Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
बाबाहरूको चमत्कारिकता के हो ? - Gyaan Ghar

Gyaan Ghar

Advertisement

बाबाहरूको चमत्कारिकता के हो ?

बिरालोले बाटो काट्छ, अगाडि खाली गाग्री हुन्छ अनि हामी त्यो बाटो हिँड्न हिचकिचाउँछौ । आफू बिरामी हुँदा अरू कुनै कमजोर महिलालाई ‘बोक्सी’ भन्दै आरोप लगाउँछौ । धामी झाक्रिले फुक्यो भने रोग ठिक हुने भन्छौ । नेपाली समाजमा यस प्रकारका अन्धविश्वासहरूको व्यापक रूपमा प्रभाव छ । यस प्रकारका अन्धविश्वासहरूको सत्यतासँग के साइनो होला ?
कतिपय अवस्थामा बिरालोले बाटो काट्दा नराम्रो घटना घटेको हुन सक्छ । धामी झाक्रिले फुकेर कतिपय अवस्थामा रोग निको भएको हुन सक्छ । तर यस प्रकारको घटनाहरूको वैज्ञानिक जाँच कसरी गर्ने त ?
यस्तै विषयहरूमा केन्द्रित हुँदै ज्ञानशाला अनुसन्धान केन्द्रले आश्विन २३ गते कुरीति, अन्धविश्वास र सबै प्रकारका विभेदहरूका विरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्‍यो । कार्यक्रममा विषयवस्तु प्रस्तोताहरू थिए, भारतीय सामाजिक अभियन्ता प्रोफेसर डा.नरेन्द्र नायक लगायत अन्य सामाजिक अभियन्ताहरू ।
‘अन्धविश्वासहरूका विरुद्ध भाषण मात्र गरेर समाज परिवर्तन गर्न नसकिने बताउँछन्, प्रोफेसर नायक । त्यसैले चमत्कारिक बाबाहरूको भ्रमहरूलाई प्रतिकार गर्न उनीहरूको संस्थाले आफै चमत्कारिक गतिविधिहरू गर्दछ । मुखमा आगो बाल्ने, ओठमा तीर खोप्ने, नरिवल फोडेर आगो बाल्ने लगायतका गतिविधि उनीहरू आफैले गरेर देखाउँछन् । यस प्रकारका चमत्कारहरूको कारण कुनै अलौकिक शक्ति नभएर विज्ञान भएको प्रोफेसर नायक बताउँछन्, ‘विभिन्न बाबाहरूले यस प्रकारको चमत्कार गरेर आफू भगवान् भएको दाबी गर्छन् र मान्छेहरूलाई भ्रममा पार्छन् । तर त्यस प्रकारको चमत्कारिता, पाखण्डीपन बाहेक केही पनि होइन ।’
‘धामीझाक्रीले फुकेर रोग पार्नुमा केही मनोवैज्ञानिक पक्ष पनि छ त्यसका साथै उनीहरूले अफिम लगायत केही रासायनिक तत्त्वहरू पनि सुँघाउने गर्दछन्’, प्रोफेसर नायक भन्छन् – ‘धामीझाक्रिमा विश्वास गर्दा मानिसको स्वास्थ्यमा ठुलो धोखा हुन सक्छ । त्यस कारण त्यस प्रकारको अन्धविश्वासहरूको भ्रममा कहिले पर्नु हुँदैन । संयोगले एक दुई पटक रोगहरू निको हुन पनि सक्छ । तर त्यस प्रकारको अन्धविश्वासहरूसँग वैज्ञानिक सत्यताको कुनै साइनो हुँदैन ।’
प्रोफेसर नायक भन्छन्, ‘कुनै पनि घटनाको वैज्ञानिक कारण जाँच गर्नको लागि पचासौँ पटक त्यस प्रकारको घटना दोहोराउनुपर्दछ । जस्तै ‘भगवान्लाई पूजा गरेपछि परीक्षामा पास भइन्छ’ यदि यो विचारलाई वैज्ञानिक पुष्टि गर्नु छ भने यो घटनालाई पचासौँ पटक जाँच्नुपर्ने हुन्छ ।’ वैज्ञानिक अनुसन्धान गर्दा यस प्रकारको विचार अस्तित्वमा आउनै नसक्ने उनी दाबी गर्छन् । यस प्रकारका अन्धविश्वासहरूबाट प्रस्ट भएर उनी सानैदेखि नास्तिक भएको र अहिले पनि मेडिकल डाक्टरको पेसा छाडेर समाजमा वैज्ञानिक चेतना फैलाउन क्रियाशील छन्, प्रोफेसर नायक ।
राजनैतिक दर्शन र भाषणबाट मात्र समाज परिवर्तन नसकिने बताउँदै प्रोफेसर नायक, ‘आफ्नो जीवनलाई उदाहरण बनाउँदै त्यस प्रकारको अभियानमा लाग्नुपर्ने’ बताउँछन् प्रोफेसर नायक, –‘यसरी अभियान चलाउँदा भारतमा अतिवादी सरकारले थुप्रै सामाजिक अभियन्ताहरूको हत्या गरिसकेको र आफूलाई पनि भौतिक सफाया गर्न खोजिएको भए पनि सत्यताको लडाई निरन्तर अगाडि बढिरहने छ ।’
‘कुरीति र अन्धविश्वासका विरुद्ध एकदमै कडा कानुनको आवश्यकता भए पनि यो विषयलाई कानुनी आधारमा मात्र समाधान गर्न नसकिने हुँदा जनचेतना सबैभन्दा ठुलो विषय भएको’ प्रोफेसर नायक बताउँछन् – ‘यस प्रकारको जनचेतना, बालबालिका र नयाँ पुस्तामा बढी केन्द्रित गर्नुपर्दछ ।
ज्ञानशाला अनुसन्धान केन्द्रका समीर सिंहले सहजीकरण गर्नुभएको अन्तरक्रिया कार्यक्रममा गोपिरमण उपाध्याय, डा.चूडा ढकाल, जगत् वशिष्ठ, राजेश विश्वकर्मा, रामदेव पाण्डे, हेमराज आश्रम, डा.गोविन्दशरण उपाध्याय लगायतले पूरक टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...