03
Jan
विशाल बस्नेत महोत्तरी, १८ पुस । जिल्ला स्तरीय अनुगमनपछि रातु नदीमा भएको उत्खनन रोकिएको छ । अनुगमनका क्रममा भइरहेको उत्खनन प्रक्रियागत ढङ्गले नभएको भन्दै तत्काललाई उत्खनन रोकिएको अनुगमन समितिले जनाएको छ । मिडियाबाट उत्खनन मापदण्ड विपरीत भएको समाचार सम्प्रेषण भएपछि सोमवार जिल्ला समन्वय समितिका संयोजक सुमनलाल कर्णको नेतृत्वमा स्थलगत निरीक्षण भएको थियो । निरीक्षणका क्रममा कयौँ मापदण्ड विपरीत देखिएको संयोजकले कर्णले बताए । प्रक्रियागत ढङ्गबाट नगरपालिका र ठेकेदार कम्पनीले उत्खनन गर्ने प्रतिबद्धता नजनाए सम्म उत्खनन रोक्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । 'आज पनि रातु नदीको चारै खण्डमा गएर अनुगमन गरियो, उत्खनन रोकिएको नै छ,' संयोजक कर्णले भने, 'मापदण्ड विपरीत भएका…