Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
June 2024 - Page 4 of 8 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: June 2024

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सहज जित, इङल्याण्ड सुपर आठमा

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सहज जित, इङल्याण्ड सुपर आठमा

काठमाडौँ । अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेसँगै इङल्याण्ड जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ । आइतबार सम्पन्न खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ५ विकेटलाई पराजित गरेको हो । स्कटल्याण्डले दिएको १८१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि स्कटल्याण्डले पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो । यो जितसँगै अस्ट्रेलिया समूह बी मा आफ्ना चारै खेल जितेर ८ अङ्कसहित शीर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ । त्यस्तै समूह बी बाट इङल्याण्डले ४ खेलमा २ जित एक हार र एक खेल वर्षाले रद्द हुँदा ५ अङ्कसहित दोस्रो हुँदै…
Read More
काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा आइतबारदेखि सात दिनसम्म बिजुली अवरुद्ध हुने भएको छ। विद्युत् प्राधिकरणअन्तर्गतको काठमाडौँ उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले सूचना जारी गर्दै काठमाडौँका विभिन्न वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा दैनिक ४ घण्टा बिजुली अवरुद्ध हुने जनाएको हो। आयोजनाले विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। आइतबार जोरपाटी वितरण केन्द्रको डाँची फिडर अन्तर्गत मूलपानी पीपलबोटदेखि बाबा चोकसम्मको क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। सोमबार कुलेश्वर वितरण केन्द्रको कालीमाटी फिडर अन्तर्गत रविभवनदेखि कलंकी मन्दिरसम्मको क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। मंगलबार वानेश्वर वितरण केन्द्रको कोटेश्वर फिडर अन्तर्गत तीनकुने पुलदेखि महादेव खोला…
Read More
अन्पाको छैठौ साहित्यिक पदयात्रा सम्पन्न

अन्पाको छैठौ साहित्यिक पदयात्रा सम्पन्न

काठमाडौँ, असार २ । प्रकृतिसँग रमाउँदै साहित्यिक पदयात्रालाई निरन्तरता दिँदै आएको अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)को छैठौ यात्रा सम्पन्न भएको छ । असार १ गते बुढानीलकण्ठबाट सुरु गरेको यात्रा डाँडागाऊ हुँदै विष्णुद्वार सम्म पुगेको थियो ।  नयाँ र पुराना पुस्ताहरूलाई सँगसँगै प्रगतिशील यात्रामा समावेश गर्दै जाने उद्देश्यका साथ जारी साहित्यिक पदयात्रा उत्साहपूर्वक सम्पन्न भएको पदयात्रीहरूको धारणा छ । ३१ जना सृष्टाहरु सहभागी भएको पदयात्रामा विभिन्न कविता, गीत, नृत्य लगायतका प्रस्तुतिहरू समावेश गरिएका थिए । गितार, मादल, बाँसुरी लगायतका वाद्यवादनहरूका साथ पदयात्रीहरूले दिनभरिमा १५ किलोमिटरको यात्रा पुरा गरेका थिए ।  साहित्यिक पदयात्रा भाग ६ मा समीर सिंह, गिरी प्रसाद बुढा, हेमराज…
Read More
राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह

राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न टाइम कार्ड अनुसार आउन अनुरोध गरेको छ । बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले असक्त तथा ज्येष्ठ नागरिक लगायत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीले अनलाइन फारममै मिति र समय बाट पालो आउने व्यवस्था गरिएको जानकारी दिँदै सोही अनुसार कार्यालयमा आउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले विवरण दर्ता गर्न कोठा नम्बर १३५ बाट सेवा प्रवाह गर्ने व्यवस्था गरिएको जानकारी गराएको छ ।
Read More
प्रज्ञा-प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न 

प्रज्ञा-प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न 

 काठमाडौँ ।२०८१ ज्येष्ठ ३२ ,बिहीबार। नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक समाज नेपालको सहकार्यमा 'अनुवाद गोष्ठी'को आयोजना प्रतिष्ठानकै देवकोटा सभाकक्षमा गरेको थियो ।  प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ 'विमल निभा'ले गोष्ठीको ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्दै अनुवाद दुई आयामिक भाषाको ज्ञान र सञ्चार हो र आफ्नै रैथाने भाषा भाषीमा पनि अनुवादको काम हुनुपर्छ।जुन लोकभाषा,साहित्य ,कथन,इतिहास ,संस्कृति र मौलिकतालाई बुझ्न र आत्मसात् गर्न महत्त्वपूर्ण भूमिका खेल्छ भन्नुभएको थियो ।साथै उहाँले प्रज्ञा-प्रतिष्ठानबाट कतिपय प्रसिद्ध पुस्तकहरू अनुवाद भइसकेका छन् ,त्यस्ता कृति थप प्रकाशित हुँदै जानेमा जोड दिनुभएको थियो ।  प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (अनुवाद )विभाग प्रमुख हंसावती कुर्मीले गोष्ठीको सभाध्यक्षयता गर्नुभएको थियो।उहाँले…
Read More
जी ७ बैठक: रुसबाट कब्जामा लिएको पैसा युक्रेनलाई दिइने

जी ७ बैठक: रुसबाट कब्जामा लिएको पैसा युक्रेनलाई दिइने

काठमाडौँ । जी ७ देशहरू युक्रेनलाई ५० अर्ब डलर बराबरको आर्थिक सहायता उपलब्ध गराउन सहमत भएका छन् । यसमा विशेष कुरा के छ भने यो ५० अर्ब डलर रुसको जफत गरिएको सम्पत्तिबाट मात्रै दिइनेछ ।  फ्रान्सेली राष्ट्रपति कार्यालयका अधिकारीहरूले यो जानकारी दिएका छन् । रुसको कब्जामा लिइएको ३२५ अर्ब डलरको सम्पत्तिको ब्याजबाट प्राप्त रकमबाट मात्रै जी ७ देशहरूले युक्रेनलाई सहयोग गर्ने भएका छन् । रुसको सेन्ट्रल बैङ्कसँग रहेको रुसको ३२५ अर्ब डलर जी ७ देशहरूले जफत गरेको छ । यो रकमबाट किभलाई ५० अर्ब डलर ऋण दिने तयारी भएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पनि जी ७ सम्मेलनमा भाग लिन…
Read More
दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जान्छौं- कप्तान रोहित

दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जान्छौं- कप्तान रोहित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जनाए बताएका छन् । दक्षिण अफ्रिकाविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले सुपर आठमा छनौट हुन दक्षिण अफ्रिका र बङ्गलादेश दुवैलाई जित्नुपर्ने अवस्था रहेको बताउँदै दक्षिण अफ्रिकाविरुद्ध खेल्न उत्साहित रहेको बताएका छन् ।  उनले दक्षिण अफ्रिकाले राम्रो क्रिकेट खेलिरहेको बताउँदै वेस्ट इन्डिजको कन्डिसन बारे आफूहरू स्पष्ट नभएको बताउँदै कप्तान रोहितले आफूहरूले कन्डिसन एडप्ट गरेर खेल्ने बताए । उनले वेस्ट इन्डिजमा पनि ब्याट्सम्यानलाई रन बनाउन गराउन गाह्रो हुने बताए । रोहितले दक्षिण अफ्रिकाको खेलमा १६० रन बनाउन सके राम्रो टोटल हुने बताउँदै सन्दीपको आगमनले नेपालको बलिङ युनिट…
Read More
दुबईको महत्त्वाकाङ्क्षी परियोजना द वर्ल्डलाई के भयो ?

दुबईको महत्त्वाकाङ्क्षी परियोजना द वर्ल्डलाई के भयो ?

काठमाडौँ । पछिल्लो दशक वा सोभन्दा बढी समयदेखि, दुबईले आफ्ना मेगा प्रोजेक्टहरूका साथ विश्वलाई चकित पार्दै आएको छ । संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा होस्, संसारको सबैभन्दा स्मार्ट होटेल बुर्ज अल अरब होस् वा दुबईको समुद्र तट नजिकै विकसित कृत्रिम पाम आइल्याण्ड होस् ।  तर, दुबईमा एउटा अर्बौँ डलरको योजना भने अलपत्र परेको छ । यो परियोजना २६० साना टापुहरूको नेटवर्क हो, जुन संसारका सबै महाद्वीपहरूको आकारमा विकसित गरिएको छ । यस टापु समूहमा काम सुरु भएको बिस वर्षभन्दा बढी भइसकेको छ । तर यो विश्व टापु अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।  यो टापु समूह किन विकास गरिएको थियो ?  द…
Read More
यात्रा संस्मरण: फरक भुगौलसँग रोमाञ्चित हुदै उपल्लो मुस्ताङ्ग

यात्रा संस्मरण: फरक भुगौलसँग रोमाञ्चित हुदै उपल्लो मुस्ताङ्ग

बिष्णु गिरी 'निश्चल' सिङ्गो पहाड नै मन्दिर, गुम्बा, चर्च र मस्जिद बनेर आसानसँग मिलेर बसेका छन् प्रकृतिले त कुनै धर्म, जातजाती, लिङ्ग र वर्ग बीच भेदभाव र विभेद गरेको छैन । उपल्लो मुस्ताङ्गमा दैनिक तीन देखि चार हजार खर्च गर्दा बस्न सकिने रहेछ । त्यहाँका स्थानीयले स्थानीय भाषा र पोषकको संरक्षण, एकिकृत बस्ती, सामुहिकतामा बिश्वास गरेको देख्दा मनै आन्दीत भयो । मैदानको बीचमा नेपाल र चीनको सीमा क्षेत्र छुट्याउने नेपालको तर्फको २०१९ मा निर्मित २४ नम्बरको एक्लो टिठलाग्दो फुच्चे सीमा स्तभ्म मात्र थियो । नेपाल तर्फको दशगजा क्षेत्र खुल्ला छ भने चीनको क्षेत्र भने तार बारले घेरिएकोले प्रवेश बन्द गरिएको…
Read More
शिशिर योगीको नयाँ गीत ‘तिमी बन्नु मेरो सहारा’ सार्वजनिक

शिशिर योगीको नयाँ गीत ‘तिमी बन्नु मेरो सहारा’ सार्वजनिक

काठमाडौँ । वरिष्ठ गायक शिशिर योगीको स्वरमा रहेको तिमी बन्नु मेरो सहारा बोलको गीत सार्वजनिक भएको छ। ‘यो देशमा म एउटा मानिस खोजी रैछु’ जस्ता चर्चित गीतका स्रष्टा शिशिर योगीको स्वरमा रहेको 'तिमी बन्नु मेरो सहारा' का शब्द सङ्कलक हरिहर तिमिल्सिना रहेका छन्। गीतमा सङ्गीत पनि योगीकै रहेको छ। वरिष्ठ सेक्सोफोन वादक अमूल कार्की ढलीको सङ्गीत संयोजन रहेको गीतमा गितार वादक सञ्जीव बराइली छन्। लोकेश भाटले भिडियो मेकिङ गरेको गीतलाई वर्ल्ड कभर मिडिया प्रालिले प्रोडक्सन गरेको हो। शिशिर योगी युट्युब च्यानलबाट गीत बजारमा ल्याइएको हो। नवीन खालको प्रेमाभाव मिश्रित गीत भएकाले राम्रो चर्चा बटुल्ने विश्वास लिइएको योगीले लिएका छन्। https://www.youtube.com/watch?v=h7iXpDwZdc0
Read More