो, जब ताइवानमा अर्को महिना अर्थात् जनवरी १३ मा राष्ट्रपतीय निर्वाचनको तयारीमा जुटिरहेको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको सो घोषणा पछि चीनले चुनाव अघि ताइवानमाथि मानसिक दबाब दिन खोजेको आशङ्का गरिएको छ । यसबाहेक उसले ताइवानलाई उक्साउने प्रयास पनि गरिरहेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

 

चीनले ताइवानमाथि आक्रमण गर्ने तयारी गरिरहेको बताइरहेको बेला ताइवानविरुद्ध सी जिनपिङको यी भनाइ पछि थप बल पुगेको छ । यसअघि पनि चीनले ताइवानको सामुद्रिक क्षेत्र नजिकै पटक पटक लडाकु विमान पठाएर ताइवानलाई उक्साउने प्रयास गरेको समाचार बाहिर आएका थिए ।

यसै वर्षको जुन महिनामा चीनले ताइवानको सामुद्रिक सीमामा ४४ किलोमिटर भित्र ८ वटा लडाकु विमान पठाएको थियो । यसबाहेक गत वर्ष सेप्टेम्बरमा १७ चिनियाँ विमान र चार वटा युद्ध पोतले ताइवानको हवाई क्षेत्र उल्लङ्घन गरेको ताइवानको आरोप थियो ।

 

चीनको सम्भावित कारबाहीबाट समस्यामा परेको ताइवानले आफ्ना ४५ वटा सैन्य आधारमा एन्टी–ड्रोन प्रणाली जडान गरेको छ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...