Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
March 2024 - Page 11 of 18 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: March 2024

नयाँ गठबन्धन र ओलीको निशाना

नयाँ गठबन्धन र ओलीको निशाना

काठमाडौं, २ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपा सहितको नयाँ गठबन्धन बनाएपछि राजनीति तरङ्गित भएको छ । नयाँ गठबन्धनले विश्वासको मत जितिसकेपछि पनि राजनीतिक वृत्तमा सरकारको स्थिरता र नयाँ विकल्पको बारेमा अड्कल बाजी कायम रहेको छ । यसै अड्कलबाजीका बिच एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने विषय सबैभन्दा बढी चर्चामा रहेको छ । नेपाललाई अघिल्लो गठबन्धनमा कम्तीमा एक वर्ष प्रधानमन्त्री बनाउने सहमति थियो । तर अघिल्लो गठबन्धन टुटेसँगै नेपालको प्रधानमन्त्री बन्ने सहमति समेत तुहिएको थियो । तर नयाँ गठबन्धनमा सामेल हुने क्रममा नेपालले यस अघि सम्झौतालाई उठाएपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष…
Read More
जापानको उच्च अदालतले बल्ल दियो समलिङ्गी विवाहलाई मान्यता

जापानको उच्च अदालतले बल्ल दियो समलिङ्गी विवाहलाई मान्यता

टोकियो, २ चैत । जापानको एक उच्च अदालतले देशमा समलिङ्गी विवाहलाई कानुनी मान्यता नदिने कुरा असंवैधानिक भएको फैसला सुनाएको छ । सो फैसला पछि सरकारलाई यौन अल्पसङ्ख्यकहरूको सुरक्षाका लागि थप काम गर्न थप दबाब दिएको छ । सप्पोरो उच्च अदालतले २०२१ मा तल्लो अदालतको ऐतिहासिक फैसलालाई समर्थन गर्‍यो, जसमा समलिङ्गी विवाहलाई मान्यता नदिँदा संविधान अन्तर्गत संरक्षित समानताको अधिकार उल्लङ्घन हुन्छ । तर, तीन समलिङ्गीले माग गरेको क्षतिपूर्तिमा कुल ६० लाख येनलाई भने अस्वीकार गरेको छ । तर, सो मुद्दाका वादीहरूले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन् । हालको कानुनले समलिङ्गी विवाहलाई स्वीकार नगरेकोमा प्रश्न उठाउँदै पाँच जिल्ला अदालतमा दायर…
Read More
सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाएकोमा काँग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाएकोमा काँग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौँ, २ फागुन । प्रमुख प्रतिपक्षी दल काँग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ मागेको छ । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा काँग्रेस सांसद प्रदीप पौडेलले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाएर कस्तो अनुसन्धान हुने भन्दै प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने माग गरे ।  प्रधानमन्त्री प्रचण्डको सुशासनको नीतिप्रति आशङ्का गर्दै उनले जुन निकायले छानबिन गर्नुपर्ने त्यही निकायको नेतृत्व आरोपीलाई दिनु अनुचित हुने बताए । 
Read More
सुन तस्करीमा संलग्नता देखिएका पूर्व सभामुख महरालाई मुद्दा चलाउन आयोगको सिफारिस

सुन तस्करीमा संलग्नता देखिएका पूर्व सभामुख महरालाई मुद्दा चलाउन आयोगको सिफारिस

काठमाडौँ, २ फागुन । सुनको अवैध तस्करी नियन्त्रण जाँचबुझका लागि गठित आयोगले सुन तस्करीमा पूर्व सभामुख तथा  माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता देखिएको ठहर गरेको छ ।  आयोगले महरालाई मुद्दा चलाउन सिफारिससहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । सुन तस्करीबारे छानबिन गर्न बनेको पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रवार बुझाएका छन् ।  
Read More
चीनले भन्यो– ‘टिकटक माथि प्रतिबन्ध लगाउने अमेरिकी प्रयास डाँकुको व्यवहार जस्तो’

चीनले भन्यो– ‘टिकटक माथि प्रतिबन्ध लगाउने अमेरिकी प्रयास डाँकुको व्यवहार जस्तो’

बेइजिङ, २ चैत । टिकटक माथि प्रतिबन्ध लगाउने अमेरिकी तयारी प्रति चीनले आपत्ति जनाएको छ ।  अमेरिकी संसद् मार्फत टिकटक प्रतिबन्ध गराउने विधेयकले चाँडै नै अमेरिकामा प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला गरेको छ । तर, चीनले अमेरिकी संसद्को सो प्रयासलाई अन्यायपूर्ण र डाँकु जस्तो व्यवहार गरेको आरोप लगाएको छ । बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ बेनवीनले विधेयकमाथिको मतदान निष्पक्ष प्रतिस्पर्धा र न्यायको सिद्धान्त विपरीत भएको पहिलो प्रतिक्रिया दिएका छन् । ‘जब कसैले अर्को व्यक्तिसँग भएको राम्रो चीज देख्छ र यसलाई आफ्नो लागि लिने प्रयास गर्दछ, यो पूर्णतया डाँकुको तर्क हो,’ प्रवक्ता वाङले भने । अर्का…
Read More
एमालेलाई नटेर्नेहरू समाप्त हुन्छन् : अध्यक्ष ओली

एमालेलाई नटेर्नेहरू समाप्त हुन्छन् : अध्यक्ष ओली

कञ्चनपुर, १ चैत  । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नटेर्नेहरू सिद्धिने ठोकुवा गरेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ मा आज आयोजित भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो ठोकुवा गरेका हुन्। उनले काङ्ग्रेसप्रति लक्षित गर्दै एमालेलाई नटेर्ने शक्ति सिद्धिने प्रस्ट पारे। ‘एमाले एउटा यस्तो शक्ति हो, जसलाई पुरै आँखा चिम्लेर नकार्छु, टेर्दिनँ भन्नेहरू सिद्धिन्छन्,’ अध्यक्ष ओलीले भने। एमालेलाई हेप्नेहरूले गम्भीर धोका खानेसमेत ओलीले बताए। काँग्रेसले आफूसँग दुई तिहाइ छजस्तो गरेकाले सरकारबाटै हट्नु परेको अध्यक्ष ओलीले प्रस्ट पारे। ‘काँग्रेसले आफूसँग दुई तिहाइ छजस्तो गरेकाले सरकारबाटै हट्नु परेको हो। उसले एमाले जस्तो पार्टीलाई टेरेन। आज परिणाम भोग्यो,’…
Read More
नेपालको लगानी सम्मेलनप्रति स्वीट्जरल्याण्डको निजी क्षेत्र आकर्षित

नेपालको लगानी सम्मेलनप्रति स्वीट्जरल्याण्डको निजी क्षेत्र आकर्षित

काठमाण्डौं, १ चैत ।  आगामी वैशाखमा हुने लगानी सम्मेलनमा स्वीट्जरल्याण्ड बाट उल्लेख्य मात्रामा लगानीकर्ता नेपाल आउने भएका छन् । बिहीबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँगको शिष्टाचार भेटमा नेपालका लागि स्विस राजदूत डेनिएल मेउलीले लगानी सम्मेलन सफल पार्न स्वीटरजरल्याण्डका तर्फबाट सबै प्रकारको सहयोग रहने बताइन् । दूतावासले नेपालको लगानी सम्मेलनमा सहभागी हुन आग्रह गरेको र स्वीट्जरल्याण्डको निजी क्षेत्र नेपालमा लगानी भित्र्याउन इच्छुक रहेको जानकारी उनले दिइन् ।  ‘नेपालमा क्रमशः लगानीको वातावरण बन्दै गएकाले हामीले हाम्रा निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई नेपालमा लगानी ल्याउन भनेका छौँ’, उनले भनिन्, लगानी सम्मेलनमा स्वीट्जरल्याण्डका व्यवसायीको उत्साहपूर्ण सहभागिता रहने जानकारी गराउन चाहन्छु ।’ उनका अनुसार लगानी सम्मेलन अगाडि नै सकिने…
Read More
लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट

लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौँ, १ चैत । सर्वोच्च अदालतमा लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै रिट परेको छ ।  अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेकी हुन् । नेपालमा लिभिङ टुगेदरलाई कानुनी मान्यता दिएको छैन ।  कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरू लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न अधिवक्ता भट्टराईले रिटमा परमादेश माग गरेकी छन् ।  १८ वर्षमाथिका जुनसुकै उमेर समूहका तर अविवाहितहरू, डिभोर्सीहरु, बिधुवाहरू र अन्य जुनसुकै कारणले एकल जीवन व्यतीत गरिरहेका महिला तथा पुरुषलाई मात्र लिभिङ टुगेदरमा बस्न कानुनी रूपमा योग्य ठहर गर्नुपर्ने रिटमा माग गरिएको छ । उक्त…
Read More
टिकटक माथि प्रतिबन्ध लगाउन अमेरिकन संसद्ले पारित गर्‍यो विधेयक

टिकटक माथि प्रतिबन्ध लगाउन अमेरिकन संसद्ले पारित गर्‍यो विधेयक

वासिङ्टन, १ चैत । अमेरिकामा टिकटक माथि प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला भएको छ ।  अमेरिकी संसद्ले बुधवार पारित गरेको एक विधेयकमा भएको व्यवस्था अनुसार लोकप्रिय भिडियो एप टिकटकलाई राष्ट्रव्यापी प्रतिबन्ध लगाउन सक्ने बाटो खुल्ला गरेको हो ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यदि टिकटकका चिनिया मालिकाले सो कम्पनीमा रहेको आफ्नो हिस्सेदारी बेचेनन् भने अमेरिकामा अब टिकटक प्रतिबन्ध हुने भएको छ ।   टिकटक प्रतिबन्धको पक्षमा रहेका सांसदहरू अनुसार सो कम्पनीको हालको स्वामित्व संरचना यस्तो छ कि त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षा माथि खतरा देखिएको छ, जसका कारण अमेरिका यसमा निकै चिन्तित रहेको छ । सो विधेयक ३२५–६५ मतसहित पारित भएसँगै सो विधेयकलाई अब सिनेटमा…
Read More
जापानमा निजी क्षेत्रबाट पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण तर भयो विस्फोट

जापानमा निजी क्षेत्रबाट पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण तर भयो विस्फोट

टोकियो, १ चैत । जापानी निजी कम्पनीले अन्तरिक्ष कक्षमा पठाएको रकेट विस्फोट हुन पुगेको छ । रकेट प्रक्षेपण भएको केही समय पछि नै सो रकेट हावामा विस्फोट हुन पुगेको छ । सो क्षणको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भाइरल भइरहेको भिडियोमा रकेट प्रक्षेपण भएको केही सेकेन्डमै विस्फोट भएको देख्न सकिन्छ। निजी कम्पनीले पठाएको यस जापानी रकेटको नाम ‘काइरोस’ रहेको बताइएको छ । काइरोस बुधवार  मध्य जापानको अप तटीय वाकायामा प्रिफेक्चरबाट प्रक्षेपण गरिएको थियो। तर यसको प्रक्षेपण लगत्तै यो हावामा विस्फोट भएको समाचार संस्थाहरूले जनाएका छन् । कैरोस विस्फोट भएको क्षेत्रमा केही बेर धुवाँको मुस्लो चारैतिर देखिन्थ्यो…
Read More