health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जनाए बताएका छन् ।
दक्षिण अफ्रिकाविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले सुपर आठमा छनौट हुन दक्षिण अफ्रिका र बङ्गलादेश दुवैलाई जित्नुपर्ने अवस्था रहेको बताउँदै दक्षिण अफ्रिकाविरुद्ध खेल्न उत्साहित रहेको बताएका छन् ।
उनले दक्षिण अफ्रिकाले राम्रो क्रिकेट खेलिरहेको बताउँदै वेस्ट इन्डिजको कन्डिसन बारे आफूहरू स्पष्ट नभएको बताउँदै कप्तान रोहितले आफूहरूले कन्डिसन एडप्ट गरेर खेल्ने बताए । उनले वेस्ट इन्डिजमा पनि ब्याट्सम्यानलाई रन बनाउन गराउन गाह्रो हुने बताए ।
रोहितले दक्षिण अफ्रिकाको खेलमा १६० रन बनाउन सके राम्रो टोटल हुने बताउँदै सन्दीपको आगमनले नेपालको बलिङ युनिट राम्रो भएको बताए ।
आफूहरू दक्षिण अफ्रिकासँग जित्ने मनसायले नै मैदानमा जाने बताउँदै सबै खेलाडी उत्साहित रहेको बताए । रोहितले स्किल दक्षिण अफ्रिकाको राम्रो भए पनि हामीले हाम्रो उत्कृष्ट खेल खेलेमा दक्षिण अफ्रिकालाई हराउन सकिने बताए । उनले टेस्ट क्रिकेट खेल्ने देशलाई हराउन एक दुई जनाको प्रदर्शनले जित नसकिने बताउँदै उनले सबै खेलाडीले एक टिम भएर खेल्नुपर्ने बताए ।
नेपाली फ्यानले नतिजा जस्तो आए पनि समर्थन गरिरहेको बताउँदै रोहित आफूहरूले भविष्यमा पनि लगातार समर्थन पाउने विश्वास व्यक्त गरे ।
नेपालले समूह डी अन्तर्गत दक्षिण अफ्रिकासँग भोलि बिहान ५: १५ बजेदेखि खेल्दै छ । यो खेल वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आरनोस भाल स्टेडियममा हुँदै छ ।