18
Oct
तेहरान, १ कार्तिक । गाजास्थित अस्पतालमा भएको आक्रमणमा परी ५ सय जनाले ज्यान गुमाए पछि इरान सरकार क्रुद्ध भएको छ । अस्पतालमा आक्रमण गरे पछि इरान सरकारले ‘दुष्ट इजरायल’ विरुद्ध विश्वलाई एक हुन आव्हानसमेत गरेको छ । गाजा सहरको अल–अहली अरब अस्पतालमा ५०० भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहारपछि इरानी विदेश मन्त्री होसेन अमीराब्दुल्लाहियानले इजरायलविरुद्ध विश्वभर एकजुट हुन आमजनतालाई आह्वान गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अस्पताल बम विस्फोटमा जियोनिस्ट शासनको भयानक अपराध र एक हजार भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहार पछि आईएसआईएस भन्दा पनि घृणा गरिएको यो नक्कली शासन विरुद्ध विश्वव्यापी एकताको समय आएको छ।’…