health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

गाँजा, २० असोज । मध्यपूर्वमा इजरायल र प्यालेस्टाइन बिचको स्थिति फेरि बिग्रिएको छ ।
हमासले शनिवार बिहान गाँजा पट्टीमा आक्रमण गरेका छन्। सर्वप्रथम इजरायलमा हजारौँ रकेट प्रहार गरे अनि त्यसपछि लगातार जमिनबाट हमला गर्दै इजरायल प्रवेश गरेका छन् । सो क्रममा द स्पेक्टेटर इन्डेक्स नामक मिडिया प्लेटफर्मले हमासको आक्रमणमा कम्तीमा २२ इजरायली मारिएको दाबी गरेको छ।
केही हमास सडकबाट इजरायलमा प्रवेश गरे र उनीहरूले देखेका सबैलाई गोली हानेका छन् । हमासका लडाकुहरू प्याराग्लाइडिङ प्रयोग गरेर सीमामा प्रवेश गरेको भिडियो बाहिर आएको छ । भिडियोमा गाँजा सहरमा भागदाैड देखिएको छ भने प्यालेस्टाइनी प्रहरीको बख्तरबन्द र केही गाडीसमेत लुटेर उनीहरू प्यालेस्टाइनतर्फ फर्केका भिडियोहरू सार्वजनिक भएका छन् । हजारौँ इजरायलीहरू गाँजाको क्षेत्रबाट भागाभाग भएको तथा हमासका हजारौँ लडाकुहरू प्यालेस्टाइनबाट इजरायली भूमि छिर्दै गरेको दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अचानक भएको यो ठुलो हमला पछि इजरायलमा रेड अलर्ट जारी गरिएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तत्कालै आपत्कालीन बैठक बोलाएर देशमा युद्धको घोषणा गरेका छन् । भिडन्त अहिले पनि जारी छ ।
मिडिया रिपोर्टका अनुसार प्यालेस्टाइनको सङ्गठन हमासले इजरायलमा ५ हजारभन्दा बढी रकेट प्रहार गरेको जनाईएको छ ।
यसैबिच प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते भएका छन्। घाइते हुनेमा नेपाली विद्यार्थीहरू रहेको तेल अवस्थित नेपाली दूतावासले जानकारी दिएको छ।

घाइते हुनेहरूको विवरण सङ्कलन गर्ने काम भइरहेको दूतावासले जनाएको छ। दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएका हुन्।
भारतीय समाचार एजेन्सी एनआईले १७ जनालाई बन्धक बनाएको उल्लेख गरेको छ। उसले सामाजिक सञ्जालमार्फत हमासले १७ जनालाई बन्धन बनाएको जानकारी दिएको हो।
शनिवार बिहानदेखि हमासले रकेट आक्रमण गर्दा हालसम्म ४० जनाको मृत्यु भएको छ भने ७४० जना घाइते रहेको बिबिसीले जनाएको छ।