16
Jan
काठमाडौँ ,२ माघ । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौँ संस्करण चैतको १ देखि ५ गतेसम्म हुने भएको छ । आयोजक नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले मङ्गलवार नेपाल पर्यटन बोर्डको हलमा महोत्सवमा प्रदर्शन हुने फिल्महरूको सूची सार्वजनिक गर्दै महोत्सव अवधिभर समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मीका रोचक र अर्थपूर्ण छलफलका सत्र पनि सञ्चालन हुने जानकारी गराएको छ । महोत्सवका अध्यक्ष केपी पाठकले फिल्मको लाइन अप सार्वजनिक गर्दै यो संस्करणमा ६० देशका ५०० बढी प्राप्त भएकोमा छनौट समितिले ४० देशका ८८ वटा फिल्म छानिएको बताए । ‘निफलाई प्राप्त फिल्मको सङ्ख्याले हामीलाई उत्साहित बनाएको छ । फिल्म आउने यो अनुपात हेर्दा ५…