01
Jan
काठमाडौं, १५ पुस । सत्तासाझेदार दल नेपाली कांग्रेसले गठबन्धनमा भएको सहमति पूरा नभएसम्म पुष्पकमल दाहाल प्रचण्ड’ नै प्रधानमन्त्री हुने जनाएको छ । केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले गठबन्धन नभत्किएसम्म र गठबन्धनमा भएको सहमति पूरा नभएसम्म प्रचण्ड नै प्रधानमन्त्री हुने बताएका हुन् । १२–१४ पुसमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकको निर्णयहरु : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२ देखि १४ गतेसम्म (१) समसामयिक विषयः नेपाल एक बहुजातीय, बहुधार्मिक, बहुभाषिक एवं बहुसाँस्कृतिक मुलूक हो । नेपाली जनताले पटक–पटक गरेको क्रान्ति, संघर्ष र आन्दोलनका बलमा पटक–पटक समय सापेक्ष राजनैतिक तथा सामाजिक परिवर्तनहरू…