15
Jan
काठमाडौँ, १ माघ - टुँडिखेलमा आयोजित माघी कार्यक्रमको भिडभाडमा च्यापिएर घाइते हुनेको सङ्ख्या ११ पुगेको छ। माघे सङ्क्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग-अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भिडभाडमा च्यापिएर घाइते भएका हुन्। घाइते भएका ११ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताए। घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए। भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरू धेरै हुँदा टुँडिखेलको गेटमा भिडभाड बढेको थियो। प्रहरीले यस क्रममा लाठी चार्ज गरी भीड नियन्त्रणमा लिएको छ। भीडमा परेर एक जना प्रहरी जवान पनि घाइते भएको परिसर प्रवक्ता ढुङ्गेलले बताए। घाइतेहरूको…