13
Jan
काठमाडौँ, २८ पुस । आइसिसी यू- १९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अभ्यास खेलमा आज स्कटल्यान्डको सामना गर्दै छ । दक्षिण अफ्रिकाको डोबसनभिल्ले क्रिकेट क्लबमा हुने यस खेलमा स्कटल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो । नेपालले यसअघि खेलेका स्कटल्यान्ड र नाम बियासँगका अनौपचारिक अभ्यास खेल जितेको थियो । नेपालले यस पछि आगामी मङ्गलवार वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्ने तालिका रहेको छ । जनवरी १९ देखि सुरु हुने यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले विश्वकपमा…