Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
को थिए होलान् सिव/शिव (Siva) ? - Gyaan Ghar

Gyaan Ghar

Advertisement

को थिए होलान् सिव/शिव (Siva) ?

  • यादव देवकोटा

शिवलाई भारोपेली भाषी आर्यहरू अर्थात् यताको दिनका हिन्दुहरूले सर्वोच्च ‘देव’को रूपमा आराधना गर्ने गरेको पाइन्छ।आजका प्रचलित हिन्दु समाजको साहित्यहरू एक स्वरमा भन्छन् – शिव अर्थात् कैलासधिपति !

कैलाश पर्छ तिब्बतमा !

आजसम्मको तमाम अध्ययनहरूको आधारभूत सहमति (भाषा शास्त्रीय, पुरातात्त्विक, आनुवंशिक अध्ययनका आधारमा) के छ भने भारोपेली भाषी आर्यहरू सिन्धु प्रस्रवण क्षेत्रमा लगभग 2200 BCE देखि 1500 BCE अघि आइपुगेका थिए, सिन्धु सभ्यता पतनको आखिरी पलातिर, पोन्टिक क्यास्पियन स्टेप्पी (आजको युक्रेन)बाट बसाई हिँड्दै-हिँड्दै।त्यताबाट आएका आर्यहरूको सर्वोच्च देव तिब्बतको कैलाश घर भएका भनिएका पात्र कसरी भए?

आर्यहरू सिन्धु नआई पुग्दैको 2600 BCE तिरको हातमा बाला र सिरमा सिङ पहिरेर जनावरले घेरिएर ध्यान मुद्रामा/योग मुद्रामा बसेको एउटा अज्ञात पात्रको तस्बिर भएको सिल (Seal) प्राप्त भएको छ हरप्पा सभ्यताको उत्खननमा, जसलाई आद्य- सिव/शिव भनेका छन् कतिपय अध्येताहरूले।सिन्धु सभ्यता द्रविडियन सभ्यता थियो र आर्य सभ्यता थिएन भन्नेमा अब लगभग होहल्लावादी प्रचारक बाहेकको सहमति छ।

सिन्धु सभ्यतामा लिङ्ग पूजाको (शिश्न पूजाको) प्रचलन रहेको र ऋग्वेदले त्यसलाई असभ्य अभ्यास भन्दै निन्दा गरेको पाइन्छ।तर, ऋग्वेदमा रुद्र महिमा भने छ।

अब यहाँनेर जटिलता उत्पन्न हुन्छ:

शिवलाई कैलाशको मान्ने। पन्जाबमा मुख्यालय रहेको द्रविड सभ्यताले महिषेश्वरको आराधना गर्ने।कालान्तरमा स्टेप्पीबाट आएका आर्यहरूको सर्वोच्च नायक हुने।

तर्क/तर्कना:

वर्णनहरू हेर्दा कैलासपुत्र शिव सम्भवतः हिमाली पशुहरूको (विशेषतः याक/नाक, च्याङ्ग्राको) घरेलु करण गर्ने पहिलो पुस्ताका थिए या त्यो पुस्ताको अगुवा थिए।

फिरन्ते सिकारी चरणबाट भर्खरै पशु-गोठाला चरणमा प्रवेश गरे पनि स्थिर कृषिको अभ्यासमा लागिसकेको थिएन जस्तो देखिन्छ शिव समाज।फिरन्ते पशुपालक भएकाले स्थिर घर थिएन। लुगाफाटोको अभ्यास बनिसकेको थिएन।हिउँ चितुवा, याक, च्याङ्ग्राको छालाले ढाकेर चिसोबाट जोगिने उपाय रचिँदो हो।मरेकाहरूसँग चर्को भेद थिएन। तिनलाई टाढा गर्नु हुन्न भनेर आफू अडिएकै थलोमा गाड्ने र त्यही चिहान छेउमा बस्ने हुँदो हो।उसै पनि शिव समाजमा निजी सम्पत्तिको उदय नहुँदैको आदिम साम्यवादी चरणको समाजको सदस्य थिए जस्तो प्रतीत हुन्छन् वर्णनहरूमा घोत्लिँदा।

उनी र उनको गण समूह आफूसँग रत्तिएका याक, च्याङ्ग्रा लिएर तिनै मध्य बलियो याक चढेर हिउँदको अति जाडो छल्न डुल्दै-डुल्दै गङ्गाको बहाव समात्दै उत्तराखण्ड, काशी, सिन्धु पुगे होलान्। सिन्धुका द्रविड जनसङ्ख्यालाई आद्य-योग र पशुपालनको गुरु रहस्य उता बाँडे।फर्किए फेरि सम्भवतः नेपाल उपत्यका हुँदै मानसरोवर तिरै। त्यसैले त आज पनि दक्षिण भारतीयहरू लाम लाग्छन् कैलाश जान उत्तर भारतीयको तुलनामा।

तिब्बतियन पठार नाघेर आएको भोट बर्मेली भाषी ‘किराँती’ समाजमा सुम्निमा -पारुहाङको रूपमा सिव/पार्वती स्मरणको अभ्यास देखिनु थप रोचक छ।

पछिबाट आर्यहरू आए।रहँदा बस्दा यहाँको सांस्कृतिक अभ्यास अधिग्रहण गरेर आफ्नो बनाए – यहाँको भूगोल अधिग्रहण गरेको जसरी। त्यसलाई आफ्नो मौलिक अभ्यासको रूपमा थापित गर्न अनेकन् कथा, रहस्य कथा, भाष्य कथाहरूको रचना गरे, लिपपोत गरे।

यसरी हेर्दा यहाँको समाजमा ‘छोइछिटो’ गर्नै नसक्ने गरी आनुवंशिक मात्रै होइन , सांस्कृतिक/आध्यात्मिक अन्तर घुलन समेत भएको छ एकापसमा।

त्यसैले सिव कसको भन्ने प्रश्न उति नै जटिल छ जसरी सिव थिए कि थिएनन् भन्ने सवाल जटिल छ।

तर, एउटा कुरा चाहिँ सरलताकारसाथ भन्न सकिन्छ – यदि थिए नै सिव भने चाहिँ ती आदिम मानव समाज वाटै उठेका पात्र थिए र तिनलाई देउता बनाएको बढीमा पाँच हजार वर्ष भयो।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...