Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
मेलम्ची उद्घाटनको विषयमा बालेन शाहको व्यङ्ग्य– हामीसँग भएको एउटा मन कतिपल्ट जित्नु हुन्छ प्रचण्ड सरकार ! - Gyaan Ghar

Gyaan Ghar

Advertisement

मेलम्ची उद्घाटनको विषयमा बालेन शाहको व्यङ्ग्य– हामीसँग भएको एउटा मन कतिपल्ट जित्नु हुन्छ प्रचण्ड सरकार !

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले मेलम्चीको पानी वितरणमा भएका उद्घाटनका विषयमा सङ्घीय सरकारप्रति कटाक्ष गरेका छन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी वितरणको उद्घाटन गरेपछि सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरका प्रमुख शाहले व्यङ्ग्य गर्दै आफूहरूसँग भएको एउटा मन पनि कतिपल्ट जित्नुहुन्छ भन्दै प्रधानमन्त्रीप्रति व्यङ्ग्य गरेका हुन् ।

२०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले, २०७७ चैतमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले, २०७९ वैशाख र मङ्सिरमा तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले र सोमबार (आज) १ माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी उद्घाटन गरेको भन्दै व्यङ्ग्य गरेका शाहले फेसबुकमा लेखेका छन्, ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर ।’

उनले फेसबुकमा लेखेको जस्ताको तस्तै :

 

हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर ।

मेलम्ची खाने पानीका यी ५ वटा उद्घाटनहरू थाहा पाउनुहोस् :

१. २०७७ फागुन – तत्कालीन प्रम केपी ओली

२. २०७७ चैत्र – तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी

३. २०७९ वैशाख – तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरी

४. २०७९ मङ्सिर – तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरी

५. आज (२०८० माघ १) – प्रम पुष्पकमल दाहाल

अर्थात्, विभिन्न मितिमा खानेपानीमन्त्रीदेखि राष्ट्रपति समेतले गरेर मेलम्ची खानेपानीको उद्घाटन ५ पटक भइसक्यो । मेलम्चीको पानी काठमाडौँ ल्याउने भनेर वि. स. २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरियो । त्यसको दुई वर्ष पछि २०५७ सालमा आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार भयो । तर सुरुङ खन्न सुरु गर्न पनि ११ वर्ष लगाएर २०६८ सालबाट मात्रै सुरुङ खन्न थालियो । त्यो ११ वर्षमा राजा ज्ञानेन्द्रको नेतृत्वसहित १३ पटक त प्रधानमन्त्रीहरू नै फेरिएका थिए । मेलम्चीमा भएका कर्मचारीको थपघट र नियुक्तिको सूचि त झन् निकै लामो बन्ला । मेलम्चीका नाममा अरबौँका गाडी किनिएका थिए । एउटा दुहुनो गाई जस्तो मात्रै भयो मेलम्ची खानेपानी आयोजना । तर काठमाडौँमा पहिलो पटक पानी झर्न त्यसको ९ बर्सपछि मात्रै सम्भव भयो ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७७ फागुनमा मेलम्चीको पानी काठमाडौँ झार्ने कीर्तिमानका लागि उद्घाटन त गरियो तर कृत्तिमानकै लागि प्राविधिक पक्षलाई जोखिममा राखियो । जसको असर सोही वर्षमा नै देखियो । बाढीको लेदो पसेर तथा बाढीले (1. Weir 2. Intake 3. Gravel flushing out let 4. Sand flushing system 5. Diversion tunnel outlet 6. Gates लगायतका) संरचनाहरू ध्वस्त पारेपछि मेलम्ची बन्द भयो । कीर्तिमानको पछि नलागेर प्राविधिक जोखिम नलिएको भए खोलाबाट ल्याउने पानीमा त्यहाँसँगै आउने लेदो रोक्ने प्रणाली विकसित गर्न ध्यान दिइन्थ्यो । त्यो नगरेर मेलम्चीमा राज्यको अर्बौँ लगानी मात्र जोखिमपूर्ण बनाइएन, काठमाडौँवासीको स्वस्थ पानी पिउन पाउने हकलाई अवमूल्यन गरियो । र, देशव्यापी रूपमा नेपालमा केही हुन सक्दैन भन्ने नकारात्मक धारणालाई बढवा दिन मलजल गर्‍यो । अनि सँगसँगै, व्यक्तिगत कीर्तिमान कायम गर्न प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको पानी काठमाडौँ झारेर उद्घाटन गर्ने कुप्रथाको सुरुवात भयो । त्यसकै सिलसिलाको नयाँ संस्करणको उद्घाटन आज प्रम पुष्पकमल दाहालबाट पनि भयो ।

विडम्बना ! अहिले पनि प्राविधिक जोखिमलाई नजरअन्दाज गरिएको छ । मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा छ । त्यो झरेर मुहान कुनै पनि बेला मुहान थुनिन सक्छ । बालुवा भएको सुरुङबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइदैछ । बालुवा थेग्रिने संरचनाहरूको अभावमा लेदो सिधै सुरुङमा पसेर सुरुङ नै भरिन सक्छ, जसलाई निकाल्न बर्सौँ समय र अर्बौँको लागत लाग्न सक्छ । वर्षाको पानीबाट आयोजनालाई जोगाउन उपयुक्त संरचनाहरू निर्माण भइसकेका नै छैनन् । यसैले बर्षायाम लाग्ने बित्तिकै पानी आपूर्ति बन्द गर्दै मुहान थुन्नु पर्ने अवस्था छ । हिउँदमै पनि लेदो नथिग्राई (desilting नगरी) सिधै diversion canal बाट पानी सुरुङमा लैजाँदा त्यसमा भएका बालुवा सुरुङमा बिस्तारै थिग्रिएर केही समय पछि सुरुङ पुरै बालुवा र लेदोले भरिएर लामो समयको लागि पानी आपूर्ति बन्द हुन सक्छ । यसका लागि नयाँ intake खोलाको माथितिर राम्ररी study गरेर सार्न आवश्यक छ । त्यस्तै, लेदो थिगार्ने संरचना (Desilting Basin) सुरुङ भित्रै बनाउन उचित हुन्छ ।

प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना राजनैतिक stunt कै लागि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्क्याउने सिलसिलाको पछिल्लो कडी मात्रै हो । राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुनः समय, राज्यको लगानी र नागरिकका सपनाको दुरुपयोग हुनु हो । यसैले छिटोको नाममा नागरिक तहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिक लाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरुपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक छ ।

हामी आलोचना मात्र गर्न चाहन्नौँ । यति चाहन्छौँ, बाह्रै महिना चौबिसै घण्टा पानी आओस् । हरेक पल्ट भन्ने गरेका छौँ, हामी केन्द्र सरकारसँग सहकार्य गर्न चाहन्छौँ । यो मौका दिनु हुनेछ भन्ने आशा लिएका छौँ । सहकार्यबाट दिगो परिणाम ल्याएर भन्न पाइयोस् धन्यवाद , हाम्रो मन साँच्चै नै जित्नु भयो भनेर ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...