12
Jun
काठमाडौँ । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल यमनसँग २-२ को बराबरीमा रोकिएको छ । साउदी अरबस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा गए राती सम्पन्न खेलमा नेपाल र यमनले २-२ को बराबरी खेलेका हुन् । नेपालका लागि सञ्जीव विष्ट र जिलेस्पी जग कार्कीले एक एक गोल गरेका थिए । त्यस्तै यमनका लागि नासिर अल गहवाशी र मोह,अद अब्दुल्लाह अल दाहिले एक एक गोल गरेका थिए । साथै यो खेलमा नेपालका गोलकिपर किरण लिम्बुले आफ्नो सयौँ खेल खेलेका छन् । उनी नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी पनि हुन् । घरेलु मैदानमा…