Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
2024 - Page 59 of 112 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2024

ललितपुरमा दुई समूहमा झडप: दुई जनाको मृत्यु, १८ जना प्रहरी नियन्त्रणमा

ललितपुरमा दुई समूहमा झडप: दुई जनाको मृत्यु, १८ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । ललितपुरको ढोलाहिटीमा गए राति दुई समूहबिच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गए राती करिब नौ बजे दुई समूहबिच झडप हुँदा दुई जनाको ज्यान गएको छ ।  मृत्यु हुनेमा धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पूजन राई रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा गए राति नै १८ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । 
Read More
अमेरिकामा जीवित बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण

अमेरिकामा जीवित बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण

न्युयोर्क, १२ चैत । अमेरिकामा एक जीवित बिरामी माथि सुँगुरको मृगौंला प्रत्यारोपण गरिएको छ ।   म्यासुचेटस  जनरल अस्पताल (एमजीएच) मा मिर्गौला रोगबाट पीडित ६२ वर्षीय एक व्यक्ति माथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका हुन ।  उनीहरूलाई सो मृगौंला प्रत्यारोपण गर्नका लागि चार घण्टाको शल्यक्रिया समय लागेको थियो। सो अस्पतालको विज्ञप्ति अनुसार ‘बिरामीहरूलाई थप सजिलैसँग उपलब्ध अङ्गहरू उपलब्ध गराउने प्रयासमा यो प्रक्रिया एउटा प्रमुख कोसे ढुङ्गा हो।’ अङ्गको अभाव विश्वभरि एक पुरानो समस्या हो र बोस्टनका अस्पतालमा मात्र मिर्गौला प्रत्यारोपणको लागि प्रतीक्षा सूचीमा १४ सय भन्दा बढी बिरामीहरू रहेका छन् । शल्यक्रिया गर्ने टोलीका सदस्य डा तात्सुओ कावाईले भने, ‘हाम्रो आशा…
Read More
बिआरआई नेपालको लागि सहयोगी हुन सक्छ !

बिआरआई नेपालको लागि सहयोगी हुन सक्छ !

मनोज भट्ट परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ आज २०८० साल चैत्र ११ गते तदनुरूप २४ मार्च २०२४ का दिन चिनिया विदेश मन्त्रीको निमन्त्रणामा चीनको भ्रमणमा जाने कार्यक्रम भएको कुरा नेपाल स्थित परराष्ट्र मन्त्रालय द्वारा जारी विज्ञप्तिमा जनाइएको छ । तर विज्ञप्तिमा चीन भ्रमणको कार्यपालिका र उद्देश्य के हो ?त्यस बारे खुलाइएको छैन । १) चीन नेपालको असल छिमेकी मित्र राष्ट्र हो ।नेपालको राष्ट्रियताको संरक्षणमा अहिलेसम्म चीनको भूमिका सकारात्मक र महत्त्वपूर्ण रही आएको छ ।तर केही महिना अगाडी चीनले नेपालको कालापानी सहितको भूभागलाई नेपालको नक्सामा नदेखाएर नक्सा जारी गर्नु तथा २०७२ साल जेठ १ गतेका दिन चीनको राजधानी बेइजिङमा भारतीय प्रधानमन्त्री नरेन्द्र…
Read More
होली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ- राष्ट्रपति पौडेल

होली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ- राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागु पूर्णिमा (होली पर्व) ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउनेमा विश्वास व्यक्त गरेका छन् । होली पर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गरेका छन् । उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउनेमा विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्- 'नेपालीहरूको महान् पर्व फागु पूर्णिमा (होली)को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक…
Read More
विश्वको एउटा यस्तो देश, जहाँ अपराध शून्य बराबर छ, जान्नुहोस्

विश्वको एउटा यस्तो देश, जहाँ अपराध शून्य बराबर छ, जान्नुहोस्

काठमाडौँ, ११ चैत । विश्वका अधिकांश देश त्यहाँ हुने अपराधबाट चिन्तित छन् । यति मात्र होइन, यस्ता अपराध रोक्न सरकारको ठुलो संयन्त्र पनि निरन्तर काम गर्छ । तर के तपाईँलाई थाहा छ एउटा यस्तो देश छ, जहाँ कुनै अपराध नै हुँदैन । यति मात्र होइन, यहाँका प्रहरीले पनि हतियार प्रयोग गर्दैनन् । यो देश कहाँ छ थाहा छ ? छैन भने हामी बताउने छौँ ।  आज हामी युरोपेली देश आइसल्यान्डको कुरा गर्दैछौं। यो देशमा अपराध दर यति कम छ कि यहाँ पुलिसले बन्दुक पनि राख्दैन। यद्यपि एसडब्लुएटी टोलीसँग हतियारहरू छन्, तिनीहरूले ती वर्षहरूमा थोरै प्रयोग गर्छन्। यहाँ देशका प्रत्येक तीन…
Read More
केजरीवाल प्रकरणमा भारत र जर्मनी आमने सामने !

केजरीवाल प्रकरणमा भारत र जर्मनी आमने सामने !

काठमाडौँ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेको विषयमा भारत र जर्मनी आमने सामने भएका छन् । केजरीवालको पक्राउ बारे जर्मन विदेश मन्त्रालयका प्रवक्ताले टिप्पणी गरेपछि भारतले आपत्ति जनाउँदै आन्तरिक मामलामा टिप्पणी नगर्न चेतावनी दिएको हो । बिहीबार, प्रवर्तन निर्देशनालय (इडी) ले केजरीवाललाई दिल्लीको मदिरा नीतिमा कथित भ्रष्टाचारको आरोपमा पक्राउ गरेको थियो । शुक्रवार, अदालतले उनलाई सात दिनको लागि ईडी हिरासतमा पठाएको थियो । यस प्रकरणमा जर्मनीले टिप्पणी गरेपछि भारतीय विदेश मन्त्रालयले शनिवार बिहान नयाँ दिल्लीस्थित जर्मन दूतावास नियोगका उपप्रमुख जर्ज एन्ज्वेलरलाई बोलाएको थियो । जर्मन विदेश मन्त्रालयका प्रवक्ताको भनाइलाई भारतको आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै भारतले कडा आपत्ति जनाएको…
Read More
आज फागु पूर्णिमा, होली खेलेर मनाइँदै

आज फागु पूर्णिमा, होली खेलेर मनाइँदै

काठमाडौँ । आज फागुन पूर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाइन्छ । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।  फागुन शुक्ल अष्टमीका दिन वसन्तपुर स्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ…
Read More
मस्कले मस्तिष्कमा चिप हालेका व्यक्तिले चेस खेल्न थाले

मस्कले मस्तिष्कमा चिप हालेका व्यक्तिले चेस खेल्न थाले

न्युयोर्क, ११ चैत । एलन मस्कको कम्पनी न्यूरालिङ्कले ठुलो सफलता हासिल गरेको छ ।  न्यूरालिङ्कले मस्तिष्क कम्प्युटर इन्टरफेस प्रविधिमा आफ्नो उपलब्धिसँगै मानव जीवनमा नयाँ आशा ल्याएको छ। वास्तवमा न्युरालिंक मार्च २३ मा एक भिडियो साझा गरेको छ। यो भिडियोमा एक पक्षाघाती व्यक्तिले कम्प्युटरको कर्सरबाट आफ्ना विचारहरूसँग चेस खेलिरहेको देखाइएको छ। भिडियोमा ती व्यक्तिले आफ्नो नाम नोल्यान्ड अर्बाग खुलाएका छन् । अर्बागको हालको उमेर २९ वर्ष हो । नोल्यान्ड अर्बाग मानसिक रूपमा पूर्ण रूपमा फिट छन् तर उनको काँधको तल्लो भाग पूर्ण रूपमा निर्जीव भएको छ। सेयर गरिएको भिडियोमा अर्बागले कम्प्युटरको कर्सरलाई पूर्णतया दिमागले कन्ट्रोल गरेको भन्दै सुनिन सकिन्छ । व्यक्तिले…
Read More
मस्को आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ९३ पुग्यो,  दुई सन्दिग्ध पक्राउ

मस्को आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ९३ पुग्यो,  दुई सन्दिग्ध पक्राउ

काठमाडौँ । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको छ भने १५२ भन्दा बढी घाइते भएका छन् ।  शुक्रवार राति मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको रुसको अनुसन्धान समिति (आइसीआर) ले अपडेट दिएको हो ।  घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या थप बढ्न सक्ने आइसीआरले जनाएको छ ।  आन्तरिक मामिला मन्त्रालय र सङ्घीय सुरक्षा सेवाको परिचालन एकाइहरूसँग आफ्ना अनुसन्धानकर्ताले मिलेर काम गरिरहेको आईसीआरले जनाएको छ । मृतकको शवको जाँच भइरहेको छ भने अपराध स्थलबाट हतियार र गोला बारुदसहितका सामग्री प्रमाण स्वरूप जफत गरिएको छ ।  घटनास्थलमा…
Read More
दर्शनशास्त्रमा आस्तिकता र नास्तिकता ! 

दर्शनशास्त्रमा आस्तिकता र नास्तिकता ! 

गोविन्द शरण उपाध्याय दर्शनशास्त्रको एउटा हाँगा हो - तत्त्व शास्त्र | अङ्ग्रेजीमा Metaphysics भन्ने गरिन्छ | तत्वशास्त्रका तीन वटा विभाग छन् : सृष्टि शास्त्र, ईश्वर शास्त्र र मन शास्त्र अर्थात् मनोविज्ञान | आज भोली मनोविज्ञानले आफूलाई दर्शनशास्त्रको अङ्ग मान्दैन तर मन शास्त्रको काम चाहिँ चेतनाको अध्ययन गर्ने हुनाले दर्शनशास्त्र अन्तर्गत नै पर्छ |  सृष्टि शास्त्रमा ब्रह्माण्डको उत्पत्ति, पृथ्वीको उत्पत्ति, जीव-निर्जीवको उत्पत्ति आदि विषयहरूको प्रमाणिक उत्तर खोज्ने प्रयत्न गरिन्छ | यो पनि मूलतः दुई भागमा विभाजित छ भौतिकवाद र चेतनावादी | भौतिकवादले विश्वलाई पूर्णतया प्राकृतिक घटना मान्छ भने चेतनावादीहरूले विश्वको रचना कुनै चेतन तत्त्वले गरेको ठान्छन् |  सृष्टि शास्त्रका अनेकौँ सिद्धान्तहरू…
Read More