health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

बेइजिङ, २ चैत । टिकटक माथि प्रतिबन्ध लगाउने अमेरिकी तयारी प्रति चीनले आपत्ति जनाएको छ ।
अमेरिकी संसद् मार्फत टिकटक प्रतिबन्ध गराउने विधेयकले चाँडै नै अमेरिकामा प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला गरेको छ । तर, चीनले अमेरिकी संसद्को सो प्रयासलाई अन्यायपूर्ण र डाँकु जस्तो व्यवहार गरेको आरोप लगाएको छ ।
बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ बेनवीनले विधेयकमाथिको मतदान निष्पक्ष प्रतिस्पर्धा र न्यायको सिद्धान्त विपरीत भएको पहिलो प्रतिक्रिया दिएका छन् ।
‘जब कसैले अर्को व्यक्तिसँग भएको राम्रो चीज देख्छ र यसलाई आफ्नो लागि लिने प्रयास गर्दछ, यो पूर्णतया डाँकुको तर्क हो,’ प्रवक्ता वाङले भने ।
अर्का चिनियाँ अधिकारी वाणिज्य मन्त्रालयका प्रवक्ता हे याडोङका अनुसार चीनले आफ्नो वैध अधिकार र हितको रक्षा गर्न सबै आवश्यक कदम चाल्नेछ।
हालै अमेरिकी संसद्ले पारित गरेको विधेयकले टिकटकको मूल कम्पनीको फर्मबाट टिकटक अलग हुनु पर्ने सर्त राख्दै सो एपमाथि प्रतिबन्ध लगाउन ६ महिनाको समय दिएको छ ।
यद्यपि, अझै पनि सिनेटमा अप्ठ्यारो टिकटक प्रतिबन्ध गर्ने तयारीको सामना गर्नु पर्नेछ । तर, राष्ट्रपति जो बिडेनले भने कि यदि यो काङ्ग्रेसबाट पनि पास भयो भने उनले सहजै हस्ताक्षर गर्नेछन् ।
बिबिसीका अनुसार बेइजिङले आफ्नो हितको रक्षा गर्न आवश्यक उपाय गर्ने जनाएको छ । टिकटक चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको छ, जो केम्यान टापुमा दर्ता भएको बेइजिङमा रहेको फर्म हो ।
अमेरिकी सांसदले यस एपको बारेमा चिन्ता व्यक्त गरेका छन् र भनिरहेका छन् कि चिनियाँ सरकारको निगरानीमा रहेको सो एपले अमेरिकी जनताका डाटालाई राष्ट्रिय सुरक्षा जोखिममा पार्ने उत्तिकै खतरा रहेको छ । तर, टिकटकका मालिकहरूले भने अमेरिकाको सो आरोपहरूलाई अस्वीकार गर्दै आएका छन् ।
बुधवार मात्रै अमेरिकी कङ्ग्रेसमा प्रस्तावित कानुनको पक्षमा ३५२ र विपक्षमा ६५ जना सांसदले मतदान गर्दै सो विधेयक पारित गर्न भारी मत दिएर प्रतिबन्धका लागि बाटो खुल्ला गरेको थियो ।