health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

न्युयोर्क, १२ चैत । अमेरिकामा एक जीवित बिरामी माथि सुँगुरको मृगौंला प्रत्यारोपण गरिएको छ ।
म्यासुचेटस जनरल अस्पताल (एमजीएच) मा मिर्गौला रोगबाट पीडित ६२ वर्षीय एक व्यक्ति माथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका हुन ।
उनीहरूलाई सो मृगौंला प्रत्यारोपण गर्नका लागि चार घण्टाको शल्यक्रिया समय लागेको थियो।
सो अस्पतालको विज्ञप्ति अनुसार ‘बिरामीहरूलाई थप सजिलैसँग उपलब्ध अङ्गहरू उपलब्ध गराउने प्रयासमा यो प्रक्रिया एउटा प्रमुख कोसे ढुङ्गा हो।’
अङ्गको अभाव विश्वभरि एक पुरानो समस्या हो र बोस्टनका अस्पतालमा मात्र मिर्गौला प्रत्यारोपणको लागि प्रतीक्षा सूचीमा १४ सय भन्दा बढी बिरामीहरू रहेका छन् ।
शल्यक्रिया गर्ने टोलीका सदस्य डा तात्सुओ कावाईले भने, ‘हाम्रो आशा छ कि यो प्रत्यारोपण दृष्टिकोणले मिर्गौला फेल भएका विश्वका लाखौँ बिरामीहरूलाई जीवन रेखा प्रदान गर्नेछ।’
प्रत्यारोपणका लागि प्रयोग गरिएको सुँगुरको मिर्गौलाबाट हानिकारक जिन हटाएको र निश्चित मानव जिन थप्न आनुवंशिक रूपमा थपिएको अस्पतालले जनाएको छ। अस्पतालले भन्यो कि ‘बिरामी म्यासाचुसेट्सका रिचर्ड स्लेम्यानको उपचार पछि निको भइरहेको छ र छिट्टै डिस्चार्ज हुने अपेक्षा गरिएको छ।’
मधुमेह र उच्च रक्तचापबाट पीडित स्लेम्यानले २०१८ मा मानव मिर्गौला प्रत्यारोपण गराएका थिए तर पाँच वर्षपछि असफल हुन थालेपछि उनी डायलिसिस रहेका थिए ।