health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

* सुरेशकुमार
” होइन घनश्याम भाइ यसरी घरीघरी किन फोन गरेको ? म खाली बसेको छु र?”- मखमलीले कुरै नसुनी दुई वटा प्रश्न तेर्सायो।
” फोन त गर्नै पर्यो नि दाइ मैले हजुरले नगरेपछि।थाहा छ हजुर काममा हुनुहुन्छ। हामीलाई पनि त फोन गर्ने रहर होइन नि।”- घनश्यामले भन्यो।
” ठिकै छ अहिले म बिजी छु । एक छिन पछि म आफै फोन गर्छु।”- मखमलीले फोन काट्यो।
” घनश्याम सारा दिन उसको फोनको बाटो कुरेर बस्यो तर फोन आएन।
केही दिन पहिले खाँदा पनि हेलो ,सुत्दा पनि हेलो दिनमा तीन चार पल्ट फोनमा गफ गर्ने मानिस आज न फोन गर्छ नत सुन्छ।कतिपय अवस्थामा त ब्ल्याक लिस्टमा लगाई दिन्छ की मिल्दै मिल्दैन।
घनश्याम मखमलीको यो व्यवहारले धेरै दुखी भएको थियो।
साँझ पख फेरी फोन ट्राई गर्यो।तीन चार पटकमा फोन उठ्यो।
” होइन यो के पारा हो हजुरको? एक छिनमै फोन गर्छु भनेर दिनै भरी फोन छोपेर बस्ने गराउनुभयो नि दाइ?”- घनश्यामले एकै स्वरमा भन्यो।
” ओहो मैले भनेको हुँ र फोन छोपेर बस्न? अर्काको काम गर्ने मानिसलाई फुर्सत कहाँ हुन्छ फोनमा गफ गर्ने?”-मखमली झनै चर्को बोल्यो।
” होइन ! हजुरले पैसा सापटी लिएर तिर्नुपरेन एक वर्ष भयो ।न व्याज छ न साउँ। हजुरलाई सोसाइटीबाट सिफारिस गरेर रिन दिलाएपछि त हाम्रो नाता सम्बन्ध सबै धरापमै पर्यो।”-घनश्यामले खाँटी कुरा गर्यो।
“- के भन्यो? व्याज अरे? होइन मामा घरमा जाने बिचार छ की क्या हो? मिटर ब्याजको आरोपमा फसाई दिउँला होस गर।”- मखमलीले घनश्यामलाई हकार्दै फोन काट्यो।
दाङ घोराही १८
०३-०५-२०२४(२१-०१-२०८१)