Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
June 2024 - Page 8 of 8 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: June 2024

निर्देशक सुदर्शन थापा पक्राउ

निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौँ । फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । काठमाडौँको कमलपोखरी क्षेत्रबाट सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो । गत वर्ष रिलिज भएको फिल्म ‘प्रसाद-२’को लेनदेनको विवादमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा लगिएको छ । गत असोजमा ‘प्रसाद-२’का निर्मातामध्येका एक सुदर्शन बस्नेतले आपराधिक विश्वासघातको आरोपमा निर्देशक थापाविरुद्ध उजुरी दिएका थिए । उजुरी परेको ७ महिनापछि उनी पक्राउ परेका हुन् । अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी खुल्लमखुल्ला हिँडिरहेका थिए । उनी ‘प्रसाद-२’का निर्देशक हुन् । निर्देशक थापाले आफ्नो मन्जुरीबिना देश तथा विदेशमा फिल्म प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ…
Read More
भारतको लोकसभा निर्वाचन: एक्जिट पोलमा मोदीलाई फराकिलो बहुमत !

भारतको लोकसभा निर्वाचन: एक्जिट पोलमा मोदीलाई फराकिलो बहुमत !

काठमाडौँ । भारतमा लोकसभाको सात चरणको मतदान आज सकिएसँगै विभिन्न एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले अत्यधिक बहुमत ल्याउने अनुमान गरेका छन् । एक्जिट पोलले बिजेपी नेतृत्वको एनडीए गठबन्धनले करिब ३५० सिट जित्ने अनुमान गरेका छन् । ५४३ सदस्यीय लोकसभामा बहुतका लागि २७२ सिट आवश्यक पर्दछ । २०१९ को लोकसभामा बिजेपीले २९३ सिट जितेको थियो भने एनडीए गठबन्धनले ३४२ सिट जितेको थियो । यस निर्वाचनमा पनि एक्जिट पोलले एनडीएले २०१९ को भन्दा बढी सिट जित्ने अनुमान गरेका छन् । न्युजनेसनको एक्जिट पोलले एनडीएले ३४२ देखि ३७८ सिट जित्ने अनुमान गरेको छ भने इन्डिया गठबन्धनले १५३ देखि १६९ सिट जित्ने अनुमान…
Read More
लघुकथा : पैसा प्रधान समाज !

लघुकथा : पैसा प्रधान समाज !

- सुरेशकुमार पाण्डे फुर्शे बिहानै उठ्यो घुमघाम गर्‍यो र घर फर्कियो। सीमाले चिया टकारिन। चियाको चुस्की सँग फेसबुक खोल्यो।फेसबुक खुल्दा बित्तिकै उसको आँखा एउटा फोटामा गएर अल्झियो।चिया पिउन छाड्यो र आफ्नो चस्मा कपडाले पुछ्यो र फेरी हेर्‍यो।मानिस चिनेकै थियो।आखिर फुर्शेले त्यो व्यक्तिलाई भुल्न पनि कहाँ सक्थ्यो।त्यो उही भैँरूपी थियो।जसले धेरै वर्ष पहिले पैसाको लोभमा अपराधीहरूलाई छुडाउँनमा साथ दिएको थियो।" वाह रे पैसा!" फुर्शेको मुखबाट अनासमै दुई शब्द निस्कियो।"के भयो हजुरलाई बिहानै पैसालाई गाली गर्नुहुन्छ।"- सीमाले सोधिन्।" हेर त यसलाई चिन्छौ?"-फुर्शे सीमाको कुरा अन्सुनि गर्दै सोध्यो।" फोटा त चिनेको जस्तो लाग्छ तर ठमाउन सकिन ।" - सीमाले फोटा हेर्दै भनिन्।एक पटक…
Read More
दक्षिण अफ्रिकामा ३० वर्षमा मण्डेलाको पार्टी बहुमतबाट चुक्यो, गठबन्धनको सरकार बन्ने

दक्षिण अफ्रिकामा ३० वर्षमा मण्डेलाको पार्टी बहुमतबाट चुक्यो, गठबन्धनको सरकार बन्ने

काठमाडौँ । दक्षिण अफ्रिकामा भएको आम निर्वाचनमा कुनै पनि दलले बहुमत हासिल गर्न असफल भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार अहिलेसम्म ९७.२५ प्रतिशत मत गणना हुँदा नेल्सन मण्डेलाको पार्टी अफ्रिकन नेसनल काँग्रेसले सबैभन्दा बढी ४०.१३ प्रतिशत मत पाए पनि सरकार गठनका लागि आवश्यक ५० प्रतिशत मत प्राप्त गर्न सकेन । अफ्रिकन नेसनल काँग्रेस (एएनसी) ले बहुमत नपाएका ३० वर्षमा यो पहिलो पटक हो । योसँगै यौन काण्ड र भ्रष्टाचारको आरोपका कारण सत्ता गुमाएका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमाको पार्टी तेस्रो स्थानमा रहेको छ । उनले १५ प्रतिशत मत पाएका छन् । मिडिया रिपोर्टका अनुसार उनले किंगमेकरको भूमिका निभाउन…
Read More
ओलीको असन्तुष्टि: बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्कियो

ओलीको असन्तुष्टि: बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्कियो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा असन्तुष्टि जनाएका छन् । शनिवार बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट ल्याउँदा सरकारमा सहभागी दलहरूसँग परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् । ओलीले बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको आरोप समेत लगाएका छन् । उनले भने-‘यो बजेट सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर आएको भए धेरै राम्रो हुन सक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो बढ्ता देखिन गएको छ । यसको निर्माण प्रक्रियामा कमजोरी रहँदा गम्भीर त्रुटि भएका छन् ।’ ओलीले सांसदहरूलाई निर्देशन दिँदै बजेटमा रहेका कमजोरी औँल्याउन निर्देशन दिएका छन्…
Read More
क्रान्ति या सुधार: समाज परिवर्तनका दुई दृष्टिकोण

क्रान्ति या सुधार: समाज परिवर्तनका दुई दृष्टिकोण

-डा चूडापसाद ढकाल समाजको विकास र परिवर्तनका लागि विभिन्न दृष्टिकोणहरू अपनाइएका छन्। यी मध्ये क्रान्ति र सुधार दुई प्रमुख मार्ग हुन्, जसले समाजलाई नयाँ दिशा दिन सक्छन्। यी मार्गहरूले समाजलाई मौलिक रूपमा परिवर्तन गर्न सक्छन्, तर तिनीहरूका विशेषताहरू, चुनौतीहरू, र प्रभाव फरक-फरक छन्। क्रान्ति समाजमा गहिरो र स्थायी परिवर्तन ल्याउने प्रक्रिया हो। यसले समाजको आर्थिक, राजनीतिक, र सामाजिक संरचनामा मौलिक परिवर्तन गर्छ। उदाहरणका लागि, फ्रान्सेली क्रान्ति (१७८९-१७९९) र रुसी क्रान्ति (१९१७) ले पुराना व्यवस्थालाई ढालेर नयाँ राजनीतिक र सामाजिक व्यवस्थाहरूको स्थापना गरे। क्रान्तिले समाजमा तत्काल र व्यापक परिवर्तन ल्याउँछ। तर, यसले हिंसा र अस्थिरताको सम्भावना पनि बढाउँछ, जसले गर्दा समाजमा…
Read More
युद्धको बीचमा गाजामा सहायता कसरी पुगेको छ ?

युद्धको बीचमा गाजामा सहायता कसरी पुगेको छ ?

काठमाडौँ । इजरायल र गाजाबीच जारी द्वन्द्वको बिचमा, सहायता एजेन्सीहरूले गाजा भोकमरीको कगारमा रहेको बताएका छन् । एजेन्सीहरूले गाजालाई पर्याप्त मात्रामा सहायता उपलब्ध गराउन नसक्दा यस्तो भएको बताएका छन् । इजरायली सेनाले रफाह सहरमा सैन्य कारबाही सुरु गरेपछि, यसले सहायता पुर्‍याउने ट्रकहरूको लागि मुख्य मार्ग रहेको राफा क्रसिंग बन्द गरेको थियो । गाजालाई सहायता दक्षिणमा राफा क्रसिङ र केरेम शालोम र उत्तरमा इरेज क्रसिङबाट आउँछ । संयुक्त राष्ट्र सङ्घको एजेन्सीले गाजामा प्यालेस्टिनी जनसङ्ख्यालाई सहायता प्रदान गर्दछ । यस निकायले यहाँका जनतालाई करिब ४० प्रतिशत राहत सामग्री उपलब्ध गराउँदै आएको छ । राष्ट्र सङ्घको एजेन्सीका सञ्चार निर्देशक जुलिएट टुमाले गाजाको २.३…
Read More
भारतको लोकसभाको अन्तिम चरणको मतदान आज

भारतको लोकसभाको अन्तिम चरणको मतदान आज

काठमाडौँ । भारतको लोकसभा चुनावको सातौँ तथा अन्तिम चरणको मतदान आज हुँदै छ । आज ७ राज्य र १ केन्द्र शासित प्रदेशका ५७ लोकसभा सिटका लागि मतदान हुँदै छ । यस चरणमा प्रधानमन्त्री नरेन्द्र मोदी, २ केन्द्रीय मन्त्री आरके सिंह र अनुराग ठाकुर चुनावी मैदानमा छन् । त्यस्तै कङ्गना रनौत, रवि किशन, पवन सिंह, काजल निषादसहित चार कलाकार पनि चुनावी मैदानमा रहेका छन् । निर्वाचन आयोगका अनुसार सातौँ चरणको निर्वाचनमा ९०४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमध्ये ८०९ पुरुष र ९५ महिला उम्मेदवार छन् । ५४२ लोकसभा सिटहरूको छैटौँ चरणसम्म ४८५ सिटको लागि मतदान भइसकेको छ । जुन १ मा…
Read More
टी-२० विश्वकप: कुन देशले कति पटक जिते ?

टी-२० विश्वकप: कुन देशले कति पटक जिते ?

काठमाडौँ । आइसिसी टी-२० विश्वकप आइतबारदेखि सुरु हुँदै छ । जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिँदै छन् । यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इन्डिजसहित, भारत, अस्ट्रेलिया, पाकिस्तान, बङ्गलादेश, नेपाल, श्रीलङ्का, अफगानिस्तान, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, इङल्याण्ड, आयरल्यान्ड, नेदरल्याण्डस, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्यान्ड, ओमान र युगान्डा सहभागी हुँदै छन् । इङल्याण्ड टी-२० विश्वकपको डिफेन्डिङ च्याम्पियन हो । २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा इङल्याण्डले फाइनलमा पाकिस्तानलाई पराजित गरेर दोस्रो पटक उपाधि जितेको थियो । टी-२० विश्वकपको यो नवौँ सिजन हो । यस अघि सम्पन्न आठ विश्वकपमा सबैभन्दा बढी इङल्याण्ड र वेस्ट इन्डिजले २-२ पटक जितेका छन् । इङल्याण्डले…
Read More