Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
June 2024 - Page 6 of 8 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: June 2024

नरेन्द्र मोदीले लिए प्रधानमन्त्रीको शपथ

नरेन्द्र मोदीले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ लिएका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका हुन् । मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनीयताको शपथ गराएकी हुन् । मोदीलाई राष्ट्रपति मुर्मुले शुक्रवार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेस गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरूले सहभागिता जनाएका छन् । छिमेकी राष्ट्रका सरकार प्रमुखमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत सहभागी भएका…
Read More
काठमाडौँ महानगरमा जोखिममा रहेका १९ बालिका र १८ बालक गरी ३७ जनाको उद्धार

काठमाडौँ महानगरमा जोखिममा रहेका १९ बालिका र १८ बालक गरी ३७ जनाको उद्धार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकालाई जोखिमबाट उद्धार विभिन्न ६ वटा संरक्षण गृहहरूमा संरक्षण दिएको छ । ‘महानगर बाल अधिकार समिति’ को बैठकमा बाल उद्धार टोलीले यस सम्बन्धी जानकारी गराएको छ । यसरी उद्धार गरिएका बालबालिकाहरू घरेलु श्रमिक, होटेल र होस्टेल, यातायात क्षेत्र (जोखिममा रहेका/संरक्षणको आवश्यकता भएका) का बालबालिकाहरूले आफू जोखिममा रहेको खबर गरेपछि उद्धार गरिएको हो ।  १२ वर्षभन्दा कम उमेर भएका, दैनिक ७ घण्टाभन्दा धेरै काम गर्नुपर्ने, यौन हिंसा तथा दुर्व्यवहारको सामना गरेका वा गरिरहेका बालबालिकालाई रातो वर्गमा राखिन्छ । दैनिक २ देखि ५ घण्टासम्म काम…
Read More
डा. शेखर कोइरालाको प्रश्न- प्रधानमन्त्री जाने दिन राजदूत फिर्ता संयोग की नियत ?

डा. शेखर कोइरालाको प्रश्न- प्रधानमन्त्री जाने दिन राजदूत फिर्ता संयोग की नियत ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमाथि प्रश्न गरेका छन् । शनिवार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित काम नभएको बताएका छन् । उनले भनेका छन्- 'लामो घनिष्ठ सम्बन्ध, व्यापारको झन्डै दुई तिहाइ हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदूत, त्यो देशमा नवनिर्वाचित सरकारको शपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत ? दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य हैनन् ।' सरकारले भारत र अमेरिकालगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।
Read More
ओली भन्छन्- संसद् विघटन गरेकै कारण एमाले अहिले अस्तित्वमा छ

ओली भन्छन्- संसद् विघटन गरेकै कारण एमाले अहिले अस्तित्वमा छ

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको प्रसङ्ग बारे फेरी बोलेका छन् । शनिवार काठमाडौँको भृकुटीमण्डपमा काठमाडौँ जिल्लाको सातौँ अधिवेशनमा बोल्दै ओलीले पार्टीभित्रकै केही व्यक्तिहरूले पार्टीलाई दक्षिणपन्थी शक्तिको पाउँमा बुझाउने देखेपछि आफूले संसद् विघटन गरेको बताउँदै संसद् विघटनको प्रसङ्ग फेरो उठाएका हुन् । उनको यो सङ्केत तत्कालीन नेकपाका अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालप्रति लक्षित थियो । उनले संसद् विघटन भएकै कारण अहिले पनि एमाले अस्तित्वमा रहेको बताए । सो प्रसङ्गमा उनले अगाडी आफू नेतृत्वको तत्कालीन सरकार देश र जनताका लागि धेरै राम्रा काम गरेकाले अदालतबाट विपक्षीलाई प्रधानमन्त्री बनाउने काम गरिएको तर्क गरेका थिए…
Read More
चितवन पुगेर ओलीले फेरी भने- रामको जन्म माडीस्थित अयोध्यापुरीमा भएको हो

चितवन पुगेर ओलीले फेरी भने- रामको जन्म माडीस्थित अयोध्यापुरीमा भएको हो

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको दोहोराएका छन् । एमाले चितवनको नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन शुक्रवार चितवन आएका ओलीले रामको जन्म चितवन भएको दोहोर्‍याएका हुन् ।  उनले भने- 'अहिले पनि ठानिरहेका छौँ, रामको जन्म यही चितवनको माडी हो । शास्त्रले जित्ने गरी भनेको छ, मैले भनेको होइन। रामायणमा प्रशस्त प्रमाण भेटिन्छन् ।’ यस अघि ओलीले २०७औँ भानु जयन्तीको अवसरमा २०७७ असार २९ मा विभिन्न किंवदन्तीमा उल्लेख गर्दै रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको बताएपछि यसको चर्चा सर्वत्र भएको थियो । रामको जन्मभूमि भारतको उत्तर प्रदेशमा रहेको अयोध्यालाई…
Read More
कार्कीछापका दुई किशोरी जब पुगे जोगबनी …

कार्कीछापका दुई किशोरी जब पुगे जोगबनी …

भोजराज घिमिरे विराटनगर- धनकुटा साँगुरीगढी कार्कीछाप टोलमा दुई अपरिचित युवा कार लिएर पुग्छन्। उनीहरू मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न हुन्छन्। नेपाली किशोरीहरूलाई वैदेशिक रोजगारी दिलाउने भन्दै फकाएर भारत पुर्‍याउने गिरोहका एजेन्ट उनीहरू त्यही सिलसिलामा कार लिएर कार्कीछाप टोल पुगेका हुन्छन्। गाउँका सोझासाझा किशोरी र उनीहरूका परिवार गाउँमा अपरिचित व्यक्ति आएकोबारे जानकारी त हुन्छ। तर, उनीहरू आफ्ना छोरी चेली बेच्ने सिलसिलामा आएका हुन्/हैनन् भन्ने शङ्काको मेसो नपाउँदै दुई किशोरी घरबाट बेपत्ता हुन्छन्। ती किशोरीलाई फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा आकर्षक तलब-सुविधा हुने आश्वासन एजेन्टले दिएका हुन्छन्। एजेन्टको कुरामा मक्ख परेर किशोरी उनीहरूसँग हिँड्न तयार भएका हुन्छन्। भोलिपल्टसम्म आफ्ना छोरी बेपत्ता…
Read More
दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जनाको लक्ष्य छ- प्रधानमन्त्री

दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जनाको लक्ष्य छ- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सूचना प्रविधिको हबका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएका छन् । डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उहाँले बजेटमार्फत दश वर्षमा रु ३० खर्बको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र पाँच लाख प्रत्यक्ष तथा दश लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको बताए ।  “सूचना प्रविधिलाई अर्थतन्त्रको संवाहकका रूपमा स्थापित गर्ने, सूचना प्रविधिका नवीनतम प्रविधि अवलम्बन गर्न कानुनी आधार तयार गर्ने, कृत्रिम बौद्धिकताको विकास, प्रवर्द्धन र नियमनको व्यवस्था गर्ने व्यवस्था बजेटमा गरिएको छ”,…
Read More
एनडीए गठबन्धनले मोदीलाई नेता चयन गर्दै, आजै सरकार बनाउने दाबी पेस गर्ने

एनडीए गठबन्धनले मोदीलाई नेता चयन गर्दै, आजै सरकार बनाउने दाबी पेस गर्ने

काठमाडौँ । नरेन्द्र मोदीले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन एनडीएबाट आज सरकार गठनको दाबी पेस गर्ने तयारी गरेका छन् । हालै सम्पन्न लोकसभा निर्वाचनमा एनडीए गठबन्धनको २९३ सिट हासिल भएसँगै आज सरकार गठनको दाबी पेस गर्ने तयारी गरेका हुन् । त्यसपछि आजै एनडीए गठबन्धनको बैठक बस्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । बैठकले नरेन्द्र मोदीलाई गठबन्धनको नेता चयन गर्न लागेको छ । मोदी नेता चयन भएसँगै गठबन्धन दलको पत्रसहित आजै सरकार गठनको दाबी पेस गर्ने छन् । ५४३ सदस्यीय लोकसभामा एनडीएले २९३ सिटमा जित हासिल गरेको छ । जसमा भाजपाले २४०, आन्ध्र प्रदेशका चन्द्र बाबु नायाडूको टिडीपीले १६, बिहारका…
Read More
ताइवानको सीमा नजिकै देखिए २६ चिनियाँ लडाकु विमान र १० युद्धपोत

ताइवानको सीमा नजिकै देखिए २६ चिनियाँ लडाकु विमान र १० युद्धपोत

काठमाडौँ । ताइवानले मङ्गलवार र बुधवार बिहान करिब २६ चिनियाँ लडाकु विमान र १० वटा युद्ध पोत ताइवानको सीमा नजिकै देखिएको बताएको छ । ताइवानी सञ्चारमाध्यमका अनुसार २६ मध्ये १९ वटा लडाकु विमानले चीन र ताइवानबिचको सिमानालाई विभाजित गर्ने मध्य रेखा पार गरेका छन् । चीनको यो कदमलाई उत्तेजक कार्यको रूपमा व्याख्या गरिएको छ । चिनियाँ लडाकु विमानको जवाफमा ताइवानले पनि आफ्ना लडाकु विमान र युद्ध पोत पठाएको ताइवानी मिडियाले जनाएका छन् । साथै, चीनको कुनै पनि दुस्साहसलाई जवाफ दिन सक्ने गरी तटीय क्षेत्रमा आफ्नो मिसाइल प्रणाली सक्रिय गरेको छ।  नयाँ राष्ट्रपति लाई चिङ तेहले मे २० मा ताइवानको राष्ट्रपतिको…
Read More
सभामुखको उपस्थितिमा सहकारी ठगी छानबिन संसदीय समितिको पहिलो बैठक सुरु

सभामुखको उपस्थितिमा सहकारी ठगी छानबिन संसदीय समितिको पहिलो बैठक सुरु

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको पहिलो बैठक आज सुरु भएको छ । समितिको पहिलो बैठक आज सभामुखको उपस्थितिमा संसद् भवन बानेश्वरस्थित शङ्कर हलमा सुरु भएको हो ।  सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसदीय छानबिनको माग गर्दै संसद् अवरोध गरेपछि यही जेठ १५ गते एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भएको थियो ।  ७ सदस्यीय समितिमा एमालेबाट सरिता भुसाल, काङ्ग्रेसबाट सांसदहरू ईश्वरी देवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश…
Read More