health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

टिकापुर, २६ पुस । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि कैलालीको टिकापुरमा हुँदै छ ।
२०७२ सालको थरुहट आन्दोलनको जगमा डिल्लीबजार कारागारबाट स्थापित यस पार्टीको महाधिवेशन तीन दिन हुने आयोजकले जनाएको छ
महाधिवेशनबाट पार्टीको नेतृत्व हेरफेर हुने स्रोतले बताएको छ ।
नाउपाका अनुसार महाधिवेशनबाट २९ पदाधिकारी, ५०१ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । जसमा एक अध्यक्ष, एक सहध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । महाधिवेशनमा सहभागी हुनका लागि देशभरका ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुँदै छन् । पार्टीका संरक्षक रेसमलाल चौधरीले पार्टीको राजनीति दस्ताबेज प्रस्तुत गर्नेछन् ।
अध्यक्षमा रेसम कि रन्जिता ?
२०७२ सालको थरुहट आन्दोलनको जगमा स्थापित यस पार्टी गत आम निर्वाचनको सम्मुखमा खोलिएको थियो । दल दर्ताको छोटो समयमै यस पार्टीले सुदूरपश्चिम, लुम्बिनी तथा मधेस प्रदेशबाट राम्रो जनमत प्राप्त गरेको थियो । जसका कारण प्रतिनिधिसभामा ४, लुम्बिनी ४, सुदूरपश्चिममा ७ सिट र मधेस प्रदेशमा १ सिट प्राप्त गरेको थियो ।
यस्तै स्थानीय तहमा चार पालिका प्रमुख, तीन पालिका उपप्रमुखसहित ९९ स्थानीय जनप्रतिनिधि जित्न सफल भएको थियो ।
पार्टीका वर्तमान संरक्षक रेसमलाल चौधरीले डिल्लीबजार कारागारबाट नै पार्टीको परिकल्पना तथा मार्ग निर्देशन गरेको थिए । उनी कारागारमा रहँदै स्थापना भएको पार्टीको अध्यक्ष हाल उनकै धर्मपत्नी रन्जिता श्रेष्ठ चौधरी छिन् । रन्जिता हाल नेपाल सरकारको भूमि व्यवस्था, गरिबी तथा सहकारी निवारण मन्त्री छिन् ।
प्रथम महाधिवेशनबाट पार्टीका नेतृत्व रेसमले नै गर्नुपर्ने माग केही कार्यकर्ताले राखेका छन् । कतिपयले भने रन्जितालाई नै दोहोर्याउनु पर्ने अडान राखेका छन् । महिला नेतृत्व नै हुँदा राम्रो सन्देश जाने कतिपय महाधिवेशन प्रतिनिधिहरू बताउँछन् ।
रेसमले भने अहिले तत्कालै कुनै निर्णय गरिसकेका छैनन् । यद्यपि महाधिवेशनबाट पार्टीको संरक्षक रहने व्यवस्था हटाइँदै छ । स्रोत भन्छ, ‘रेसम माननीय अब पार्टीको अध्यक्ष बन्नुहुन्छ, बन्नुपर्छ भन्ने हाम्रो माग थियो । अहिले पार्टीको संरक्षक पद हटाइँदै छ । यसको सङ्केत उहाँ अध्यक्ष बन्ने तयारीमा हुनुहुन्छ भन्ने हो ।’
रेसम भने पार्टीको उद्घाटन सत्रपछि हुने बन्द सत्रका क्रममा आम महाधिवेशन प्रतिनिधिहरूको भावना अनुसार उचित निर्णय लिने बताउँछन् । उनी भन्छन्, ‘अध्यक्ष को बन्ने ? पदाधिकारी को बन्ने ? भन्ने कुरा महाधिवेशन प्रतिनिधिले छनौट गर्ने कुरा हो । उहाँहरूको निर्णय अनुसार नै पार्टी अघि बढ्छ ।