health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद्मा बजेटमाथिको छलफलको औचित्यमाथि प्रश्न उठाएका छन् ।
सोमबार प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफलमा भाग लिँदै केसीले संसद्मा जति बहस र छलफल गरे पनि बजेटमा कुनै परिवर्तन नहुने भएकाले बजेटमाथिको छलफलको औचित्य नभएको टिप्पणी गरेका हुन् ।
उनले बजेटको छलफल उत्साहजनक नरहेकाले आफू बैठकमा निदाएको बताए । उनले भने- ‘अर्थमन्त्रीज्युले पेस गर्नुभएको बजेट एक सुका एक आना यहाँ जति उफ्रे पनि तलमाथि गर्न नपाइने, जे आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भएपछि यस्तो छलफलको पनि त्यति औचित्य लड्न छोड्यो । म छलफलको कुरा सुन्दा वाक्क लागेर निदाएछु । रमाइलो छैन संसद्, दिक्क लाग्दो छ ।’
उनले बजेटमा सरकारले संविधानमा व्यवस्था गरेबमोजिम समाजवाद उन्मुख कार्यक्रमलाई प्राथमिकता दिन नसकेको बताउँदै नीति तथा कार्यक्रम भन्दा फरक रूपमा बजेट आएको टिप्पणी गरे ।