15
Jul
काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमको सोमबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ । मूल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टितेल प्रतिलिटर १६० भएको छ । निगमले भारतबाट आएको नयाँ मूल्य सूची बढेर आएकोले मूल्य बढाउनु परेको जानकारी दिएको छ ।