health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

विशाल बस्नेत /न्युज कारखाना
महोत्तरी, १३ पुस । रातु नदीमा भएको उत्खननको विषयमा चुरे विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो समय उत्खननको वैधतामाथि प्रश्न उठिरहेको बेला उनीहरूले गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।
स्थानीय सञ्चारकर्मीहरूले उत्खनन स्थलमा पुगेर गरेको स्थलगत रिपोर्ट हेर्दा निक्कै भयावह देखिएको बताउँदै पर्यावरणविद् डा. नागेन्द्र यादवले रातुको उत्खननको विषयमा स्थानीय सरकार सचेत हुनुपर्ने बताए । केही दिन अघि भएको छलफलका बिच अघिल्लो पटक उत्खननको क्रममा भएको क्षति हेर्दा अहिले भएको उत्खननको वैधतामाथि प्रश्न उठ्नु स्वाभाविक भएको उनको भनाई छ । ‘चुरेमा पछिल्लो समय देखिएको पानीको अभाव दोहन नै मुख्य कारक हो भन्न सकिन्छ,’ उनले भने ।
विज्ञहरूको अनुसार आईई रिपोर्टमा नै शङ्का रहेको छ । सैद्धान्तिक रूपमा आईईको प्रक्रिया भयो कि भएन ? भन्ने विषय खोजीको विषय बन्नुपर्ने उनीहरूको जिकिर छ । २०७८ जेठमा गरिएको आईई रिपोर्टले हरेक खण्डबाट १२१५०० घन मिटर मात्र उत्खनन गर्न सकिने बताएको थियो तर ठेकेदार कम्पनीले उक्त समयमा सम्झौता भन्दा ७ गुणा बढी उत्खनन गरेको नगरपालिकाले नै प्रतिवेदन बनाएको थियो । नगरले बनाएको प्राविधिक नाप जाँच उपसमितिले गरेको छानबिनले सम्झौता भन्दा बढी १२ करोड बराबरको नदीजन्य पदार्थ निकालेको निष्कर्ष निकालेसँगै अहिले उक्त मुद्दा जनकपुर उच्च अदालतमा विचाराधीन अवस्थामा छ ।
विज्ञहरूले यसैको आधारमा पनि आईई रिपोर्टमाथि आशङ्का गरेका हुन् । अर्का चुरे विज्ञ डा. विजय सिंहका अनुसार आईई रिपोर्ट मात्र उत्खननमा प्रधान नभएको बताउँछन् । नेपालका धेरैजसो ठाउँमा आईई रिपोर्टलाई नै देखाएर उत्खनन हुने गरेको बताउँदै कतिपय त नक्कल मात्र गरेर तयार गर्ने गरेको देखिएको उनको भनाई छ । विज्ञहरूको सुझाव र रातु नदी खण्डमा देखिएको अव्यवहारिक उत्खननले यति वेला बर्दिबास आन्दोलित भएको छ ।
सामाजिक सञ्जालबाट नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीका विरुद्ध बाक्लै टिप्पणी सुरु भएका छन् भने स्थानीय राजनीति दलले त उत्खनन रोक्न सामूहिक विज्ञप्ति नै जारी गरेका छन् । ८ राजनीति दलहरूले उत्खननको दीर्घकालीन समस्या सावधानको लागी सरोकारवालाहरूलाई ज्ञापन पत्र बुझाई सकेका छन् भने अन्य रणनीति समेत बनाउँदै गरेको नेपाली काँग्रेसका नेता चिरञ्जीवी हमालले जानकारी दिए ।
माओवादी केन्द्रका नेता राजु खड्काले उत्खनन व्यवस्थित र वैज्ञानिक नबनेसम्म यसलाई आन्दोलनको रूपमा अगाडी बढाउने बताए । त्यस्तै पानीको विकराल समस्या खडा भएको भन्दै नेकपा एमालेका नेता शङ्कर महतोले पर्यावरण जोगाउन जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने प्रतिबद्धता जनाए ।
यता नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले भने रातु नदी उत्खनन मापदण्डअनुसार नै गरेको दाबी गरेका छन् । आफू जहिल्यै पर्यावरणको पक्षमा रहेको जिकिर गर्दै बाहिर प्रचार गरेजस्तो नभएको उनको भनाई छ ।