Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
Breaking News 2 Archives - Page 43 of 45 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Breaking News 2

बाबाहरूको चमत्कारिकता के हो ?

बाबाहरूको चमत्कारिकता के हो ?

बिरालोले बाटो काट्छ, अगाडि खाली गाग्री हुन्छ अनि हामी त्यो बाटो हिँड्न हिचकिचाउँछौ । आफू बिरामी हुँदा अरू कुनै कमजोर महिलालाई ‘बोक्सी’ भन्दै आरोप लगाउँछौ । धामी झाक्रिले फुक्यो भने रोग ठिक हुने भन्छौ । नेपाली समाजमा यस प्रकारका अन्धविश्वासहरूको व्यापक रूपमा प्रभाव छ । यस प्रकारका अन्धविश्वासहरूको सत्यतासँग के साइनो होला ? कतिपय अवस्थामा बिरालोले बाटो काट्दा नराम्रो घटना घटेको हुन सक्छ । धामी झाक्रिले फुकेर कतिपय अवस्थामा रोग निको भएको हुन सक्छ । तर यस प्रकारको घटनाहरूको वैज्ञानिक जाँच कसरी गर्ने त ? यस्तै विषयहरूमा केन्द्रित हुँदै ज्ञानशाला अनुसन्धान केन्द्रले आश्विन २३ गते कुरीति, अन्धविश्वास र सबै प्रकारका…
Read More
भारतीय सामाजिक अभियन्ता प्रोफेसर डा.नरेन्द्र नायकसँग अन्तरक्रिया हुने

भारतीय सामाजिक अभियन्ता प्रोफेसर डा.नरेन्द्र नायकसँग अन्तरक्रिया हुने

काठमाडौँ आश्विन २२ । धर्मको नाममा व्यापार गर्ने विभिन्न बाबाहरूको अन्धविश्वासबाट नेपाली तथा भारतीय समाज, धेरै नै प्रभावित छ । त्यस प्रकारको अन्धविश्वासका विरुद्ध अभियान चलाउँदै आउनुभएका विभिन्न तर्कवादी तथा चार्वाकवादी सामाजिक अभियन्ताहरू अहिले नेपाल भ्रमणमा हुनुहुन्छ । ती अभियन्ताहरू सँग ज्ञानशाला अनुसन्धान केन्द्रमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । आश्विन २३ गते दिउँसो ३.३० बजे नयाँबजारस्थित केन्द्रको हलमा हुने सो कार्यक्रममा मानवादी अभियन्ता प्रोफेसर डा. नायकका साथै अन्य भारतीय सामाजिक अभियन्ताहरूको समेत उपस्थिति हुनेछ । धार्मिक अन्धविश्वासहरूलाई दार्शनिक पक्षका साथै प्रयोगात्मक प्रकारले समेत खण्डन गर्दै आउनुभएका अभियन्ताहरूसँगको अन्तरक्रिया अत्यन्तै रोचक हुने अनुमान गरिएको छ । स्मरण रहोस्, अभियन्ता नायकले धर्मको…
Read More
हमास–इजरायल युद्धमा ४ अमेरिकी मारिएको पुष्टि

हमास–इजरायल युद्धमा ४ अमेरिकी मारिएको पुष्टि

गाजा, २२ असोज । इजरायल र प्यालेस्टाइनबीच जारी युद्धका कारण अहिलेसम्म सयौँको ज्यान गइसकेको छ । यस युद्धले निम्त्याएको विनाशले सबैलाई हल्लाएको छ। अन्तर्राष्ट्रिय मिडियाका अनुसार यस युद्धमा अहिलेसम्म १ हजार भन्दा बढीको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन् । गत शनिवार देखी सुरु भएको युद्धमा सयौँ अपहरणमा परेका छन्, अझै त्यसको विस्तृत विवरण आइसकेको छैनन् । यसैबिच, सीएनएनमा उल्लेख भएको समाचार अनुसार अमेरिकी काँग्रेसका सदस्यहरूले इजरायलमा भएको आक्रमणमा चार अमेरिकी नागरिकको पनि ज्यान गएको बताएका छन् । संसद्को प्रमुख समितिको बैठकमा उक्त जानकारी दिइएको हो । युद्धमा ज्यान गुमाउने अमेरिकीहरूको सङ्ख्या बढ्दै गएको छ, तथ्याङ्क सङ्कलन गर्ने…
Read More
इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि

इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि

काठमाडौँ, २१ असोज । प्यालेस्टायनी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ। आक्रमणमा तीन जना घाइते भएका छन्। शनिवार हमासले इजरायलमाथि ठुलो आक्रमण गरेकोमा आक्रमणमा परी मारिनेको सङ्ख्या ६०० नाघेको र सयौँ मानिस घाइते भएका छन्। आक्रमणमा १० जना नेपालीको मृत्यु भएको इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताइन्। मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जय पृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दीपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन्। पचनाली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र…
Read More
‘अन्धविश्वासको विरुद्ध सङ्घर्ष गर्दा कार्ल मार्क्स पनि एक्लै थिए’

‘अन्धविश्वासको विरुद्ध सङ्घर्ष गर्दा कार्ल मार्क्स पनि एक्लै थिए’

काठमाडौँ, आश्विन २० । 'अन्धविश्वासका विरुद्ध सङ्घर्ष गर्दा कार्ल मार्क्स पनि एक्लै थिए’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले भने,- ‘त्यस प्रकारको सङ्घर्षमा लाग्दा उनले आफ्नो देशको नागरिकता समेत त्याग्नुपरेको थियो तर पनि अन्तमा जित, सत्य र न्यायको नै भयो ।’ आश्विन २० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा वंश–रत्न मेमोरियल ट्रस्टबाट मानववादी पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता के.सी.ले ‘मानव जातीको ठुलो सङ्ख्या, अन्धविश्वासमा लागेको र त्यसको फाइदा केही टाठा बाठाले ग्रहण गरेको’ बताउँदै, – ‘वैज्ञानिक दृष्टिकोणको लागि निरन्तर लागिरहनुपर्ने’ भने । अन्धविश्वास कुरीति एवम् कुसंस्कारका विरुद्ध वैज्ञानिक र मानवतावादी चेतनाका पक्षमा क्रियाशील रहेका नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह  ‘वंश रत्न मानवतावादी…
Read More
हमासको आक्रमणमा कम्तीमा २२ इजरायली मारिएको दाबी, ९ जना नेपाली घाइते

हमासको आक्रमणमा कम्तीमा २२ इजरायली मारिएको दाबी, ९ जना नेपाली घाइते

गाँजा, २० असोज । मध्यपूर्वमा इजरायल र प्यालेस्टाइन बिचको स्थिति फेरि बिग्रिएको छ । हमासले शनिवार बिहान गाँजा पट्टीमा आक्रमण गरेका छन्। सर्वप्रथम इजरायलमा हजारौँ रकेट प्रहार गरे अनि त्यसपछि लगातार जमिनबाट हमला गर्दै इजरायल प्रवेश गरेका छन् । सो क्रममा द स्पेक्टेटर इन्डेक्स नामक मिडिया प्लेटफर्मले हमासको आक्रमणमा कम्तीमा २२ इजरायली मारिएको दाबी गरेको छ। केही  हमास सडकबाट इजरायलमा प्रवेश गरे र उनीहरूले देखेका सबैलाई गोली हानेका छन् । हमासका लडाकुहरू  प्याराग्लाइडिङ प्रयोग गरेर सीमामा प्रवेश गरेको भिडियो बाहिर आएको छ । भिडियोमा गाँजा सहरमा भागदाैड देखिएको छ भने प्यालेस्टाइनी प्रहरीको बख्तरबन्द र केही गाडीसमेत लुटेर उनीहरू प्यालेस्टाइनतर्फ फर्केका भिडियोहरू सार्वजनिक…
Read More
भोलिदेखि सरकारले सस्तो पसल सञ्चालन गर्ने, चीनी ९७ रूपैया केजी

भोलिदेखि सरकारले सस्तो पसल सञ्चालन गर्ने, चीनी ९७ रूपैया केजी

काठमाडौँ, २० असोज । सरकारले भोली देखी चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा देशभरिमा ३५ स्थानमा बिक्री स्थल राखिने छ । जसअनुसार काठमाडौँ उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङमा सहुलियत पसल राखिने भएको छ। यसै गरी, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालिकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल…
Read More
लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु

लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु

लुम्बिनी, २० असोज । लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु भएको छ । बौद्ध दर्शन र संस्कृतिका प्रवर्द्धन गर्ने उद्देश्यसहित शुक्रवारबाट प्रदर्शनी सुरु भएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष तथा बेल्ड एण्ड रोड इनिसेटिभको संयुक्त आयोजनामा भएको बौद्ध संस्कृति सम्मेलन तथा बिआरआईको १० औँ वार्षिकोत्सवको उद्घाटन समारोहमा बोल्दै बेल्ड एण्ड रोडको अवधारणाले बौद्ध संस्कृति प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पु¥याउने बताए । चिनिया बौद्ध भिक्षु यात्रीहरू फाइयान तथा ह्वेन साङले यात्रा गरेको क्षेत्रमा सिल्क रोडको विकास अवधारणा बनेको वक्ताहरूले बताए । कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालिले बौद्ध पुरातत्त्व तथा स्थलसहित संस्कृतिको विकासमा चिनिया यात्रीहरूको ऐतिहासिक…
Read More
सरकार ! जनताको दसैँ यसपालि कसरी टर्छ ?

सरकार ! जनताको दसैँ यसपालि कसरी टर्छ ?

काठमाडौँ, १९ असोज । एमाले सांसद रघुजी पन्तले बढिरहेको महँगीले जनतालाई नजिकिएको दसैँ मान्न सकस पर्ने देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले महँगीले थलिएका जनताले यसपालिको दसैँ कसरी मनाउँछन् भन्दै सरकारलाई प्रश्न गरेका छन् । दाल, चामललगायत खाद्यान्नसहितको उपभोग्य बस्तुमा महँगी बढेको र यसले जनतालाई मारमा पारे पनि सरकारले बेवास्ता गरेको उनको कटाक्ष थियो । कविताको शैलीमा तरकारी र खाद्यान्नको भाउ महँगिएको भन्दै उनले भने, ‘खल्तीमा तलब हालेर हिँडियो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको २५०, बजार भाउ सुन्दा गुम्छ होसहवास, तरकारीले भाउ नै नसोध भनेझैँ गर्छ, गोलभेँडाले के…
Read More
एमसीसीमा लागत भन्दा बढी मूल्यको ठेक्का प्रस्तावले समस्या: अर्थमन्त्री

एमसीसीमा लागत भन्दा बढी मूल्यको ठेक्का प्रस्तावले समस्या: अर्थमन्त्री

  काठमाडौँ, १८ असोज । अर्थमन्त्री डा. प्रकाश शरण महतले एमसिसी परियोजना नेपालको विकासका लागि महत्त्वपूर्ण परियोजना रहेको बताएका छन् ।   मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालको शुभारम्भ उत्सवमा बोल्दै मन्त्री महतले भने,  ‘यो आयोजनामार्फत विद्युत् आयात निर्यातका लागि ट्रान्समिसन लाइन निर्माण र प्रविधियुक्त सडक निर्माण हुनेछ । विशेषतः विद्युत् व्यापारका लागि ट्रान्समिसन लाइन हाम्रा लागि महत्त्वपूर्ण छ । यो विभिन्न मन्त्रालयसँग जोडिएको छ । मन्त्रीहरू बोर्ड सदस्य हुनुहुन्छ, उहाँहरूले पनि यसलाई गम्भीरताका साथ लिनु हुन्छ भन्ने मैले विश्वास लिएको छु ।’ एमसिसी अमेरिकी सरकारले सञ्चालन गरेको अनुदानको आयोजना मात्र नभएर लगानीको हिसाबले पनि नेपाल सरकारको पनि ठुलो योगदान रहने…
Read More