Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
July 2024 - Page 10 of 10 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: July 2024

विद्यालयको कक्षा कोठामा पानी पसेपछि पठनपाठन अवरुद्ध

विद्यालयको कक्षा कोठामा पानी पसेपछि पठनपाठन अवरुद्ध

सञ्जय मिश्रा, रौतहट । रौतहटस्थित एउटा सामुदायिक विद्यालयको चौतर्फी पानी जमेपछि पठनपाठन अवरुद्ध भएको छ । जिल्लाको पूर्व भेग दुर्गा भगवती गाउँपालिका स्थित एक सामुदायिक विद्यालयको कक्षाकोठा भित्र बर्सातको पानी जमेपछि पठनपाठन अवरुद्ध भएको हो । कक्षाकोठासँगै वर्षाको पानी  विद्यालयको प्राङ्गणमा समेत जमेपछि अध्ययनरत बालबालिका लाई कठिनाइ भएको छ। दुर्गा भगवती १ स्थित जनता प्राथमिक विद्यालयको कक्षाकोठा र प्राङ्गणमा समेत पानी जमेर विद्यार्थीहरू समस्यामा परेका हुन् । विद्यालय प्राङ्गणमा डेढ दुई फिटसम्म पानी जमेपछि बिस्तारै कक्षा कोठामा समेत छिरेपछि पठनपाठन प्रभावित भएको प्रधानाध्यापक मुकेश चौधरीले बताएका छन् । विद्यालय तथा विद्यालय प्राङ्गण भन्दा चौतर्फी जमिन अग्लो रहेकाले सामान्य बर्षाँ हुँदा…
Read More
अल्पमतमा परेका प्रचण्डले किन लिन खोज्दै छन् विश्वासको मत ?

अल्पमतमा परेका प्रचण्डले किन लिन खोज्दै छन् विश्वासको मत ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने सङ्केत गरेका छन् । बिहीबार बिहान राजीनामा दिन बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डले आफूले संसद् फेस गर्ने भएकाले अहिले राजीनामा नदिन आग्रह गरेका थिए । राजीनामा दिन बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरू प्रधानमन्त्रीको सो आग्रह पछि राजीनामा नदिएर फर्किएका छन् । संविधान अनुसार सरकारमा सहभागी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३० दिन भित्र प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिनु पर्ने प्रावधान रहेको छ । सरसर्ती हेर्दा प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेको देखिन्छ । तर यसको अन्तर्य भने अर्कै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्न प्रचण्डले विश्वासको मत…
Read More
एकीकृत समाजवादीको महाधिवेशन नेतृत्व चयनमा केन्द्रित, सहमतिको प्रयास हुँदै

एकीकृत समाजवादीको महाधिवेशन नेतृत्व चयनमा केन्द्रित, सहमतिको प्रयास हुँदै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको जारी दशौँ महाधिवेशन अब नयाँ नेतृत्व चयनमा केन्द्रित भएको छ । राजधानीको प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै आज नेतृत्व चयनमा केन्द्रित भएको हो ।  १६ गतेदेखि सुरु भएको महाधिवेशनले राजनीतिक, सङ्गठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पारित गरेको छ । महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ ।  केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सात जना रहने व्यवस्था गरिएको छ । केन्द्रीय कमिटीले तोकेबमोजिम वरिष्ठ नेताहरू रहने वैधानिक व्यवस्था गरिएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव,…
Read More
गृहमन्त्री लामिछानेविरुद्धको रिटको आज सुनुवाइ हुने

गृहमन्त्री लामिछानेविरुद्धको रिटको आज सुनुवाइ हुने

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुँदै छ । पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्चमा परेको रिट निवेदनमाथि आज फेरि सुनुवाइ हुने भएको हो । लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । यो रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले ‘हेर्दाहेर्दै’ मा राखेर आज सुनुवाइ गर्ने आदेश गरेको थियो । रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी…
Read More
एसइईको पूरक परीक्षाको तालिका सार्वजनिक

एसइईको पूरक परीक्षाको तालिका सार्वजनिक

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानो ठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा (ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ । कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो।
Read More
काङ्ग्रेस-एमालेबिच के के विषयमा भयो सहमति ?

काङ्ग्रेस-एमालेबिच के के विषयमा भयो सहमति ?

काठमाडौँ । संसद्को सबैभन्दा ठुलो दल नेपाली काँग्रेस र दोस्रो ठुलो दल नेकपा एमालेबिच नयाँ गठबन्धन बनाउन सात बुँदे सहमति भएको छ । सो सहमतिमा गए राती काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच हस्ताक्षर भएको हो । सहमतिमा एमाले अध्यक्ष ओलीले सुरुको दुई वर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि काँग्रेसले सरकारको नेतृत्व गर्ने उल्लेख छ । त्यस्तै देउवा र ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन संयुक्त रूपमा आह्वान गर्ने सहमति भएको छ भने निर्वाचन प्रणाली परिवर्तनसहित संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी काम गर्न काँग्रेस र एमालेले सहमति गरेका छन् । १. ओली दुई वर्ष प्रधानमन्त्री,…
Read More
रन्जितालाई नाउपाको संसदीय दलको नेताबाट हटाइयो

रन्जितालाई नाउपाको संसदीय दलको नेताबाट हटाइयो

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले रन्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको छ । आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो । संसदीय दलको निर्णय संसद् सचिवालयलाई गराउने तयारी रहेको छ । रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गङ्गाराम चौधरी डगौरा, अरुणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन्। बैठकले गङ्गाराम चौधरी डगौरालाई संसदीय दलको नेताको जिम्मेवारी दिएको छ । प्रमुख सचेतक लालवीर चौधरीलाई बनाइएको छ । लालवीर नाउपाका संरक्षक रेसम चौधरीका बुबा हुन्। यसअघि गङ्गाराम प्रमुख सचेतक थिए । प्रतिनिधि सभामा नाउपाका चार सांसद रहेका छन्  ।
Read More
बालुवाटार पुगे ओली, प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्दै,  सत्ता समीकरण तरङ्गित

बालुवाटार पुगे ओली, प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्दै,  सत्ता समीकरण तरङ्गित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री दाहालसँग भेट्न उनी केही बेर अघि मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। गत शनिवार काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबिच बालकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरङ्गित बनेको छ । सत्ता समीकरण फेरिने हल्ला चलेको छ भने राजनीतिक भेटघाट पनि बाक्लिएको छ । आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबिच पनि भेटवार्ता भएको थियो ।
Read More