12
Jul
काठमाडौँ । गत साता बेलायत, फ्रान्स, इरान जस्ता ठुला देशमा चुनाव भएको थियो । यी देशका चुनावी परिणामले तत्कालीन सत्तारुढ नेताहरूलाई बाहिर धकेलेको छ । खास गरी बेलायत र फ्रान्समा सत्तारुढ दलले चुनाव हारेका छन् । बेलायतमा ऋषि सुनकको कन्जरभेटिभ पार्टी १४ वर्षपछि सत्ताबाट बाहिरिएको छ । त्यस्तै फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोनको पार्टी रेनेसान्स वामपन्थी गठबन्धनबाट पराजित भएको छ । इरानमा सुधारवादी नेता मसूद पेजेस्कियानले कट्टरपन्थी सइद जलिलीलाई पराजित गर्दै राष्ट्रपति चुनाव जितेका छन् । यी तीन वटा मात्र चुनाव होइनन् जसमा सत्तामा रहेकाहरूलाई धक्का लागेको छ । यस वर्ष धेरै देशमा भएको आम निर्वाचनको नतिजाले विश्वलाई चकित बनाएको छ…