Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
2024 - Page 34 of 112 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2024

मोदनाथ मरहट्ठाको कविता ‘नयाँ घामको खोजी’  को समीक्षात्मक विश्लेषण

मोदनाथ मरहट्ठाको कविता ‘नयाँ घामको खोजी’  को समीक्षात्मक विश्लेषण

                                      -डा चूडाप्रसाद ढकाल शनिवार, १२ जेठ २०८१ को “मूलबाटो” मा प्रकाशित मोदनाथ मरहट्ठाको कविता 'नयाँ घामको खोजी' नेपाली साहित्यमा एक महत्त्वपूर्ण सृजना हो जसले सङ्घर्ष, साहस र नयाँ बिहानको आशा व्यक्त गर्दछ। मरहट्ठाको यस कविताले हाम्रो सामूहिक यात्राको सङ्कल्पलाई प्रस्तुत गर्दछ, जसले इतिहासको अँध्यारोबाट उज्यालोको खोजी गर्छ। कविताको संरचना र भाषा कविताको संरचना सरल र स्पष्ट छ। भाषा प्रवाहशील र सहज छ, जसले पाठकलाई कविता सँगै यात्रा गर्न सजिलो बनाउँछ। 'इतिहासले ओढेको निस्पट्ट अँध्यारो मेट्न' जस्ता पङ्क्तिहरूले गहिरो सांस्कृतिक र ऐतिहासिक सन्देश बोकेको देखिन्छ। कविले प्राकृतिक तत्त्वहरूको प्रयोग गरेर हाम्रो जीवनको कठिनाइहरूलाई चित्रण गरेका छन्, जसले कवितालाई वास्तविक र सम्बन्धित…
Read More
बजेटका पाँच उद्देश्य र प्राथमिकता के के छन् ?

बजेटका पाँच उद्देश्य र प्राथमिकता के के छन् ?

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेका छन् । मङ्गलवार अर्थमन्त्री पुनले संसद्मा बजेट सार्वजनिक गर्दै  कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेका हुन् । गत वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो । अर्थमन्त्री पुनका अनुसार कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड १९.७४ प्रतिशत बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री पुनले बजेट सार्वजनिक गर्दै यस बजेटका पाँच…
Read More
फ्रान्सको कब्जामा रहेको न्यु क्यालेडोनिया टापुमा हिंसात्मक प्रदर्शन,   ५ जनाको मृत्यु

फ्रान्सको कब्जामा रहेको न्यु क्यालेडोनिया टापुमा हिंसात्मक प्रदर्शन,   ५ जनाको मृत्यु

काठमाडौँ । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको न्यु क्यालेडोनिया टापुमा मतदानको नियमलाई लिएर तीन दिनदेखि हिंसात्मक प्रदर्शन भइरहेको छ । यो टापु फ्रान्सले १७१ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । दङ्गामा हालसम्म ५ जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएका छन् । प्रहरीले दुई सय जनालाई पक्राउ गरेको छ । फ्रान्स सरकारले नै संसद्मा यस बारे जानकारी दिएको हो । सरकारले त्यहाँ १२ दिनका लागि सङ्कटकाल लगाएको छ । यस अवधिमा सबैलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। विमानस्थल र बन्दरगाहको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । सेनाका ट्याङ्कहरू सडकमा गस्ती गरिरहेका छन्। फ्रान्सेली…
Read More
आमा

आमा

रबी पौडेल धर्तीको न्यानो कपासचन्द्रमाको जस्तो मुहारसूर्यको जस्तो किरणबयान गरेर साध्य छैननाम हो ,धर्तीकी रानी आमा ! भोक ,निद्रा र थकान नभनीसधैँ अर्कैको लागिदुख ख कष्ट र वेदनाका पोकामनको एउटा कुनामा राख्नेनाम हो ,स्नेहकी रानी आमा ! लोरी सुनाउँदै नयनमा नयन जुराउँदैपिँडीमा कोर्को हल्लाउँदैसुमधुर कोइलीको स्वरमाभोक प्यास मेटाउँदैसन्तोष छर्नेनाम हो ,मुटुको धड्कन आमा ! तसलामा भात सकिँदा पनिकराइमा तरकारी रित्तिँदा पनिखान्छस् बाबु !खान्छ्यौ छोरी !खानुहुन्छ हजुर !भनेर थपिदिने ममताकी खानिकोनाम हो ,दयाकी खानि आमा ! पसिनाले चोली भिजे झैँआँसुले छाती भिज्दा पनिसहन सक्नेनाम हो ,वीर नारी आमा ! झुक्दै नझुक्ने,हार्दै नहार्नेहारेर पनि जित्नेसंसार देखाउनेसंसार चिनाउनेसंसार थाम्नेर,संसार बदल्ने तागत  दिनेनाम हो…
Read More
प्रतिनिधिसभाको बैठक आज पनि

प्रतिनिधिसभाको बैठक आज पनि

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बिहीबार भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अवरोधका कारण स्थगित भएको थियो । सभामुखले जबरजस्ती बैठक सञ्चालन गर्न खोजेपछि बिहीबारको बैठकमा तनावसमेत उत्पन्न भएको थियो । काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समितिको माग राख्दै संसद्को अवरोध जारी राख्ने बताएको छ । 
Read More
काँग्रेसले असंसदीय व्यवहार गर्‍यो- एमाले

काँग्रेसले असंसदीय व्यवहार गर्‍यो- एमाले

काठमाडौँ । नेकपा एमालेले प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद्मा असंसदीय व्यवहार गरेको आरोप लगाएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय अराजकता मच्चाएको आरोप लगाउँदै संसद्मा मुठभेडको थलो नबनाउन आग्रह गरे । उनले काँग्रेसले संसद्मा आफ्नो कुरा लादिरहने र अरूको कुरा नसुन्ने बाटोमा हिँडिरहेको आरोप लगाए । उनले काँग्रेसले संसद् अवरोध गरिरहे बैठक अगाडी बढ्ने दाबी गर्दै सांसदलाई बन्धक बनाउन नमिल्ने बताए ।
Read More
सभामुख पार्टीको इशारामा चलेको काँग्रेसको आरोप

सभामुख पार्टीको इशारामा चलेको काँग्रेसको आरोप

काठमाडौँ । नेपाली काँग्रेसले सभामुख पार्टीको इशारामा चलेको आरोप लगाएको छ ।  प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले सभामुख पार्टीको इशारामा चलेर जबरजस्ती संसद् चलाउन खोजेको आरोप लगाएका हुन् । उनले एमालेका सांसदहरूले इशारा गर्ने र सभामुखले बैठक अगाडी बढाउने दृश्य अनौठो देखिएको टिप्पणी गरे । उनले यसअघि कहिल्यै पनि सभामुख प्रतिपक्षी दल उठेपछि सभा सञ्चालन गरेको आफूले नदेखेको बताए ।   
Read More
अब संसदीय छानबिन समिति बन्दैन- रास्वपा

अब संसदीय छानबिन समिति बन्दैन- रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय छानबिन समिति नबन्ने बताएको छ । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै रास्वपाका सांसद मनिष झाले अब संसदीय समिति नबन्ने दाबी गरे । उनले काँग्रेस आफ्ना सभापतिमाथि उठेको प्रश्नको छानबिन गर्न तयार भए मात्र संसदीय छानबिन समिति बन्ने दाबी गरे । उनले काँग्रेसका नेताहरू पिच्छे फरक कुरा गर्ने गरेको बताउँदै अब आफूहरू संसदीय छानबिन गर्न तयार नहुने बताए ।
Read More
लघुकथा : नाता !

लघुकथा : नाता !

* सुरेशकुमार " होइन घनश्याम भाइ यसरी घरीघरी किन फोन गरेको ? म खाली बसेको छु र?"- मखमलीले कुरै नसुनी दुई वटा प्रश्न तेर्सायो।" फोन त गर्नै पर्‍यो नि दाइ मैले हजुरले नगरेपछि।थाहा छ हजुर काममा हुनुहुन्छ। हामीलाई पनि त फोन गर्ने रहर होइन नि।"- घनश्यामले भन्यो।" ठिकै छ अहिले म बिजी छु । एक छिन पछि म आफै फोन गर्छु।"- मखमलीले फोन काट्यो।" घनश्याम सारा दिन उसको फोनको बाटो कुरेर बस्यो तर फोन आएन।केही दिन पहिले खाँदा पनि हेलो ,सुत्दा पनि हेलो दिनमा तीन चार पल्ट फोनमा गफ गर्ने मानिस आज न फोन गर्छ नत सुन्छ।कतिपय अवस्थामा त ब्ल्याक लिस्टमा…
Read More
संसद्को अवरोध हटाउने प्रयास जारी, प्रतिनिधिसभाको बैठक ४ बजेका लागि सर्‍यो

संसद्को अवरोध हटाउने प्रयास जारी, प्रतिनिधिसभाको बैठक ४ बजेका लागि सर्‍यो

काठमाडौँ । बिहीबार ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सरेको छ । बैठक बिहीबार नै ४ बजे बस्ने गरी समय निर्धारण गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।  सभामुखले कार्य व्यवस्था परामर्श समिति बैठकमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग संसद्को गतिरोध अन्त्यको लागि गरेको छलफल पछि बिहानको ११ बजे बोलाइएको बैठक अपराह्न ४ बजे सार्ने निर्णय भएको हो । नेपाली काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी आरोपबारे छानबिन समिति बनाउनु पर्ने माग राख्दै संसद् अवरुद्ध पार्दै आएको छ ।  प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिएको बताइएको छ ।  सभामुखले भने…
Read More