Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
June 2024 - Page 7 of 8 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: June 2024

छुट्टिएका सबैजसो साथीहरू एकताका लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार छौँ- प्रधानमन्त्री

छुट्टिएका सबैजसो साथीहरू एकताका लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार छौँ- प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको बताउँदै सबैलाई एकीकृत गरेर अगाडि बढिने बताएका छन् ।  पोखरामा आज आयोजित गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफू निरन्तर जनक्रान्तिमा रहेको स्पष्ट पार्दै सबै माओवादी धारहरूलाई एकीकृत हुन आग्रह गरे ।  “फुटेका सबैजसो साथीहरू एकता लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार भएर बसेका छौँ,” अध्यक्ष प्रचण्डले भने, “म जनक्रान्तिकै बाटोमा छु, चुनवाङकै बाटोमा छु,  हिजो प्रचण्डबाट क्रान्ति भएन भनेर उहाँहरू छुट्टिनुभयो, त्यो बाटो सही साबित भएन, हामी सही छौँ । हिजो अलग भएका साथीहरू आउन तयार हुनुहुन्छ । म उहाँहरूलाई स्वागत…
Read More
गठबन्धन सरकार चलाउन सक्छन् मोदी ?

गठबन्धन सरकार चलाउन सक्छन् मोदी ?

काठमाडौँ । भारतमा भएको आम निर्वाचनको नतिजामा सत्तारुढ दल भारतीय जनता पार्टीले बहुमत हासिल गर्न नसकेपछि गठबन्धनको सरकार बनाउनु पर्ने बाध्यता बनेको छ । भाजपाले यस निर्वाचनमा २४० सिट मात्र जितेपछि अब सरकार बनाउन अन्य दलमा भर पर्नुपर्ने भएको हो । भाजपा नेतृत्वको एनडीए गठबन्धनले २९२ सिट जिते पनि भाजपा सहयोगी दल भरपर्दो नभएको भन्दै भारतमा राजनीतिक अस्थिरता हुने आशङ्का गरिएको छ । भाजपा सरकारमा रहन अब विहारका नितिश कुमार र तेलंगानाका चन्द्रबाबु नायडूको साथ अनिवार्य भएको छ । राजनीतिक इतिहासमा दुवै अस्थिर मानिने भएकाले प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकाल सहज नहुने विश्लेषण हुन थालेको छ । त्यस्तै यस अघिका…
Read More
ट्रम्प र बाइडेन बाहेक अमेरिकामा तेस्रो राष्ट्रपति उम्मेदवार ओलिभर को हुन् ?

ट्रम्प र बाइडेन बाहेक अमेरिकामा तेस्रो राष्ट्रपति उम्मेदवार ओलिभर को हुन् ?

काठमाडौँ । जब मतदाताहरू अमेरिकी राष्ट्रपतिको चुनावको लागि मतदान गर्न जान्छन्, उनीहरूले मतदान केन्द्रमा उम्मेदवारको रूपमा कम चिनिने व्यक्तित्व पनि देख्न सक्छन्, त्यो चेज ओलिभर हो । चेज ओलिभर यस वर्ष लिबर्टेरियन पार्टीको राष्ट्रपति पदका उम्मेदवार हुन् । राष्ट्रिय स्तरमा झन्डै एक प्रतिशत मत जित्ने यो सानो राजनीतिक दल हो । साथै, यो पार्टी नागरिक स्वतन्त्रताको प्रवर्द्धनका लागि परिचित छ । अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार बन्नको लागि न्यूनतम उमेर ३५ वर्ष, चेज ओलिभरको उमेर ३८ वर्ष छ । उनी यस वर्षको चुनावमा अहिलेसम्मकै कान्छो उम्मेदवार हुन् । उनी खुलेर आफूलाई समलिङ्गी भनेर बोलाउने एक मात्र उम्मेदवार पनि हुन् । उनको…
Read More
भारतको लोकसभा चुनावमा बामपन्थीहरुको अवस्था के छ ? 

भारतको लोकसभा चुनावमा बामपन्थीहरुको अवस्था के छ ? 

कुनै समयमा पश्चिम बङ्गाल, केरल जस्ता राज्यहरूमा वामपन्थी शक्तिहरूको एकछत्र पकड हुने गर्दथ्यो । तर अहिले अवस्था एकदम भिन्न छ । भारतमा वामपन्थी पार्टीहरूको शक्ति एकदमै खस्कँदो अवस्थामा छ ।  अहिलेसम्म जारी परिणाम अनुसार ५४३ सिटको लोकसभामा जम्मा ७ वटा सिटमा मात्र वामपन्थीहरूले जितेकाे अवस्था छ । िजतका सिटहरू मध्ये केरलाबाट माकपाका के राधाकृष्णनले २०,१११ को मतान्तरबाट जित हासिल गरेका छन् भने सोही पार्टीका असरा रामले राजस्थानको सिकराबाट विजय प्राप्त गरेका छन् । उनले ७२, ८९६को मतान्तरमा विजय प्राप्त गरेका हुन् । त्यस्तै माकपाले तमिलनाडुको डिंडीगुलबाट सच्चिनाथनम आर ४, ४३, ८२१को मतान्तरबाट विजय प्राप्त गरेका छन् । तमिलनाडुको मदुरईबाट सोही…
Read More
भारतमा बिजेपीले बहुमत गुमाउने निश्चित,  उत्तर प्रदेशमा ठूलाे उलटफेर

भारतमा बिजेपीले बहुमत गुमाउने निश्चित, उत्तर प्रदेशमा ठूलाे उलटफेर

काठमाडौँ । भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । आज बिहान ८ बजेदेखि सुरु भएको मतगणनाको अहिलेसम्मको गणनामा भारतीय जनता पार्टीले बहुमत नल्याउने निश्चित भएको छ । ५४३ सदस्यीय लोकसभामा बहुमतको लागि २७२ सांसद आवश्यक हुनेमा भाजपा अहिलेसम्म २४१ सिटमा मात्र अगाडी रहेको छ । २०१९ को निर्वाचनमा भाजपाले ३०३ सिट जितेको थियो । त्यस्तै भाजपा नेतृत्वको एनडीए गठबन्धन भने अहिले २९४ सिटमा अगाडी रहेको छ । त्यस्तै विपक्षी दलको गठबन्धन इन्डियाले अहिलेसम्म २३२ सिटमा अग्रता बनाएको छ । इन्डिया गठबन्धनले भारतको उत्तर प्रदेश, महाराष्ट्र र पश्चिम बङ्गालमा ठुलो अग्रता हासिल गरेको छ । सात चरणमा सम्पन्न भएको २८ राज्य…
Read More
एकीकृत समाजवादी मधेस सरकारबाट बाहिरियो 

एकीकृत समाजवादी मधेस सरकारबाट बाहिरियो 

काठमाडौँ । मधेस प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ । मधेस सरकारमा एकीकृत समाजवादीका दुई मन्त्रीले मङ्गलवार मुख्यमन्त्री सरोजकुमार यादवलाई एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा पत्र बुझाएका हुन्। राजीनामा दिनेमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेली रहेका छन् । मधेसमा जसपा नेपालको सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र माओवादी केन्द्रले यस अघि नै सहमति गरिसकेका छन् ।  मधेसमा एमाले सहितको नयाँ गठबन्धनको सरकार बनाउन एकीकृत समाजवादी वा लोसपामध्ये एक दलको समर्थन अनिवार्य चाहिन्छ । १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक छ । जसमा एमालेका…
Read More
शुभचिन्तकहरूको प्रेरणादायी भावको सँगालो !

शुभचिन्तकहरूको प्रेरणादायी भावको सँगालो !

वाशिष्ठ कहिले काहीँ यो मनमा किन यति भाव नफुरेर डल्लो परेको हुन्छ  । नत बोल्न जाँगर लाग्छ नत पढ्न जाँगर लाग्छ । नत केही कोतर्न जाँगर लाग्छ । फेरी कलम चलाउन लागेको तिसौँ वर्ष भयो । आजकाल कलमको स्थान किबोर्डका गोटीले विस्थापित गरेको छ, अब कलम हैन किबोर्डका गोटी थिच्दछु भन्नुपर्छ । न त अग्रजबाट आउने सुझाव अनुसार यो पुगेन त्यो पुगेन भन्ने कसर मसार नभएको लेख भाँती पुगाएर लेख्न नै सकिएको छ तर पनि किबोर्डका गोटी थिचेर लेखक भएर दरिएकै छ । त्यसैले अहिलेको  २०८१ ज्येष्ठ १ गते रात्रि ११ बजे यो लेख लेख्न कसिएकै छ ।  आज मलाई…
Read More
टी-२० विश्वकपमा आज नेपाल र नेदरल्याण्डस खेल्दै, काठमाडौँ महानगरले तीन ठाउँमा टी-२० विश्वकप निःशुल्क देखाउने

टी-२० विश्वकपमा आज नेपाल र नेदरल्याण्डस खेल्दै, काठमाडौँ महानगरले तीन ठाउँमा टी-२० विश्वकप निःशुल्क देखाउने

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । समूह डी मा रहेको नेपालले आज नेदरल्याण्डसको सामना गर्दै छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि सुरु हुने छ । आइसिसीको टी-२० वरियतामा नेपाल १७औँ स्थानमा छ भने नेदरल्याण्डस १५औँ स्थानमा रहेको छ । नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म १२ टी-२० खेल भएका छन् । जसमा नेदरल्याण्डसले ६ खेलमा जित हासिल गरेको छ भने नेपालले ५ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको थिएन ।          नेपालको विश्वकप यात्रा  त्यस्तै नेपालले…
Read More
भारतीय लोकसभा निर्वाचनको आज मतगणना

भारतीय लोकसभा निर्वाचनको आज मतगणना

काठमाडौँ । भारतको लोकसभा निर्वाचनको मतगणना आज हुँदै छ । आज बिहान ८ बजेदेखि मत गणना सुरु हुने भारतीय निर्वाचन आयोगले जनाएको छ । सात चरणमा सम्पन्न भएको २८ राज्य र ८ केन्द्र शासित प्रदेशका ५४२ सिटमा लगभग ६५.१४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । भारतमा लोकसभाको निर्वाचन १९ अप्रिल देखि १ जुनसम्म गरी सात चरणमा भएको थियो । यो सन् १९५२ पछिको सबैभन्दा लामो निर्वाचन हो, सन् १९५२ मा निर्वाचन प्रक्रिया ४ महिनासम्म चलेको थियो । जहाँ सन् १९८० मा मात्र ४ दिनमा निर्वाचन भएको थियो । २०१९ को निर्वाचन ३९ दिनमा सम्पन्न भएको थियो । यस पटक…
Read More
चित्रबहादुर केसीको टिप्पणी- संसद्मा रमाइलो छैन, वाक्क लागेर निदाएछु

चित्रबहादुर केसीको टिप्पणी- संसद्मा रमाइलो छैन, वाक्क लागेर निदाएछु

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद्मा बजेटमाथिको छलफलको औचित्यमाथि प्रश्न उठाएका छन् । सोमबार प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफलमा भाग लिँदै केसीले संसद्मा जति बहस र छलफल गरे पनि बजेटमा कुनै परिवर्तन नहुने भएकाले बजेटमाथिको छलफलको औचित्य नभएको टिप्पणी गरेका हुन् । उनले बजेटको छलफल उत्साहजनक नरहेकाले आफू बैठकमा निदाएको बताए । उनले भने- 'अर्थमन्त्रीज्युले पेस गर्नुभएको बजेट एक सुका एक आना यहाँ जति उफ्रे पनि तलमाथि गर्न नपाइने, जे आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भएपछि यस्तो छलफलको पनि त्यति औचित्य लड्न छोड्यो । म छलफलको कुरा सुन्दा वाक्क लागेर निदाएछु । रमाइलो छैन संसद्, दिक्क लाग्दो छ ।'…
Read More