10
Mar
जनकपुर,२७ फागुन ।नेकपा एमालेले मधेस प्रदेश सरकारमा आफ्नो दाबी पेस गरेको छ । नेकपा एमाले मधेस प्रदेश कमिटीको रौतहटको चन्द्रनिगाहपुरमा बसेको दोस्रो बैठकले मधेस सरकारमा आफ्नो दाबी पेस गर्ने निर्णय गरेको हो । मधेसमा नेकपा एमाले सबैभन्दा ठुलो दल भएकाले स्वाभाविक रूपमा मधेस प्रदेशको नेतृत्व आफ्नो दलले पाउनुपर्ने भन्दै बैठकले सो निर्णय गरेको सचिव मनोज पौडेलले जानकारी दिए। उनका अनुसार मधेस र मधेसी जनताको समृद्धि नेकपा एमाले नेतृत्वले मात्रै दिन सक्ने भन्दै त्यसका निम्ति नेकपा एमालेको नेतृत्वमा मधेसमा सरकार बन्नुपर्ने निर्णय गर्दै यसका लागि केन्द्रीय नेतृत्वमा पहल गर्ने बताए । नेकपा एमालेका केन्द्रीय सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले…