26
Mar
काठमाडौँ । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मङ्गलवार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका-२ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ-२ का विशाल हाङ मुकारुङ र काठमाडौँ गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार घटनाका मुख्य आरोपी विजय राई यसअघि लागु औषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल बसेर छुटेका थिए । आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजा घरमा पुगेर मदिरा सेवन…