14
Feb
काठमाडौँ, २ फागुन । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दाको फैसला सम्भवतः आज सुनाइने भएको छ । गत माघ २ गतेदेखि विशेष अदालतमा निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मङ्गलवार सकिए पछि सम्भवतः आज फैसला सुनाउन लागिएको हो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सुनवाइ सम्पन्न भएकाले सम्भवतः बुधवार नै फैसला सुनाउने गरी तयारी भएको छ । पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व मन्त्री चन्द्रदेव जोशी र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलगायत सो मुद्दामा तानिएका छन् ।