health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

न्युयाेर्क, १ फागुन । अमेरिकाबाट एउटा हृदयविदारक घटना बाहिर आएको छ ।
जहाँ आमा मारिया थोमसले आफ्नो बच्चालाई सुताउनुको सट्टा ओभनमा राख्न पुगिन, जसका कारण बच्चाको मृत्यु हुन पुगेकाे छ । स्थानीय मिडियाका अनुसार यो दुखद घटना गत शुक्रबार भएको थियो, जाे हालै सार्बजनिक भएकाे छ ।
मिसौरीका पुलिस अधिकारीहरूले एक महिनाकी छोरीले सास फेर्न नसकेको जानकारी पाए, सूचना पाएपछि प्रहरी कन्सास सिटीस्थित महिलाको घरमा पुगे पछि बालिका गम्भीर रूपमा जलेको र प्रतिक्रिया नदिएको देखे । बालिकालाई घटनास्थलमै मृत घोषणा गरिएको थियो ।
पोष्टमार्टममा निसास्सिएर र जलेर बालकको मृत्यु भएको खुलेको छ । एक व्यक्तिले स्काई न्यूजलाई भने कि बालिकाकाे माले उसलाई सुत्नको लागि झुक्किएर पालको सट्टा ओभनमा राखेकी थिइन ।
साे घटनालाइ लिएर ती महिलालाइ गिरफ्तारी गरिएकाे छ । समाचार अनुसार बालिकाको लुगा जलेर खरानी भएको र उनको डायपर पनि जलेको उल्लेख छ । प्रहरीले घटनास्थलमा जलेको बच्चाको कम्बल पनि फेला पारेको छ । यो गल्ती कसरी भयो भन्नेबारे प्रहरीले हालसम्म कुनै स्पष्टीकरण दिएको छैन ।
बालिकाको हत्या गरेको आरोपमा बालिकाकी आमा २६ वर्षीया मारिया थोमसको रूपमा पहिचान भएको छ । ज्याक्सन काउन्टीले भने, ‘हामी घटनास्थलकाे जानकारी दिने सबैको कदर गर्दछौं। हामी यस त्रासदीको भयानक प्रकृतिलाई चिन्छौं र यस बहुमूल्य जीवनको क्षतिबाट हाम्रो हृदय दुखित छ।’
ज्याक्सन काउन्टीका अभियोजन पक्षका वकिल जीन पिटर्स बेकरले एक विज्ञप्तिमा भने, ‘हामीलाई फौजदारी न्याय प्रणालीले यी डरलाग्दो परिस्थितिहरूमा उचित प्रतिक्रिया दिने विश्वास गर्छाैं ।’ थोमसलाई हाल ज्याक्सन काउन्टी डिटेन्सन सेन्टरमा राखिएको छ।