health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

कञ्चनपुर, १ चैत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नटेर्नेहरू सिद्धिने ठोकुवा गरेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ मा आज आयोजित भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो ठोकुवा गरेका हुन्।
उनले काङ्ग्रेसप्रति लक्षित गर्दै एमालेलाई नटेर्ने शक्ति सिद्धिने प्रस्ट पारे। ‘एमाले एउटा यस्तो शक्ति हो, जसलाई पुरै आँखा चिम्लेर नकार्छु, टेर्दिनँ भन्नेहरू सिद्धिन्छन्,’ अध्यक्ष ओलीले भने। एमालेलाई हेप्नेहरूले गम्भीर धोका खानेसमेत ओलीले बताए।
काँग्रेसले आफूसँग दुई तिहाइ छजस्तो गरेकाले सरकारबाटै हट्नु परेको अध्यक्ष ओलीले प्रस्ट पारे। ‘काँग्रेसले आफूसँग दुई तिहाइ छजस्तो गरेकाले सरकारबाटै हट्नु परेको हो। उसले एमाले जस्तो पार्टीलाई टेरेन। आज परिणाम भोग्यो,’ अध्यक्ष ओलीको भनाई थियो।
अध्यक्ष ओलीले मुलुक र जनताको सवालमा सबै दल एक ठाउँमा उभिनुपर्ने आजको आवश्यकता पनि औँल्याए। ‘हामी लोकतान्त्रिक प्रणालीमा छौँ। बहुदलीय व्यवस्थामा छौँ। दलहरू फरक–फरक हुन्छन्। विचार फरक–फरक होला। तर, संविधानको रक्षा, देशको एकता, मुलुकको सार्वभौम सत्ता र भूमिको रक्षाका लागि सरकार अगाडि बढ्नुपर्छ, यस्तो काम गर्ने सरकारलाई जनताले साथ दिनुपर्छ,’ अध्यक्ष ओलीले भने।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामिलामा सबै दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि औँल्याए। ‘सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टहरूलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ,’ ओलीको भनाई थियो।
दोधारा चाँदनी वडा नम्बर ६ का वडाध्यक्ष ओमकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष ओलीले वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटनसमेत गरे। सो क्रममा अध्यक्ष ओलीले प्रशंसनीय काम गरेको भन्दै वडाध्यक्ष बस्नेतलाई र नगरपालिकाका प्रमुखलाई धन्यवादसमेत दिएका छन्।