health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको न्यु क्यालेडोनिया टापुमा मतदानको नियमलाई लिएर तीन दिनदेखि हिंसात्मक प्रदर्शन भइरहेको छ ।
यो टापु फ्रान्सले १७१ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । दङ्गामा हालसम्म ५ जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएका छन् ।
प्रहरीले दुई सय जनालाई पक्राउ गरेको छ । फ्रान्स सरकारले नै संसद्मा यस बारे जानकारी दिएको हो । सरकारले त्यहाँ १२ दिनका लागि सङ्कटकाल लगाएको छ । यस अवधिमा सबैलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। विमानस्थल र बन्दरगाहको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । सेनाका ट्याङ्कहरू सडकमा गस्ती गरिरहेका छन्।
फ्रान्सेली न्युज च्यानल फ्रान्स २४ का अनुसार फ्रान्सले हालै न्यु क्यालेडोनियामा मतदान नियम परिवर्तन गर्ने विधेयक पारित गरेको थियो । यो विधेयक अन्तर्गत न्यु क्यालेडोनियाका मूल निवासी बाहेक फ्रान्सबाट त्यहाँ बसोबास गर्ने व्यक्तिलाई पनि मतदान गर्ने अधिकार दिइएको छ ।
यसै सन्दर्भमा त्यहाँका तीन नगरपालिकामा ५ हजारभन्दा बढी आन्दोलनकारी विधेयकको विरोध गरिरहेका छन् । न्यु क्यालेडोनिया एउटा टापु हो । आन्दोलनकारीले विभिन्न ठाउँमा ब्यारिकेड लगाएका कारण अत्यावश्यक सेवा ठप्प भएको छ ।
आन्दोलनकारीले सहरका पसलमा लुटपाट गर्न थालेका छन् भने धेरै पसलमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूले अब फ्रान्सबाट अलग हुन चाहेको बताएका छन् । विगत केही वर्षदेखि न्यु क्यालेडोनियाका जनताले छुट्टै देशको माग गर्दै आएका छन् । आन्दोलनकारीलाई रोक्न त्यहाँ १ हजार ८ सय प्रहरी मात्रै छन् । दङ्गा रोक्न सरकारले टिकटकमा पनि प्रतिबन्ध लगाएको छ ।
यी दङ्गाको असर छिमेकी देश अस्ट्रेलियामा पनि देखिएको छ । अस्ट्रेलियाका विदेश मामिला मन्त्री पेनी वोङले मानिसहरूलाई न्यु क्यालेडोनिया नजान अपिल गरेका छन् ।
ब्रिटिस नाविक जेम्स कुक पहिलो पटक व्यापार गर्ने उद्देश्यले १७७४ मा न्यु क्यालेडोनिया पुगेका थिए । त्यसपछि उनले त्यहीँबाट व्यवसाय गर्न थाले । फ्रान्सेली नाविक एन्टोइन डे ब्रुनी पनि व्यापार बढाउन त्यहाँ पुगेका थिए । १८४१ मा, बेलायतको लन्डन मिसनरी सोसाइटीले त्यहाँ आफ्नो शिविर स्थापना गर्यो । त्यति बेला फ्रान्स र बेलायतबिच सकेसम्म धेरै देशहरू कब्जा गर्ने प्रतिस्पर्धा थियो । यस कारणले गर्दा, फ्रान्सले १८४३ बाट त्यहाँ आफ्नो नौसेना पठाउन थाले । यसपछि दुबैबिच युद्ध भयो र सन् १८५३ मा फ्रान्सले सम्पूर्ण टापु कब्जा गर्यो । त्यस बेलादेखि आजसम्म यो फ्रान्सेली कब्जामा छ ।