Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
गठबन्धन सरकार चलाउन सक्छन् मोदी ? - Gyaan Ghar

Gyaan Ghar

Advertisement

गठबन्धन सरकार चलाउन सक्छन् मोदी ?

काठमाडौँ । भारतमा भएको आम निर्वाचनको नतिजामा सत्तारुढ दल भारतीय जनता पार्टीले बहुमत हासिल गर्न नसकेपछि गठबन्धनको सरकार बनाउनु पर्ने बाध्यता बनेको छ ।

भाजपाले यस निर्वाचनमा २४० सिट मात्र जितेपछि अब सरकार बनाउन अन्य दलमा भर पर्नुपर्ने भएको हो । भाजपा नेतृत्वको एनडीए गठबन्धनले २९२ सिट जिते पनि भाजपा सहयोगी दल भरपर्दो नभएको भन्दै भारतमा राजनीतिक अस्थिरता हुने आशङ्का गरिएको छ ।

भाजपा सरकारमा रहन अब विहारका नितिश कुमार र तेलंगानाका चन्द्रबाबु नायडूको साथ अनिवार्य भएको छ । राजनीतिक इतिहासमा दुवै अस्थिर मानिने भएकाले प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकाल सहज नहुने विश्लेषण हुन थालेको छ ।

त्यस्तै यस अघिका दुई निर्वाचनमा कमजोर रहेको विपक्षी दल यस पटक २३४ सिट जितेर सशक्त विपक्षी र तालमेल मिलेमा सरकार गठन गर्न समेत गर्न सक्ने अवस्थामा रहेको छ । यस निर्वाचनले नरेन्द्र मोदीलाई कमजोर बनाएको देखिएको छ । यस अघि भाजपाले २०१४ मा २८२ र २०१९ मा ३०३ सिट जितेर आफ्नै बहुमतको सरकार चलाएका मोदी अब गठबन्धन दललाई हरेक दिन खुसी राखेर सरकार चलाउनुपर्ने बाध्यात्मक अवस्थामा पुगेका छन् । 

जेडीयूका अध्यक्ष र बिहारका मुख्यमन्त्री नितिश कुमार, जो इन्डिया गठबन्धनका निर्माता मध्ये के थिए, उनी गत जनवरीमा मात्र पक्ष परिवर्तन गरेर एनडीएमा सामेल भए । बिहारमा एनडीएसँग सरकार बनाए र यो गठबन्धनसँग लोकसभा चुनाव पनि लडे ।
उनको दलले विहारमा अपेक्षित भन्दा राम्रो प्रदर्शन गर्‍यो र १२ सिट जित्यो । 

त्यस्तै आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडुको तेलुगु देशम पार्टीले १६ सिट जितेको छ । आम चुनावको साथसाथै, यहाँ विधान सभा चुनाव पनि भयो, जसमा नायडूको दलले १७५ मध्ये १३५ सिट जितेर अत्यधिक बहुमत हासिल गरेको छ ।

यसमा चाखलाग्दो कुरा के छ भने नितिश कुमार र चन्द्रबाबु नायडू दुवैले केही समय अघिसम्म केन्द्रको मोदी सरकारविरुद्ध मोर्चा खोलेका थिए र त्यही भएर अहिले एनडीए गठबन्धनमा उनीहरूको हैसियत निकै महत्त्वपूर्ण भएको छ ।

मोदी र बीजेपीले अब यी पुराना सहयोगीहरूसँग सरकार बनाउनको लागि समन्वय गर्नुपर्नेछ ।

मोदीका चुनौती

पछिल्लो मत परिणामपछि यी दुई नेताले सत्ता समीकरणमा किंगमेकरको भूमिका निर्वाह गरेका छन् । नितीश कुमार र चन्द्रबाबु नायडूको बैसाखी बिना यो सरकार चल्न सक्दैन र दुवैको शत प्रतिशत भरोसा गर्न सकिने अवस्था समेत रहेको छैन । 

दुवै जना पुराना र अनुभवी राजनीतिज्ञ हुन्, साथै विशेष किसिमको राजनीतिक सोच भएका छन् र यो शक्तिको समीकरणमा उनीहरूले ठुलो भूमिका खोज्ने छन् र आफूले चाहेको गर्न खोज्ने छन् ।

मोदीका अगाडी सबैभन्दा ठुलो चुनौती दश वर्षको कार्यकालमा प्रधानमन्त्री र गृहमन्त्री स्वयम् बाहेक सत्तामा कसैको सहभागिता थिएन, अब सत्तामा सहभागिता बढाउनु पर्ने र अरूको कुरा नसुनेमा सत्ताबाट बाहिरिनु पर्ने अवस्था आउने देखिएको छ । 

मोदी गठबन्धनको सरकार चलाउन अनुभवी नेता होइनन् । २००२ देखि २०२४ सम्म तीन पटक मुख्यमन्त्री र दुई पटक प्रधानमन्त्री भइसके, उनले सबै बहुमतको सरकार चलाए । अब अचानक समन्वय र सहमतिको राजनीति गर्ने बाटोमा अगाडी बढेका छन् । अब यो सरकारको दिगोपन उसले यो नयाँ भूमिकालाई कत्तिको राम्रोसँग ग्रहण गर्छ भन्नेमा नै भर पर्ने भारतीय राजनीतिक विश्लेषक बत्ताउँछन् । 

यस अघि अटल विहारी पाजपेयीले सन् १९९९ मा एनडीए गठबन्धनमा २४ दल सामेल गरेर पाँच वर्ष सरकार चलाएका थिए ।

नितिश र चन्द्रबाबु यस अघि मोदी विरोधी रहेकाले अहिले तत्कालका लागि एनडीएको सरकार बने पनि निकट भविष्यमा इन्डिया गठबन्धनको सरकार बन्ने विश्लेषण भइरहेको छ । यसका लागि एउटा तर्क मोदीको उमेर पनि हो । मोदी अहिले ७४ वर्षका भए र अर्को वर्ष ७५ वर्ष पुग्दै छन् । भाजपामा ७५ वर्षको उमेर हदबन्दी लगाइएको छ । यदि यो मोदीको हकमा लागु भयो भने उनी अर्को वर्ष सरकारको नेतृत्वबाट हट्ने छन् । मोदी हटेसँगै गठबन्धन टुट्ने विश्लेषण पनि भइरहेको छ । 

यसैबिच विपक्षी दलहरूले पनि सरकार बनाउन प्रयास गर्ने सङ्केत गरेका छन् । उनीहरूले मोदीको राजनीतिक हार भएको उल्लेख गर्दै सरकारमा बस्ने हक नभएको बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...