Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
२०२४ का निर्वाचन- विश्वभर सत्ता हल्लाउने मत परिणाम - Gyaan Ghar

Gyaan Ghar

Advertisement

२०२४ का निर्वाचन- विश्वभर सत्ता हल्लाउने मत परिणाम


काठमाडौँ । गत साता बेलायत, फ्रान्स, इरान जस्ता ठुला देशमा चुनाव भएको थियो । यी देशका चुनावी परिणामले तत्कालीन सत्तारुढ नेताहरूलाई बाहिर धकेलेको छ । खास गरी बेलायत र फ्रान्समा सत्तारुढ दलले चुनाव हारेका छन् ।

बेलायतमा ऋषि सुनकको कन्जरभेटिभ पार्टी १४ वर्षपछि सत्ताबाट बाहिरिएको छ । त्यस्तै फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोनको पार्टी रेनेसान्स वामपन्थी गठबन्धनबाट पराजित भएको छ । इरानमा सुधारवादी नेता मसूद पेजेस्कियानले कट्टरपन्थी सइद जलिलीलाई पराजित गर्दै राष्ट्रपति चुनाव जितेका छन् । 

यी तीन वटा मात्र चुनाव होइनन् जसमा सत्तामा रहेकाहरूलाई धक्का लागेको छ । यस वर्ष धेरै देशमा भएको आम निर्वाचनको नतिजाले विश्वलाई चकित बनाएको छ ।

टाइम्स म्यागजिनको रिपोर्टका अनुसार यस वर्ष इतिहासमा पहिलेभन्दा धेरै मतदाताहरूले विश्वव्यापी रूपमा चुनावमा भाग लिँदै छन् । विश्वका कम्तीमा ६४ देशहरूमा मात्र राष्ट्रिय चुनावहरू छन्, जसले विश्वको कुल जनसङ्ख्याको लगभग ४९ प्रतिशत प्रतिनिधित्व गर्दछ । विश्वका १० धेरै जनसङ्ख्या भएका देशमध्ये ८ वटामा सन् २०२४ मा चुनाव हुने तय गरिएको थियो । यी देशहरू हुन्- बङ्गलादेश, ब्राजिल, भारत, इन्डोनेसिया, मेक्सिको, पाकिस्तान, रुस र अमेरिका । तर, अधिकांश देशमा निर्वाचन सम्पन्न भइसकेको छ । यसबाहेक फ्रान्स, बेलायत, इरान र युरोपेली सङ्घमा पनि यसै वर्ष चुनाव भइसकेको छ ।

फ्रान्स: फ्रान्सेली मतदाताहरूले ३० जुन र ७ जुलाईमा दुई चरणमा राष्ट्रिय सभाका सांसदहरू चयन गर्न मतदान गरेका थिए । यहाँ संसद्को तल्लो सदन राष्ट्रिय सभाका कुल ५७७ सिटका लागि निर्वाचन भएको थियो, जसमध्ये बहुमतका लागि २८९ सिट आवश्यक छ।

फ्रान्सको यस निर्वाचनमा सबै ठुला दलहरू गठबन्धनमा उत्रिएका थिए । फ्रान्सको संसद्मा आइतबार भएको दोस्रो चरणको मतदानपछि वामपन्थी गठबन्धन न्यु पपुलर फ्रन्टले सबैभन्दा बढी सिट जितेको छ । यसले दक्षिणपन्थी गठबन्धनलाई पराजित गर्‍यो । वामपन्थी न्यु पपुलर फ्रन्टले १८२ सिट जितेको छ भने राष्ट्रपति इमानुएल म्याक्रोनको केन्द्रवादी एन्सेम्बल गठबन्धनले १६३ सिट जितेको छ । यी नतिजाहरू पछि, फ्रान्स राजनीतिक अनिश्चिततामा फसेको छ, किनकि कुनै पनि गठबन्धन पूर्ण बहुमत हासिल गर्ने नजिक पुगेको छैन ।

इरान: गत हप्ता इरानका जनताले पनि आफ्नो जनादेश दिए । २८ जुन र ५ जुलाईमा देशमा राष्ट्रपतिको निर्वाचनका लागि मतदान भएको थियो, जसमा सुधारवादी नेता मसूद पेजेस्कियान विजयी भएका थिए । मे १९ मा तत्कालीन राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि इरानमा प्रारम्भिक निर्वाचन भएको थियो । चार उम्मेदवारहरूले चुनावको पहिलो चरणमा प्रतिस्पर्धा गरे, सुधारवादी मसूद पेजेस्कियानले चुनाव जितेका थिए, ६ जुलाईको नतिजामा कट्टरपन्थी नेता सइद जलिलीलाई पराजित गरे । यो जितसँगै पेजेस्कियानले इरानको नयाँ राष्ट्रपति बनेका छन् । 

बेलायत: बेलायतमा ४ जुलाईमा ६५० संसदीय सिटका लागि मतदान भयो । यी चुनावहरू बेलायत, उत्तरी आयरल्यान्ड, स्कटल्यान्ड र वेल्स लगायत युनाइटेड किंगडमका सबै भागहरूमा भएका थिए। बेलायतको चुनावको अन्तिम नतिजा जुलाई ६ मा घोषणा भएको थियो। यी निर्वाचनमा कुल ३९२ दल दर्ता भए पनि मुख्य प्रतिस्पर्धा ऋषि सुनकको कन्जरभेटिभ र प्रमुख विपक्षी नेता केयर स्टारमरको लेबर पार्टीबिच थियो । विपक्षी लेबर पार्टीले ६५० सिटमध्ये ४१२ सिट जितेको छ । जबकि वर्तमान सत्तारुढ दल कन्जरभेटिभले मात्र १२१ सिट जित्न सकेको छ । अन्य साना दलको कुरा गर्ने हो भने लिबरल डेमोक्र्याटले ७१, स्कटिस नेशनल पार्टी (एसएनपी)ले नौ, सिन फेइनले सात, डेमोक्रेटिक युनियनिस्ट पार्टी (डीयूपी) पाँच र रिफर्म पार्टीले चार सिट जितेका छन् ।

सन् २००५ पछिको बेलायती चुनावमा प्रमुख विपक्षी दल लेबरले ठुलो जित दर्ता गरेको थियो । लेबर पार्टीलाई ठुलो जित दिएपछि केइर स्टारमर देशको नयाँ प्रधानमन्त्री बनेका छन् ।

युरोपेली संघ: कुल २७ देशहरू मिलेर युरोपियन युनियनका मानिसहरूले जुन ६-९ मा मतदान गरे । ४४ करोडभन्दा बढी जनसङ्ख्या भएको युरोपेली सङ्घमा कुल ७२० सदस्य युरोपेली संसद् (एमईपी) निर्वाचित छन् । ९ जुन २०२४ मा, उर्सुला भोन डर लेनको नेतृत्वमा रहेको युरोपेली पीपुल्स पार्टीले युरोपेली संसद्मा सबैभन्दा बढी सिट जित्यो । यी चुनावमा केन्द्रवादी, उदारवादी र वातावरणवादी पार्टीहरूले हार बेहोरेका छन् भने दक्षिणपन्थी दलहरूले फाइदा उठाएका छन् । दक्षिणपन्थी युरोपेली कन्जरभेटिभ र सुधारवादी समूहले केन्द्रवादी नवीकरण युरोप समूहलाई पराजित गरेको छ ।

पाकिस्तान: छिमेकी देश पाकिस्तानमा राष्ट्रिय सभाका लागि फेब्रुअरी ८ मा मतदान भयो । २४ करोड जनसङ्ख्या भएको पाकिस्तानमा चुनावअघि कामचलाउ सरकार चलिरहेको थियो । पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का प्रधानमन्त्री इमरान खानलाई अविश्वास प्रस्तावमार्फत पदबाट हटाइएपछि दुई वर्षपछि यी निर्वाचनहरू भएका हुन् । त्यसपछि इमरान खानलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरियो र पाँच वर्षको लागि राजनीतिमा प्रतिबन्ध लगाइएको थियो । चुनावअघि सर्वोच्च अदालतको फैसलाले पीटीआईको चुनाव चिन्ह पनि खोस्यो । 

यी सबै घटनाक्रमका बाबजुद चुनावी नतिजा आउँदा वर्तमान सरकारविरुद्ध लडिरहेका पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी ९३ सिट जितेका छन् । यसपछि पाकिस्तान मुस्लिम लिग (एन) (पीएमएल-एन) ले ७५ सिट र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)ले ५४ सिट प्राप्त गरेको छ । नेशनल एसेम्बलीमा कुनै पनि दलले बहुमत नपाएपछि शहबाज सरिफ पीपीपी, पीएमएल-एन र अन्य साना दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका छन् ।

बंगलादेश: यस वर्षको सुरुमा जनवरी ७ मा देशमा आम चुनाव भयो। १७ करोडभन्दा बढी जनसङ्ख्या भएको बङ्गलादेशका जनताले राष्ट्रिय संसद्को पक्षमा मतदान गरेका छन् । यस निर्वाचनमा प्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले लगातार चौथो पटक चुनाव जितेको छ । हसिनाको अवामी लिगलाई केन्द्र र वामपन्थी दल मानिन्छ । देशको प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टीले राजनीतिक असहमतिमाथिको क्र्याकडाउनको विरोधमा चुनाव बहिष्कार गरेको छ। वर्तमान सरकारको कार्यकालमा निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न नसक्ने केन्द्र दक्षिणपन्थी दलको विश्वास छ ।

भारत: त्यस्तै विश्वको धेरै जनसङ्ख्या भएको देश भारतमा पनि सात  चरणको मतदानपछि जुन ४ मा आएको परिणाममा सत्तारुढ दल भारतीय जनता पार्टीलाई ठुलो धक्का लाग्यो । दुई कार्यकाल एकल बहुमत हासिल गरेको बिजेपी एक्लैले बहुमत ल्याउन सकेन र एनडीए गठबन्धनको सरकार बनाएको छ । यस निर्वाचनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सत्ताबाट हटाउन नसके पनि भारतमा प्रतिपक्षी दललाई बलियो बनाएको छ ।  

त्यसो भए संसारभरि भएका यी निर्वाचनमा कुनै विशेष विचारधाराले जितेको छ त । यस विषयमा विभिन्न विज्ञहरूले आफ्नो राय व्यक्त गरिरहेका छन् । चुनावको नतिजा विश्लेषण गर्दा यसलाई सरकारहरूप्रति जनताको आक्रोशको रूपमा हेरिनुपर्ने बताइएको छ । जनताले स्पष्ट विचारधारालाई साथ नदिएको र जनसरोकारका काम नगरेका कारण सत्तामा रहेकाहरूलाई मत नदिएको रूपमा विश्लेषण गरिएको छ ।

जस्तो की बेलायतमा लेबर पार्टीले जितेको छ, जसलाई वामपन्थी भन्न मिल्दैन । जेरेमी कोर्बिन त्यहाँ भएको भए उनलाई वामपन्थी भनिने थियो । फ्रान्समा पनि चरम वामपन्थी पार्टीले बहुमत पाउन सकेका छैनन् । यदि सरकार बनाउनु छ भने अन्य विचारधाराका मानिससँग गठबन्धन गर्नुपर्छ । यस्तो अवस्थामा उनीहरूले आफ्नो नीति पनि परिवर्तन गर्नुपर्ने हुन्छ । यसबाहेक इरानमा सुधारवादी नेता मसूद पेजेस्कियानले जित हासिल गरेका छन्, तर उनले इरानमा सत्ताबाट अलग भएर सुधार गर्ने काम गर्नेछन् भन्ने लाग्दैन । किनभने यहाँ इरानका सर्वोच्च नेतालाई प्रभाव पार्ने गार्जियन काउन्सिलको अनुमतिबिना कुनै पनि कानुन बनाइँदैन । एक हिसाबले यी केन्द्रवादी सरकार हुनेछन् । 

विश्वभरि कुनै पनि विचारधाराको जित वा हार भन्दा पनि भर्खरैको चुनावले विश्वभर कुनै खास विचारधाराका मानिसहरू हारेको प्रवृत्ति देखाउँदैन । यसलाई सरकारविरुद्धको आक्रोशका रूपमा लिनुपर्छ । १० वर्ष शासन गर्दा जनताको अपेक्षा पूरा गर्न नसकेपछि जनताले परिवर्तनको पक्षमा मतदान गरे । भारत र दक्षिण अफ्रिकामा सरकारहरू फर्किएका छन् तर बहुमतको अभावमा परेका छन्। उनीहरूले आफ्नो नीतिलाई प्रभाव पार्ने अन्य दलको सहयोग लिनु परेको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...